Labels

Total Pageviews

Friday, June 12, 2015

तिमि आए हुन्थ्यो
गीत
रामहरि पौड्याल
भरतपुर १२ / १९३ , बसन्त चोक , चितवन

मेरो मनको संघारमा तिमि आए हुन्थ्यो
मेरो तनको झन्कारमा तिमि छाए हुन्थ्यो
बादलुको घुम्टो पारि परदेशमा छु म
समुन्द्रको किनारैमा तीर्खा खप्दै छु म
नरिवल र ताडीका ती सलक्कका रुख
चारैतिर हरियाली मनभित्र दुख
कसले बुझोस् दुर्देशमा तनभित्रको ज्वाला
दुख्दो रैछ छातीभरि स्वदेशको माया
फूल्दो रैछ छातीभरि आफन्तको छाया
पोले पनि घामै जाति पिटे पनि आमै
दुख सुख त्यस्तै रैछन आफ्नै देश जाति
रंगीचंगी संसारमा कृतिम छन् सब
फेसन र ग्ल्यामरको दुनियाँ भो अब
मेरो मनको संघारमा तिमि आए हुन्थ्यो
मेरो तनको झन्कारमा तिमि छाए हुन्थ्यो
..........................

रचना काल: ३ नोभेम्बर, २००२ फिलिपिन्स
तिमि मेरी  प्यार !!!
गीत
रामहरि पौड्याल
भरतपुर १२ / १९३ , बसन्त चोक , चितवन


रहे जीन्दगानी यहि नै छ प्यारो
भए साथ् तिम्रो त्यहिनै छ प्यारो
म हुँ साथ् तिम्रो दिलभित्र भन्दै
गर्छु प्रतिज्ञा तिमि पाउँ भन्दै
खान्छु  कसम यो हेर बार बार !
तिमि मेरी हौ जुगौं वार  पार |
दिलमा बसेकी तिमि मेरी प्यार !
मनमा  बजेकी तिमि मेरी प्यार !!
तनमा भिजेकी  तिमि मेरी  प्यार !!!
आउ समाउ चुम  बार बार
तिमीले समाई  चुमी मात्र दिए
म जित्दछु समर यो हेर बार बार
म बुन्छु नौलो इतिहास बार बार |


रचना काल:  १२ जुन २०१५ , संयुक्त अधिराज्य बेलायत

सोधुँ सोधुँ लाग्यो मलाइ


गाएर ब्यथा जीवनको
गीत
रामहरि पौड्याल
भरतपुर १२ / १९३ , बसन्त चोक , चितवन
बासन्तिको सुबाषमा खेंलु खेंलु लाग्यो
पहाडको छहारीमा  बसुँ  बसुँ लाग्यो
मायालुको फूलबारीमा नाचूँ  नाचूँ  लाग्यो
पीरतिको मैदानमा लूकु लूकुं लाग्यो

सोधुँ  सोधुँ  लाग्यो मलाइ मुटु हुने सित
हाँसु हाँसु लाग्यो मलाई आफ्नै माया सित
भागुं भागुं लाग्यो मलाइ आफ्नै छायाँ सित
खोजुं खोजुं  लाग्यो मलाइ आफ्नै काया सित |

जुन खुसि जुन शान्ति तिमीले दियेउ मलाइ
जुन उत्साहा जुन उमङ्ग तिमीले दियेउ मलाइ
मेरा मनहरु  हरेउ तिमीले गाथमा छुँदा
 मेरा तनहरु हरेउ तिमीले साथमा हुँदा
सम्झेर ती दिनहरु बाचेकै छु म
कल्पेर ती पलहरु नाचेकै  छु म
ममात्रै बाचे र नाचे के नै अर्थ रह्यो र नस्वोर जीवनको ?
बाचू र नाचू  तिमि संगै जीवन  भरि
गाएर गाथा जीवनको |
लाएर प्रीत नौलाख जीवनको
संधैभरि  गाएर ब्यथा जीवनको
जुनीभरि गाएर गीत मिलनको .......

रचना काल: २००१ फिलिपिन्स