Labels

Total Pageviews

Sunday, June 3, 2012


बेलायती महारानीको हीरक जयन्ति ( ६०ओँ राज्यारोहण) ( Diamond Jubilee )

रामहरि पौड्याल
भरतपुर १२/१९३, चितवन
बेलायत प्रजातन्त्रको जननी राष्ट्र  । मानवाधिकार, स्वतन्त्रता, लैङ्गिक समानता र प्रजातन्त्रको अनुपम नमूना स्थल  । यहि मानवीय धरोहरकी साझा रक्षक र सारा बेलायती र कमन वेल्थ देशकी साझा सम्मानकी एकल पात्र महारानी एलिजावेथ दुत्तीय   । यतिखेर बेलायत उनकै राज्यरोहणको  ६०औँ जन्म जयन्ति डाईमण्ड जुब्ली मनाउन लागि रहेको छ  । पूरै बेलायत रिसेसनको निर्मम प्रहारले आक्रान्त भएपनि आफूभित्रका आर्थिक मन्दीका घाउलाई मलम पट्टि लगाएरै  आफ्नी प्यारी महारानीको ६० औं राज्यारोहण धुमधाम सँग मनाउन लागि परि रहेको छ  । ओलम्पिकको उल्टो गन्ति शुरु भएको छ सारा संसारभरिका खेल प्रेमीहरु लण्डनमा लाइन लाग्ने छन् छिट्टै नै सन २०१२को ओलम्पिक आयोजक राष्ट्रका रुपमा ।
 बेलायतका हरेक साना ठूला सहर मात्र होइन हरेक बिध्यालय महाविद्यालय सम्म यसको रौनकता छाएको छ  । हरेक बेलायतीहरु यतिखेर आफ्नो राष्ट्रिय पर्व मनाउन श्रद्धाले झुकिरहेका छन्  । राष्ट्रिय झण्डा उचाली रहेछन् सगौरभ  । धोजा पताकाले रंगिएका छन् सहरका  चोक गल्लीहरु । राष्ट्रिय झण्डाहेरु फर्फराएका छन् सबैका घर आगनमा  । यसमा कसैलाई करकाप छैन  ।  कसैलाई उर्दी र बाध्यता छैन  । स्वस्फुर्त यो मानव सागर आफ्नी रानीको सुखद भबिस्य र बेलायतीको स्वभिमानकालागि, राष्ट्रिय स्वाधिनताको जगेर्नाको लागि दिलै देखि कम्मर कसेर लागि परेका देखिन्छन  । सम्बैधानिक राजतन्त्रको यो अनुपम नमूना मुलुक बेलायत दुनियामा चिनिन्छ । एउटा गतिलो लोकतान्त्रिक रोल मोडलका रुपमा आफूलाई उभ्याउन सफल छिन महारानी एलिजाबेथ आफना लामा लामा गौरभशाली ६० बर्षे राज्यारोहणमा  । 
संसारवाट राजतन्त्र दिनानुदिन मासिदै गएको बर्तमान सन्दर्भमा बेलायती महारानी एउटा त्यस्ती नक्षत्र हुन जसबाट सबैले पाठ सिक्नु पर्छ र श्रद्धाले झुक्नु पर्छ  । ६ फेब्रुवरी १९५२मा तत्कालीक राजा जर्ज छैटौंको देहावसान पछि राज्य सत्तामा आएकी उनको औपचारिक राज्याभिषेक २ जुन १९५३मा भएको थियो  । उनको रजत जयन्ति (सिल्भर जुब्ली) सन १९७७मा, स्वर्ण