Labels

Total Pageviews

Tuesday, July 31, 2012

लण्डन ओलम्पिक २०१२


लण्डन ओलम्पिक २०१२
रामहरि पौड्याल
भरतपुर १२/१९३, चितवन
लण्डन ओलम्पिकको लामो प्रतिक्षा अन्ततः २७ जुलाई २०१२ मा सिद्धिएको छ । सन् २०१२ बेलायातिहरुका लागि चिरस्मरणीय बन्दै छ । भर्खरै बेलायती महारानीको हीरक जयन्ति (डाइमण्ड जुब्ली) सकेको बेलायत फेरी एक पटक संसार भरिका खेलप्रेमीहरुलाई लण्डनमा स्वागत सत्कार गराउन पाउदा हर्ष बिभोर देखिन्छ । सारा बेलायत यतिखेर खेलमय भएको छ । पूरै राष्ट्र एक ढिक्का भएर ओलम्पिकको स्वागतमा जुटेको छ। बेलायती झण्डाहरु हरेक चोक गल्लीहरुमा ससम्मान फराई रहेका छन् ।
 तेस्रो पटक ओलम्पिकको आयोजना गर्ने बेलायत एउटा मात्रै त्यस्तो भाग्यमानी राष्ट्र भएको छ ।
६२ वर्षपछि बेलायतले विश्व खेलकुदको कुम्भमेला आयोजनाको अवसर पाएको हो। यसअघि १९४८ मा दोस्रोपटक ओलम्पिक आयोजना गरेको बेलायतले १९०८ मा पहिलोपटक आफ्नो देशमा ओलम्पिक भित्र्याएको थियो।
तीसौं गृष्मकालिन ओलम्पिक खेल २७ जुलाई २०१२को राति इष्ट लन्डनको स्ट्राटफोर्डस्थित ओलम्पिक स्टेडियममा एक भव्य समारोहबीच उद्घालटन भएको छ । विश्वका २ सय ४ देशका १० हजार ५ सय खेलाडी सहभागी खेलकुदको कुम्भमेला लन्डन ओलम्पिक  यतिखेर संसारकै सर्वाधिक चर्चाको बिषय बनेको छ ओलम्पिकमय बनेर ।
बेलायती महारानी एलिजावेथले समारोहको अन्तिमतिर खेल सुरु भएको उद्घोोष गरेकी थिइन् ।  गद्यी आरोहणको ६ दशकमा महारानीले दोश्रो पटक ओलम्पिक खेल उद्घाटन गरेकी हुन् । उद्घा टन समारोहमा राजकुमार फिलिप, केट, विलियम, ह्यारी, बेलायती प्रधानमन्त्री डेभिड क्यामरुन, युएस् फष्ट लेडी मिसेल ओवामासहित विश्वका  एक सय भन्दा बढी राष्ट्र प्रमुखहरु सहभागी थिए ।
 ओस्कार बिजेता स्लमडग मिलिनियरका निर्देशक डेनी बोयलको निर्देशनमा भएको तीन घण्टा ५० मिनेटको सो भव्य उद्घाटन समारोह रंगशालाका ८० हजार र विश्वभरका एक अर्व टिभी दर्शकले अवलोकन गरे ।
करिब २७ मिलियन पाउण्ड खर्च भएको सो समारोहमा बोयलले बेलायती इतिहास, गाउँले परिवेश, ५ दशकको बि्रटिश पप संगीत, स्वास्थ सुविधा (एनएचएस), प्राचीन प्रविधि र पछि औद्योगिक क्रान्ति झल्किने शो प्रस्तुत गरेर वाहीवाही बटुले ।
कलाकारहरु बाहेक घोडा, गाई, बाख्रा, कुखुरा, हाँस, भेडा जस्ता जनावर समेत शो मा उतारेका बोयलको शो अत्यधिक सफल भएपछि उनको लोकपि्रयता अरु आकाशिएको प्रशंसा बेलायती सञ्चारमाध्यमले गरेका छन् । सर पउल म्याक कार्टनीको प्रस्तुती पनि धेरैले रुचाए ।
टुर डि फ्रान्सका पहिलो ब्रिटिश खेलाडी ब्राडली विगिन्स्ले ठूलो घण्ट बजाएपछि रंगशालाभित्र सुरु भएको थियो ।
इंग्ल्याण्डका पूर्व क्याप्टेन डेभिड बेकह्याम र आर्सनल आवद्ध महिला फुटवल खेलाडी जेड बेलीले डुंगामा चढेर थेम्स् नदी हुँदै ओलम्पिक ज्योति रंगशाला लगेका थिए । बेकह्यामले ओलम्पिक टर्च लगातार ओलम्पिकमा ५ स्वर्ण जितेका सर स्टिभ रेडग्रेभलाई हस्तान्तरण गरेका थिए । रहस्यबीच पछि ओलम्पिक ज्योति सात युवा खेलाडीबाट जलाइयो ।
बेलायती प्रधानमन्त्री डेबिड क्यामरुनले बिहीबार राति ओलम्पिकको भव्यतामा गौरवका साथ खुसीयाली मनाउन सम्पूर्ण देशवासीलाई आह्वान गरेका थिए। यसैगरी लन्डन २०१२ आयोजक समितिका प्रमुख सेवास्टिन कोले इतिहासकै भव्य र स्मरणीय ओलम्पिक आयोजनाका लागि पूरा तयार रहेको बताए।

