Labels

Total Pageviews

Saturday, October 3, 2015


लघुकथा : लाभश्री  बैंक
रामहरि पौड्याल
भरतपुर १२ /१९३ , बसन्त चोक , चितवन

हाम्री लौरा मामुको दाइको बैंक !
उहाँ ठूलो खानदानी हुनुहुन्छ |...  पार्टीको ठूलो नेता भुतपुर्ब मन्त्रीको छिमेकी | उनीहरुको लगानीमा चलाइएको बैंक | ब्याज पनि दोब्बर चार बर्षमा | ऐरे गैरे नथु खैरे हरुको च्याउ उम्रे झैं उम्रेका सहकारी साना बैंकमा पैसा राख्नु हुन्दैन  |  धाक मायाँ ले टोल थर्काइन लाभ श्री बैंक को प्रबक्ता बनेर | आफुलाई स्वोनाम धन्य खानदानी थानकोट बाट पर घर हुने सबै पाखे ठान्ने ती परिवारका सबैले लाभश्रीको सक्दो लाभ उठाउने निर्णय गरे |
"तेइ कान्छा बाउले खायो होला त्यो पैसा "
बुढीले च्याठीदै कुर्लिइ |
"ज्या त्यो के जाति पाखे बैंकको संस्थापक सेयर भनेर त्यत्रो पैसा खेर गयो | हेर ! लाभश्री बैंक मा राखेको भए दोब्बर हुन्थ्यो |"
बुढाले रोष प्रकट गरे |
डबल ब्याजको पैसामा कार किन्ने योजना बन्यो | तीर्थ जानु पर्यो | बुढेशकालमा यसो धर्म कर्म पनि गर्नु पर्यो | नारायणको पूजा धुमधाम लाउने घर सल्लाहा भयो |
कसले जग्गाको लंठो गरोस ? मोहीले जग्गा खाइदिञ्छ | मैनाको लाख ब्याज छाडेर कसले अरु बन्द ब्यापारको झनजट गरोस | हामीलाई नेपालमै विदेश | खान नपुग्ने पाखे हरु गैरहुन विदेश |
................
दोब्बर ब्याजको दिन आइपुग्ने बेलामा एउटा नयाँ हल्लाले राजधानी हल्ल्यो | लाभश्री बैंकका प्रमुख फरार | बैंकमा तालाबन्दी | दोब्बर ब्याजको सपनामा आफ्ना इस्ट मित्रलाई समेत होचा पाखे देख्ने ती सहरिया शु - शभ्य हरुले तोरीको फूल देखि रहेका छन् अति ब्याजको नाम मा डुबेको साबा समेत  सम्झेर |



सम्प्रति: संयुक्त अधिराज्य बेलायत

Thursday, October 1, 2015

ऋषिमन

लघुकथा: ऋषिमन
रामहरि पौड्याल
भरतपुर १२ / १९३ , बसन्त चोक , चितवन

छिमेकका मुखिया आफू नियुक्त भएको खुसियालीमा औपचारिक भ्रमणमा निस्किए । धार्मिक स्वोभाबका ती धर्मभिरु मुखियालाई सानो गरिब छिमेक्ले सके सम्मको राजकीय सम्मान प्रकट गर्यो । आफ्नो देशको आराध्यदेव पशुपतिनाथको चारै ढोकाहरु खोलिए पुजा समाधिका लागि । बाटाघाटाहरु उनका स्वागतमा मुस्कुराए ! देश पुरै छिमेकका मुखिया मय भयो ।
आफ्नो देशको सार्भभौम संसदमा उनलाई ठुलो स्वागत गरियो त्यतिले पुगेन उनलाई सम्बोधन गर्न दियियो । बाक पटुताका अधिपति तिनले सारालाई मन्त्रमुग्ध मात्र पारेनन् नेपालीमा सम्बोधन गरेर सारा छिमेकको दील चोरे।
बुद्धको भुमि / पशुपति नाथको देश / बीर गोर्खालीको देश ...
पानी र जवानी एकै ठाउँमा नबस्ने प्रसङ्ग ........
पहाड र हिमाल मानसरोबर र उर्बर तराइको अनौठो संगम रहेको छिमेकको ठुलो प्रसंसा गरे। सहमतिका लागि सबैमा ऋषि मन हुनु पर्ने भनि पटक पटक दोहोर्याए । तालीको गडगडाहटले उनको स्वागत सत्कार भयो ऐतिहासिक ।
आफुले छिमेको सार्भभौम स्वतन्त्रको रक्षा र नयाँ नेपालको बहुपर्तिक्षित कानुनि पुस्तिका निर्माणको दिन गनी रहेको बताए । त्यसको स्वागतमा फूलमाला लिएर प्रतीक्षा गरेको सुनाए । जनताले बलिदान गरेर ल्याएको त्यो कानुनि किताब विश्वमै उदाहरनिय हुने संकल्प सुनाए ।
नेता हुनु त छिमेकका मुखिया जस्तो । ..........
मुखिया हाइ हाइ !
मुखिया हाइ हाइ !!
छिमेकी हाइ हाइ !!!
.............
यता छिमेकीले सारा प्रकिया पुर्याएर निर्वाचित नब्बे प्रतिशत बहुमतले सबैलाई समेट्ने, सबैलाई अधिकार सम्पन्न बनाउने, दलित आधिबाशी हरुलाई आरक्षण जागिर देखि भोटको अनुपातमा सदन सम्म प्रतिनिधित्वो गर्ने आफ्नो देशको कानुन पास गर्यो । सत्तरी वर्षा देखिको जनताको जनचाहना पुरा गर्यो । सबैले स्वागत गरे । दीपावली गरे । बधाई दिए ।
तर आश्चर्य के भयो कुन्नि ?
ऋषि मनका अभियन्ता धर्म भीरु ती महान हाम्रा छिमेकी मुखियाले नयाँ कानुनको स्वागतमा एक शब्द बोलेनन् । त्यतिमात्र कहाँ होर उनको देशबाट आउनु पर्ने रासन पानी, तेल मट्टीतेलको ढोका बन्द गरेर उनका आजु बाजुका भरौटेहरुलाई दाल भात खुवाएर हाम्रै तिर ढुंगा हान्न उक्साई रहेका छन् ।
हामी छिमेकको मुतको न्यानोमा परेर आफ्नै देश आफ्नै आमालाई कुटी रहेका छौं । आफ्नै भूमिलाई पराइमा गाभ्न ऋषि मनले उदत्त छौं ।
सम्प्रति: संयुक्त अधिराज्य बेलायत