Labels

Total Pageviews

Monday, September 15, 2014

नदी

नदी रामहरि पौड्याल भरतपुर १२/१९३, चितवन

आफ्नै प्रवाहमा बगेको छ नदी, निरन्तर निरन्तर अनन्ताकाशमा ! कुनै रीष द्वेष पाल्दैन नदी, सुन्दर हिमशिखरबाट प्रस्फुटित आफ्नु मुहान, आफ्नो मूल कहिल्येई बिर्सदैन नदी | बाटामा कतिले फोहोरहरु हालिदिउन, बाटामा कतिले अवरोधहरु तेर्स्याईदिउन, तथापि कहिलेइ भुल्दैन बाटो, रीष द्वेष कसैलाई पाल्दैन साटो |
बगेको छ आफ्नो लक्षमा, पहाडका खोंचहरुमा, हिमालका टारिहरुमा रमाउदै, बुर्कुसी मार्दै नदी जव पुग्दछ सभ्य मान्छेका बस्तीहरुमा, अनि सुरु हुन्छ पवित्र हिमनदी माथिको मानवीय बलत्कार | खान्दानिहरु आफ्ना काला कर्तुतहरुलाई, आफ्ना कलुषित भावनाहरुलाई नदीमा पोखिदिन्छन | हेर्दा हेर्दै सुन्दर बाग्मती ढलमती बन्छे | हेर्दा हेर्दै सुन्दर सेती मानवबस्ती देखि तर्सिएर लुक्दै भासिदिन्छे | सफा मनोहर नदीमा आफ्नै मलमुत्र बिसर्जन गरेर, सभ्यताको पाठ घोकाउछ मान्छे, शालिनताको गीत गाउँछ मान्छे | तथापि यी सबैलाई नीलकण्ठ बनेर पचाउदै, आफ्नै अनन्त प्रवाहमा बहदै लक्ष कहिल्येई भुल्दैन नदी | दोष अरुलाई थोपरेर आफू चोखो बन्ने ढोंग कहिल्येई गर्दैन नदी मान्छे झैँ |

सम्प्रति: संयुक्त अधिराज्य बेलायत