जयन्ति(गोल्डेन जुब्ली) सन २००२मा सम्पन्न भएका थिए  । यहि जुन २-५ सम्म बेलायत भरि बिभिन्न कार्यक्रम सहित डाईमण्ड जुब्ली मनाइदै छ बढो हर्शौल्लाशका साथ  । ससाना स्कुले नानी बाबुहेरुले आफ्नी प्यारी महारानी प्रति देखाएको  अपार श्रद्धाले म पुलकित भएँ  । मेरा साना बेलायतमै जन्मेका छोरीहरु प्रेरणा र प्रेमाको स्थानीय व्हाइट फ्राइज प्राइमरी स्कुलको गोल्डेन जुब्ली सेलेब्रेसनले मलाई यी हरफहरु कोर्ने उर्जा दिलायो ।

 एउटा सानो टाउनको प्राइमरी स्कुलका केटाकेटीको कार्यक्रममा देखिएको त्यो सद्भाव बेलायतीहरुको राजतन्त्र प्रतिको अपार सम्मानको प्रतीक हो  । सारा अभिवावकहरु बेलायती व्यस्तताका बावजुद पनि आफ्ना नानीबाबुहरुको यो महान चहाड डाईमण्ड जुब्ली मनाउन जम्मा भएका छन् ।
 रानीका स्केच, बेलायतका झण्डा, खानेकुराका स्टल, बिङ्गो, रानीका बारेमा डिस्प्ले गरिएका ऐतिहासिक तस्बिरहरु, धोजा पताकाहरुले सजिएको त्यो स्कुले रमाइलोले मलाई राजतन्त्र प्रतिको अघाद श्रद्धा सम्झायो ।
आफ्नो देशको राजनैतिक फोहोरले पारेको गणतान्त्रिक मोह भङ्ग, चार चार बर्षमा बनाउन नसकिएको सम्भिधान, अलोकप्रियताको पराकास्टमा केहि बर्ष अघि मिल्क्यैएको राजतन्त्रका फोहरी दृश्यहरुले मलाई अमिलो पारी रहे । हजारौ माइलको यो भौगोलिक दुरतामा पनि म आफ्नो देश खोजि रहें । अफ्नो सम्भिधान सम्झी रहें । दुनियाको नमूना प्रजातन्त्र भएको देश बेलायत जस्मा कुनै लिखित सम्भिधान छैन र पनि नियम कानुनले देश बाधेको छ । महारानीले कर तिर्छिन । प्रधानमन्त्रीले अदालतको कठघारामा उभिएर बयान दिनु पर्छ । एउटा मन्त्रीले घरभाडा कर छलेको बिषयमा राजिनामा दिनु पर्छ । कसैलाई रङ्गका आधारमा काले गोरे भने मात्र पनि रेसिस्टको पगरी सहित आफ्नो पद गुमाउनु पर्छ माफी माग्नु पर्छ ।

हाम्रो देश भर्खरै राजतन्त्र मासेर गणतन्त्र ल्याउने विश्वोका पछिल्ला राष्ट्रमा दरिएको छ  । नयाँ गणतान्त्रिक राष्ट्रका रुपमा  । हाम्रो राजतन्त्र मर्यादित हुन सकेन यद्यपि हाम्रा राजाहरुले, हाम्रा धेरै नेताहरुले बेलायतबाटै शिक्षा लिए बेलायतलाई देखे बुझे नजिकवाट  । तर सिकेनन बेलायती राजतन्त्रको मर्यादाको मानक  । बुजेनन सम्बैधानिक राजतन्त्रको सिमांकन  । आफूलाई कानुन भन्दा माथि राख्ने,दुनियालाई रैती ठान्ने, कर नतिर्ने,ब्यापार गर्ने तर बिजुली र पानीको पैसा समेतमा सानो चित्त देखाउदा आजको दुर्दिन निम्तिएको थियो  ।
