Labels

Total Pageviews

Saturday, December 24, 2016

ब्याचलर अफ नर्सिंग कूलबधू

 No automatic alt text available.
लघुकथा
रामहरि पौड्याल
भरतपुर १२/१९३, चितवन

भर्खरै बुहारी भित्र्याएका तिनीहरुले आफ्नी नव बधुको तारिफ गर्दै सुनाए – ‘’ हाम्री बुहारी एक दम खानदानकी छोरी हुन् | पूरै आर्य संस्कारले सजिएकी उनलाई मैले बर्सौं लगाएर आफ्नो एकल सुपुत्रलाई रोजेको | उनका पिताजीको कुरै नगरौं प्रकाण्ड विद्वान | भाइ इन्जिनियर छ | बैनी ठूलो पत्रकार कान्तिपुरकै सबैभन्दा ठूली समाचार बाचिका | मेरी बुहारी पनि ब्याचलर अफ नर्सिंग गरेकी मैनाकै ५० हजार तलव खान्थिन नेपालमै | छोरा बुहारी दुबैको उमेर पनि एउटै क्या मिलेको लव नै हाने जस्तो | पर्फेक्ट जोडी घरमा केई सिकाउनु पर्दैन | बोल्न इस्टमित्र ज्वाँई भान्जा सबैलाई यथोचित सम्मान गर्न जानेकी सर्व गुण सम्पन्न कुलीन बुहारी.......|’’
बुहारीको बखानले टोल रन्कियो |

एक दिन लगभग मध्यरातमा फोन आयो मेरो घरमा | म सुति सकेको थिएँ माथिल्लो तलामा जाडोको समय | टिनीन्न टिनीन्न फोन बजिरह्यो तल बैठक कोठामा | कसको फोन होला यो कुसमयमा ? कुनै अर्जेन्ट कल पनि त हुन पनि त सक्छ | म दगुर्दै तल झरें | हेलो ! हेलो !! हेलो !!! म चिच्याई रहेछु तर त्यो फोनको उताको पात्र बोल्दैन | बिस्तार त्यो फोन उतैवाट काटियो | कर्लेस बोकेरै म ट्वाइलेट गएँ | को हो यो यस्तो राति फोन गरेर उठाउन आउदा फोन काट्ने ? म तीन छक पर्दै माथि जान भरेंग चड्दै थिएँ; फेरी फोनको घन्टी बज्यो | मैले फेरी हेलो भनें फेरिपनि नबोलेको देखेर  त्यो कर्लेस मैले श्रीमतीलाई फालिदिएँ कसको फोन हो यो भन्दै | उनीसंग त्यो पात्रले मजाले कुरा गरिन |
 पाठक बृन्द त्यो फोन आखिर कसैको नभएर तिनै टोल रन्काएईएकी ब्याचलर अफ नर्सिंग कुलबधूको रहेछ |


Monday, December 19, 2016

देशै यो नरहे रहन्छ कसरि नेपाल यो लौ भन

देशै यो नरहे रहन्छ कसरि नेपाल यो लौ भन
कविता
रामहरि पौड्याल
भरतपुर १२ /१९३, बसन्त चोक , चितवन

SSS IIS ISI IIS SSI SSI S

लाउँ हे मनले मिलेर सबले नौलाख प्रीति नयाँ
गाउँ हे सबले मिलेर मनले देशै बनाऊ नयाँ
ढिला भो अबता बुझेर जनले लागौं सपारौं दिन
ढिला भो अबता रुझेर नबसौं उठौं हसाऔं दिन

देशै यो नरहे रहन्छ कसरि नेपाल यो लौ भन
भेसै यो नरहे रहन्छ कसरि आफ्नो पना त्यो भन
आऊ हे सबले मिलेर मनले देशै सिंगारौं अब
जाउँ हे सबले मिलेर मनले गाउँ मीठो गीत तब

हिमाली मन होस्  पहाडी तन होस् बिर्सेर त्यो अन्तर
पहाडी दिल होस् तराइ नभुलोस सम्झेर त्यो मन्तर
हावा चल्छ शिरी शिरी हृदयमा सम्झेर त्यो मोहनी
लाबा लस्कर त्यो जाँदै छ कसरि बिर्सेर त्यो रोहिनी

बाडियों किन हामी आज हेर यसरि चुचे र थेप्चे भनि
भाडियों किन हामी आज हेर त्यसरी धोति र  टोपी बनि
पेशा त्यो नबनोस राजनीति लौ कुम्ल्याउने त्यो थलो
सेवा त्यो बनोस जनको लौ  गर्दै सबैको  राम्रो  भलो


सम्प्रति: संयुक्त अधिराज्य बेलायत