नयाँ दिनको प्रतिज्ञा !!!
रामहरि पौड्याल
भरतपुर१२/१९३,चितवन
कोइलीको कुहु कुहुले तिम्रै
नाम बोलायो,
ज्वारभाटाहरु घुमेर बदलिए
परिवर्तनको झोक्कासँगै |
प्रकृतिमा बासन्ती मोहकता
पोखियो
राताम्मे लालीगुराँसहरु,
फक्रिएका सुनगाभाहरु |
मैले कस्तो सुखानुभूति गरें,
एउटा नयाँ दिनको प्रतिज्ञा
एउटा नयाँ बिहानीको
प्रतीक्षा
एउटा नयाँ युगको प्रलोभन !
नयाँ दिनको प्रतिज्ञासँगै
पृथ्बी मेरै खुट्टामुनि घुमिरहने
छ
एक पाइलो नजिक सानिघ्यता
गाँस्दै प्रेमको,
एक पाइलो अधिक सामिप्यता
दर्साउदै भावनाको |
केहि भन्नु र गर्नु छ कि?
हाम्रो नयाँ दिनको
प्रतिज्ञामा
हाम्रो नयाँ बिहानिको
प्रतीक्षामा
हाम्रो नयाँ युगको
प्रलोभनमा |
घुम्दो दैनन्दिनी !
श्रीस्टी चक्रको एउटा नियम
संसार बदलिने छ परिवर्तनको
संकेतसँगै,
कसैले भन्न सक्दैन
कसैले रोक्न सक्दैन
परिवर्तन युगको/परिवर्तन
बिहानीको
मात्र प्रतिज्ञा एक दिनको
सँगै बस्ने
सँगै खेल्ने र सँगै हाँस्ने
बुध्दिपूर्ण सज्जनताले
बिर्सिदेउ अतितका
हाम्रा भूलहरुलाई, हाम्रा
कलुषित मुलहरुलाई |
सुन त नयाँ पिढीले
सोधिरहेछन्
हामीले कस्तो अनुभूत गर्यौं
?
नयाँ दिनको प्रतीक्षा
नयाँ बिहानीको प्रतिज्ञा
नयाँ युगको प्रलोभन |
सम्प्रति: संयुक्त अधिराज्य
बेलायत