बेलायती राजतन्त्र दीर्घजीवी बन्नुमा सम्मानित हुनुमा हरेक राजा रानीहरुको अफ्नो लोकप्रिय छवीले महत्तोपूर्ण भूमिका खेलेको छ  । जनताको स्वस्फुर्त सम्मान हरेक राष्ट्र प्रमुखका लागि ठूलो संजीवनी हो दीर्घजीवनको  । यो कुनै करकाप कुनै ओठे भक्ति र आडम्बरले सिर्जेने सस्तो खेल किमार्थ होइन  । आज ६० बर्ष लामो शासन कालमा जीवनको अन्तिम उत्तरार्धमा पुगेकी ८५ बर्षीय महारानी प्रति सडकमा उर्लेको सम्मान बेलायती महारानीको विश्वो लोकप्रियताको आफै बलियो प्रमाण हो  । प्रधानमन्त्री विस्टन चर्चिल देखि डेभिड क्यामरुन सम्मका १२ वटा प्रधानमन्त्री सम्म आइपुग्दा बेलायतले ठूलो फड्को मारेको छ ।  धेरै भौतिक परवर्तनहरु भएका छन तर मात्र महारानी एलिजावेथ स्थिर  छन् यति लामो यात्रा सम्म  । देशले भोग्नु परेका हरेक खाले चुनौतिहरुको शान्त र शालीन ब्यक्तित्वोले कर्तव्यपूर्ण भूमिका निभाउदै आएकी छन्  । साठी साठी बर्ष लामा गौरभपूर्ण बर्षहरु बेलायत जस्तो सम्पन्न मुलुकको राष्ट्र प्रमुखको भूमिका निभाउनु त्यो पनि लोकप्रियताको शिखरमै रहि रहनु उनका महानता हुन । आफ्ना राज्यकालका ६ दसक लामो यात्रामा उनले ११६ रास्ट्रको भ्रमण गरेकी छन् । बेलायती राजतन्त्रको पपुलारिटी दिनानुदिन बढ्दो छ । गत बर्ष विलियम र केटसको बिवाह ताका बढेको राजतन्त्रको साखलाई यो हीरक जयन्तीले ८० प्रतिसतको हाराहारीमा पुर्याएको तथ्य भर्खरै प्रकासित आंकडाले जनाएको छ । खाना, सजावट र पेय पदार्थमा मात्र ४२४ मिलियन पाउण्ड खर्च गर्ने देखिन्छ । ८ सय  तेइस मिलियन पाउण्डको कारोवार झण्डा विक्रीमा भएको छ । यसले बेलायती राजतन्त्रको स्वफुर्त सम्मानको बलियो प्रमाण प्रस्ट्याउ छ । 
हामी कामना गरौँ बेलायतकी महारानी एलिजावेथ अझै सुस्वास्थ दीर्घजीवी र अकन्टक रहुन समुन्नत बेलायतको सम्मान र सम्बैधानिक राजतन्त्र, प्रजातन्त्र र लैङ्गिक बिभेद अन्त्यको कोशे ढुंगाको रुपमा दुनियालाई उदाहरणीय बनिरहुन । हाम्रो हार्दिक शुभकामना ! हेप्पी डाईमण्ड जुब्ली हर मेजेस्टी क्विन एलिजावेथ !!