लन्डन सुरक्षामा ठूलो संख्या नेपाली

चार वर्षअघि चीनको बेइजिङमा सम्पन्न पछिल्लो संस्करणको समाचार सम्प्रेषण गरेका बंगलादेशी पत्रकार इमरान फरहाद चीनको तुलनामा यहाँको तामझाम फिका लागेको तर्क गर्छन्। भन्छन्, 'चीनले ओलम्पिक आयोजनाका लागि पूरा बेइजिङ नै सजाएको थियो। पहिलोपटक ओलम्पिक आयोजनाको अवसर पाएका उनीहरू विश्वलाई आफ्नो विकास र समृद्धि देखाउन चाहन्थे। तर, बेलायतसँग देखाउनुपर्ने बाँकी केही छैन। त्यसैले यहाँ चीनको जस्तो भव्यता नदेखिएको होला।'
लन्डनलाई ओलम्पिक आयोजनाको अवसर दिलाउन महŒवपूर्ण भूमिका निर्वाह गरेका बेलायती फुटबलका हस्ती डेबिड बेकह्यामले लन्डन २०१२ विश्व खेलकुदको आधुनिकतामा एउटा कोसेढुंगो हुनुकासाथै खेलभावनाको नयाँ उचाइ हासिल गर्ने विश्वास व्यक्त गरेका छन्। 'बेलायत समृद्ध खेल संस्कार भएको देश हो, खेलकुद यहाँका जनताको रगतमा बगिरहेको हुन्छ, यो प्रतियोगिता खेलकुदको माध्यमबाट विश्वलाई भाइचाराको नयाँ सूत्रमा बाँध्न र आर्थिक मन्दीको अवस्थामा आत्मबल बढाउन
उत्प्रेरक हुनेछ,' सोही पत्रिकामा बेकह्यामले भनेका छन्, 'बेलायती ओलम्पिक टोलीले आफ्नो देशमा समर्थकलाई सन्तुष्ट पार्नेमा म विश्वस्त छु।'
 बिग बेन बज्यो
बिग बेन शुक्रबार ओलम्पिक खेलको प्रारम्भका लागि ३ मिनेटसम्म बज्यो। यसले बेलायतको राजधानी लन्डनमा ओलम्पिकको उद्घाटन समारोहको संकेत दिन्थ्यो।
लन्डनका लागि सबैभन्दा मन पराइएको चिह्नका रूपमा रहेको अग्लो भवनको माथिल्लो भागमा रहेको ठूलो घडीको आवाजलाई बेलायतभरका सयौं चर्चमा रहेका घन्टीले पछ्याए। यसपछि मुलुकभरका घन्टीहरू ओलम्पिक प्रारम्भको संकेतमा बजे।
बिहान ८.१२ बजे थेम्स नदीमा महारानी एलिजावेथ द्वितीयाको जहाजमा रहेको घन्टी पनि बज्यो, जहाँ ओलम्पिक ज्योति मुख्य रंगशालातर्फ अन्तिम मार्गमा थियो। यी घन्टी बेलुका ९ बजे तय भएको उद्घाटन समारोहभन्दा ठीक १२ घन्टा अगाडि बजेका थिए।
घन्टी बजाउने समारोहका आयोजक बेलायती सम्मानित पुरस्कार टर्नर विजेता मार्टिन क्रिडले प्रत्येक बेलायतीलाई यसमा भाग लिन आग्रह गरेका थिए। विश्वमा एकैपटक बजाइएका सबैभन्दा धेरै घन्टीको कीर्तिमान कायम गर्न चाहेका उनले बेलायती जनतालाई आफ्नो घर तथा साइकलको घन्टीसमेत बजाउन आग्रह गरेका थिए।
राजकीय नौसैनिक जहाजमा पनि घन्टी बज्यो। यसका साथमा स्कटल्यान्ड, वेल्स, उत्तरी आयरल्यान्डका संसदीय भवनमा रहेका घन्टी पनि बिग बेनसँगै बजे।
बेलायतमा सन् १९५२ पछि यसरी अन्य समयमा बिग बेन बजेको यो पहिलो पटक हो। सन् १९५२ मा बिग बेन नरेश जर्ज छैटौंको देहावसानमा ५६ पटक बजेको थियो।
सामान्य समयभन्दा अन्य समयमा वेस्टमिनिस्टरमा रहेको घन्टी बजाउन अधिकारीहरूले विशेष अनुमति दिएका थिए।