Labels

Total Pageviews

Monday, February 13, 2023

शालिग्राम

हिजोसम्म म मात्र एउटा ढुङ्गो थिएँ काली गण्डकीको किनारमा मिल्किँदो भएँ हजारौं वर्ष घाम पानी सहेँ सहेँ अखण्ड गर्मी र ठण्डी कसैले मेरो अवस्था सोधेनन् पुछेनन् कसैले मेरो विरासत दुनियाँले मलाई कुल्ची रहे सबैले मलाई खेदिरहे ममाथि फोहोर बर्साइरहे मिल्काए सबै थोक म निकम्मा पल्टिरहेँ नदी किनारमा युगौंयुगसम्म बनेर साक्षी इतिहासको देखेर परिवर्तन विश्वको देखेर कृतग्नता विकास र सभ्यताको गिटीको नाममा, तस्करहरुको बालुवाका नाममा ठेकदारहरुको ढुंगाका नाममा निर्माण व्यवसायीहरुको नाममा | कालीगण्डकी आफ्नो गतिमा बगिरहिन् बिर्सेर नदी किनारको शालिग्राम शीला नदी आफ्नो गतिमा बगिरह्यो समुद्र भेट्न कालीगण्डकी पुगिन् भगिरथी देख्न म मात्र नदी किनारमै पछारिइरहेँ थेचारिइरहेँ कल्पेर नदीझैं बग्न फगत बेकामी ढुङ्गो बनेर बिना कामको शालिग्राम बनेर हजारौं कल्प कल्पान्तर कुरिरहेँ हैन के अचम्म भो हप्ता, मैना र क्षणमा नै देखिरहेको छु – हिजो मलाई बेकामे ढुङ्गो ठान्नेहरू आज मेरा अघिपछि लागिरहेको मलाई विभिन्न कोणबाट नापी रहेको के जाति यन्त्र हो पसाएर घोपिरहेको मेरो यात्रामा नदीझैं बग्ने सपना भगिरथी भेट्ने चाहना हेर्दाहेर्दै ठूलो भीडले मलाई क्रेन लगाएर बोक्यो अबिर जात्रा गर्दै ठूलो लरीमा हालेर कुदायो बाटाभरि अबिरजात्रा भयो पोखरादेखि जनकपुर अयोध्यासम्मको त्यो महायात्राको वर्णन म कसरी गरूँ? म अब फगत बेकामी ढुंगा होइन म त सनैसनै श्रीराम बन्दैछु अयोध्याको विशाल मन्दिरमा पुजिनेछु लाखौँ वर्ष श्रीराम भएर कालीगण्डकीबासी हो, अयोध्यामा आउनू मलाई भेट्न मलाई देख्न अयोध्याबासीहरू कालीगण्डकी पुग्नू बाराणसीहरू पशुपति पुग्नू लुम्बिनी पुग्नू र पुग्नू मुक्तिनाथ ! एउटा भातृत्व एउटा प्रेम एउटा हिन्दुत्त्वले जोडिरहोस् हाम्रो दुई मुलुकलाई चेलीबेटीको सम्बन्ध रोजीरोटीको सम्बन्ध राम र सीताको सम्बन्ध गौतम बुद्धको सम्बन्ध अब कालिगण्डकीको शालिग्रामले जोडेको सम्बन्ध युगयुगसम्म रहिरहोस् ।