सम्प्रति: संयुक्त अधिराज्य बेलायत


Saturday, June 2, 2012



नगरवधू
- डा. दीनबन्धु शर्मा

म लगातार यौनसुखमा प्रयोग भइरहेको थिएँ । अझ यसो भनूँ, मबाट लगातार शोषण भइरहेको थियो । किनभने मलाई मेरो छाप्रो अगाडिबाटै
-अचेल महललाई पनि छाप्रो भनिन्छ, ध्यान दिइयोस्)-सडकबाटै अपहरण गरिएको थियो । त्यति प्रष्ट सम्झना त होइन तर मेरो यस्तो मान्यता छ । मलाईं उसको यो क्रूर कार्य सुरूमा निकै डर लागेको भए तापनि उसको आवाजमा मेरो भयलाई विस्तारै मत्थर पार्न सक्ने सम्मोहक मधुरता थियो । यहाँ 'थियो' भन्नुको अर्थ मलाई यस्तो लागेको थियो भनेको हो भन्ने बुझियोस् र अब उप्रान्त यहाँ प्रयोग गरिएका निणर्ायक क्रियापदहरूको अर्थ पनि अनिणर्ायक वा सन्देहास्पद मान्न सकिन्छ भन्ने बुझियोस् ।
अँ, केही अगाडि मात्र यद्यपि मेरो अपहरण भएको थियो तर त्यसले भनी, 'म हजुरको सेवा गर्न चाहन्छु ।'
'म त तिमीलाई चिन्दिनँ Û' मैले विस्मित अभिनयमा भनेँ ।
'तर म तपाईंलाई चिन्दछु ।'
'कसरी ? म को हुँ ?' ' म को हुँ' भनेर त मैले उसलाई प्रश्न गरेको हुनुपर्छ तर वास्तवमा मैले आफैँलाई पनि यो प्रश्न गर्न सक्थेँ । उसले मधुर बोलीसहित गाडीभित्र कुनै जुस, सर्वत आदि खुवाएकी थिई कि भन्ने मेरो अनुमान छ । अहिले त्यही मानूँ - उसले दिएको अमृततुल्य जुस खाँदै उसकै गाडीमा म त्यो अपहरणकर्त्रीसँग लठारिन थालेको थिएँ । ऊ गाडी हाँकिरहेकी थिई तर म कुन्नि किन विरोध गरिरहेको थिइनँ । तपाईंहरू र म पनि यस्तो अड्कल गर्न त सकिहाल्छौं । जस्तै ः
-१) उसको बोलीले म लठ्ठिएको थिएँ,
-२) उसले दिएको 'जुस' नामक पेयले म लठ्ठिएको थिएँ,
-३) उसको मदमोहक रूपले म लठ्ठिएको थिएँ आदि आदि ।
मलाई यस्तो पनि हुन्छ भन्ने लागेको थिएन, पटक्कै थिएन । यो के भएको हो ?

बन्द चारैतिर अँध्यारो कोठालाई मधुरो बल्बको उज्यालोले दिउँसै रातजस्तै बनाइदिएको थियो । पूर्वतिर सानो झ्याल राखेर मैलो -वा मैलो रङको ) पर्दा पनि राखिएको थियो । एउटा खाटमा विस्तरा थियो र खाटको छेउमा टाँसेर एउटा प्लास्टिकको कुर्ची राखिएको थियो । त्यसै कुर्चीमा उसका र मेरा कपडा लुट्पुटिएका थिए । कपडाहरू सबै कुर्चीमा लुटपुट्याएपछि ऊ र म कस्ता थियौँ, यो त भन्नु नपर्ला Û
तर पख्नुस्, फेरि तपाईंहरू दुईवटा भ्यागुताहरू उभिएको कल्पना गरिहाल्नुहोला, उसले मलाई कुकुरजस्तो बनाएकी थिई किनभने ऊ कुकुर्नी मुद्रामा थिई । उसलाई यस क्रियामा बढो जोडसँग आनन्दानुभूतिको ध्वनि निकाल्नुपर्छ भन्ने राम्रै थाहा थियो ।
के यो यौन समागमको अवधि निकै लामो भएको हो ? म यस्तै केही सोचिरहेको थिएँ साथसाथै मलाईं यसरी महिलाले नै अपहरण गरेर आफूलाई यस्तो कार्यमा संलग्न गराएको यो पहिलो विस्मयकारी अनुभव भइरहेको बारे पनि सोचिरहेको थिएँ ।
'तिमीले यस्तो गर्न मलाई यहाँ ल्यायौँ ?' त्यसले भनी । उसको यो उच्चारण अत्यन्त स्वाभाविक ध्वनिमा आइरहेको थियो तर तपाईंहरूलाई थाहै छ, म आश्चर्यचकित भएँ ।
'तिमी आफैँले मलाई अपहरण गरेको होइन र ?' कस्तो गजबकी केटी रहिछे भन्ठान्दै मैले फेरि भनेँ, 'म हजुरको सेवा गर्न चाहन्छु भनेर तिमीले मलाई अपहरण गर्यौि अनि अहिले मलाई उल्टो अभियोग लगाउँदैछ्यौ, यस सम्भोग कार्यको शुल्क तिर्न गाह्रो लागेर, भनौँ न, त्यो शुल्क मलाई तिराउन यस्तो कुरा गरेकी हौली ।' यसो भन्दा ऊ खितितित्त हाँसी र भनी 'यहाँ त्यस्तो शुल्कको कुरा कसले गरेको छ र Û' उसको हाँसो यस्तो मादक लाग्यो कि, अब यसलाई के भन्ने, शास्त्रीय भाषामै भनौँ न, मेरो मन, शरीर, इन्दि्रय सबैमा विद्युततरङ्ग जस्तो पैदा भयो र अद्भूत रोमाञ्च भयो ।
कतिखेर त यी सबै ससाना घटनाहरू दुईपत्रे सपनामा भएका त होइनन् भने जस्तो लाग्थ्यो, जस्तो हुन्छ नि, सपनाबाट ब्युँझे भनेको पनि सपनामै Û
'हेर्नुस्, अपहरण पनि अनेक किसिमका हुन सक्छन्, अब भिन्न आसन भिन्न मुद्रामा 'टुँडाल' बनाएर ऊ बोलिरहेकी थिई, 'हुन त म एउटी नगरवधू नै हुँ, तपाईंजस्ता अनेक पुरुष, महिला र तेस्रो लिङ्गीहरूसँगसमेत मैले 'टुँडाल' क्रियाको भरपुर आनन्द लिएकी छु, तीमध्ये कतिपय स्मरणीय पनि भएका छन् तर जब मैले तपाईंलाई देखेँ मेरो सम्पूर्ण 'काम' अस्तित्व तपाईंले अपहरण गरिदिनुभयो, शास्त्रीय भाषामा भनुँ न, म काममोहित भएँ र यो कार्य गर्न बाध्य भए, यसलाई मैले तपाईंले गरेको अपहरण मानेकी छु ।
अहिले ऊ चुप लागेर चुरोट तानिरहेकी छे, म आइस राखेर हृविस्की तानिरहेको छु । उसको चुरोटको गन्ध, मेरो हृविस्कीको गन्ध र हामी दुवैको यतिबेरको सङ्घर्षबाट उत्पन्न काममय गन्धको ˆयुजन
भएर एउटा अनौठो गन्धको निर्माण भएको छ, यस्तो मलाई लागेको छ । आˆनो मांशल नग्न शरीरप्रति उसको निरपेक्षता अथवा भनूँ न निर्लज्जता देखेर पनि मलाई ससानो आश्चर्य नै लागेको छ
मैले आˆनो टाउको हल्लाएर आˆनो नसा झार्न खोजेँ, त्यसरी झर्ने नसा भए पो । म यथातथ्य के हो, सबै कुरा ठम्याउन सकिरहेको छैन । मलाई नसाले यस्तो बनाएको हो वा यो कुनै किचकन्नी हो ? अथवा दुवै कुरो हो ? मलाई यस्ता कुरामा विश्वास त छैन भन्ने गरेको छु तर एकपल्ट उसका पैताला हेर्दा के बिग्रन्छ ? हेर्छु, सुल्टै छन् ।
'मेरो जन्म पूर्वी पहाडको एउटा अत्यन्त सुसंस्कृत परिवारमा भएको हो,' 'एकादेशमा.....' भने झैंँ उसले कथा हाल्न थालेजस्तो लाग्यो । अहिले उसको स्वर अलि खस्रो सुनेँ, यस्तो परिवारमा, तपाईंलाई थाहै होला-दायाँबायाँ डुल्न, घुम्न, धेरै इतरिन, पौडी खेल्न, कुनै अपरिचितसँग, हुन्छ नि, कुनै किसिमको निकट देखाउन आदि सबै वर्जित थिए । मलाई रामायण, महाभारत पढ्नुपर्छ भन्ने अर्ती-उपदेश दिइन्थ्यो-स्वाभाविक छ-राम-सीता-उर्मिला आदि पात्रको जस्तो मेरो चरित्र एवं व्यवहार होस् भन्ने अपेक्षा राखिन्थ्यो तर मलाई कुन्तीको चरित्रले बेजोड आकषिर्त गर्योभ ।
कुनै यदुवंशी महाराज शूरसेनकी ज्येष्ठ सुपुत्रीको नाम पृथा थियो । शूरसेनका फुपाज्यू कुन्तीभोज थिए । यी दुई फुपाज्यू भदाहाबीच अत्यन्त प्रेमको सम्बन्ध थियो । विचरा कुन्तीभोज निःसन्तान थिए । शूरसेनले कुन्तीभोजलाई आˆनी प्रथम कन्या धर्मपुत्रीको रूपमा दान गरेका थिए । तिनै पृथालाई पछि कुन्ती भनियो । अर्थात् शूरसेन र कुन्तीभोज दुवैतिरबाट कुन्ती उच्चकुलीन थिइन् । महाराज कुन्तीभोजको सम्मोहक दरबारमा मानुँ कामदेवको स्थायी बसोबास थियो । नानी, सुसारे, पटरानी, महारानी, भान्से, माली सबैलाई कामदेवले सताइरहेको आभास हुन्थ्यो । अवाञ्छित भनिएका दृश्यहरू यत्रतत्र देख्न पाइन्थ्यो । यस वातावरणमा छटपटिएकी सुन्दरी किशोरी कुन्तीले सूर्यनारायण नामको ठिटोलाई आˆनै कक्षमा डाकेर यौन क्रिया सम्पन्न गरिन् । विवाहित भइसकेपछि उनको यो उन्माद रोकिनुपर्ने हो भन्ने मानिन्छ तर यस्तो भएन उनले विवाहपछि अझै यस कार्यलाई तीव्रता दिइन् । सुरूमा त मलाई कुन्तीको यस कामको यौनसन्तुष्टिसँग सम्बन्धित पक्षले तापज्वरो नै उठाइदियो । आफूले कुन्ती वा उनका ठिटाहरूले जस्तो गर्न नसकेकोमा पीडा अनुभव भइरहृयो, पछि मात्र मलाई थाहा भयो, उनीहरूको त्यस कार्यको वैयक्तिक शारीरिक सन्तुष्टिसँग सम्बन्धित महत्त्वबाहेक हस्तिनापुरको भावी राजनीतिक उद्देश्य प्राप्तिसँग सम्बन्धित झन् ठूलो महत्त्व पो रहेछ । त्यो यौनको उच्च राजनीतिक उपयोग थियो ।
अनि त म यस यौनसम्भोग कार्यको बहुआयामिक फाइदाहरूसँग परिचित हुँदै गएँ । यो जस्तो बहुफाइदाकारी तìव अरू कुनै छैन भन्ने कुरामा म ढुक्क भएँ । अनि त यो वृत्ति मेरो मुख्य वृत्ति बन्यो यद्यपि यो साधनकै तहमा छ ।
यस्तो लामो पुराण मलाई किन सुनाउनुपर्यो  र,' मैले झर्को मानेझैँं गरी भनेँ, 'तिमी बौद्धिक देखिन्छ्यौ तर काम चाहिँ यस्तो किन गछ्र्यौं ?'
'किन र ?' बौद्धिकसँग यौनको कुनै शत्रुता छैन, बरू अल्पबुद्धि भएकाहरू यौनव्यापारलाई व्यक्तिगत क्रियाकलापको रूपमा मात्र हेर्छन् तर बौद्धिकहरूलाई यसको व्यक्तिगत, सामाजिक, राष्ट्रिय आदि बहुगुणकारी फाइदा थाहा हुन्छ ।
'अब उठौँ,' म जुरूक्क उठेँ ।
'किन ? तपाईंलाई यस कार्यको मोटो ज्याला दिन बाँकी नै छ, त्यसभन्दा अगाडि समलिङ्गी मैथुनबाट पनि तृप्त गरूँ कि ?
'हे भगवान् के भनेको हो ?' म पुनः चकित भएँ ।
'तपाईंलाई मैले तन, मन र धनले अर्थात् कुनै पनि तरहले सन्तुष्ट पार्नुपर्छ, उसलेे भनी, 'समलिङ्गी मैथुनमा तपाईंको रुचि छैन ?' ऊ आँखा झिम्क्याएर मुसुक्क हाँसिरहेकी थिई ।
'त्यस्तो यहाँ कसरी सम्भव छ ?' मैले भनेँ, 'अर्थात् तिमी महिला छौँ र म पुरुष छु ।'
ऊ खितितित्त हाँसी - उही मनमोहक किचकन्नी हाँसो । उसले भनी, 'भनिन्छ - बेलायतको संसद्ले महिलालाई पुरुष र पुरुषलाई महिला बनाउन सक्दैन तर हामी यस क्रममा बेलायतभन्दा अलि अग्रगामी छौँ ।'
अनि उसले आˆनो नाङ्गो शरीरबाट कपडा छोडाएझैँ, अझ यसो भनौँ न, केराको बोक्रा छोडाएझैँ बाहिरी एक पत्र माथिदेखि तलसम्म छोडाई । अनुहार र शिरबाट पनि लामो केससहितको बोक्रो छोडाई । अनुमान गर्नुहोस्, म कस्तो उदेकको स्थितिमा पुगँे हुँला । मेरै अगाडिको दृश्य अब यस्तो थियो ः
१) ऊ अब युवती होइन पुरुष थियो,
२) उसको कपाल छोटो थियो,
३) उसका तिलचाम्ले जुँगा मोटा थिए,
४) उसको छातीमा जिङ्गि्रङ्ग रौँ थिए,
५) उसको हतियार लामो, धारिलो र उत्थित अवस्थामा थियो ।
अब तपाइर्ंले सधैँ देखेको तर अहिले कल्पना गर्न नभ्याएको कुरा पनि यहाँ थियो ः
६) ऊ गरिमामय संसद्मा प्रधानमन्त्रीको उम्मेदवार थियो ।
के उसको खास जन्म पुरुषकै रूपमा भएको थियो ?
यस कथालाई यहीँ सकेको भए पनि हुन्थ्यो तर अलिकति बाँकी कुरा पनि भनिहालूँ किनभने फेरि तपाईंहरू मलाई आˆनो कुरा लुकायो भन्नुहोला ।
मलाई डर लाग्नुको सट्टा अब रमाइलो लागिरहेको थियो । अनि अर्को आश्चर्य सुरू भयो किनभने उसले मेरो शरीरबाट पनि बोक्रा छोडाउन सुरू गर्योि ः
१) मेरो दोस्रो पत्र पनि पुरुष नै थियो,
२) मलाई आˆनो दोस्रो पत्र मन पर्योो,
३) म कुनै सर्वसाधारण 'जनता' नामको प्राणी थिइनँ,
४) म सांसद थिएँ र उसको विरोधी नै थिएँ, केही अघिसम्म भनौँ न Û

(नमूना मच्छिन्द्र क्याम्पस लगनखेल ललितपुरमा प्राध्यापनरत डा.दीनबन्धु शर्माको यो कथा मधुपर्क जेठ, २०६९ बाट साभार गरिएको हो )