शब्द क्षेप्यास्त्र
भरतपुर १२/१९३, बसन्त चोक,चितवन
शब्दहरु आतंक हुन् मौनतालाई
तोडिदिने
मिसाइलहरु हुन् मेरो सानो
संसार भत्काइदिने
मलाई पीडादायी छन् तिम्रा
शब्दका प्रहारहरू,
एटम बम भन्दा बढी
पेट्रिक क्षेप्यास्त्र
भन्दा बढी |
कृपया मलाई बुझ्ने प्रयास
गर,
मेरा मित्रहरु, मेरा
स्वजनहरू !
मलाई बचनबाणले नमार
बिझेकाछन् तिम्रा शब्दहरु
छातीका पत्र पत्रहरुमा
भिजेका छन् मेरा परेलीहरु
तिम्रा शब्दका उपहासहरुले
तिम्रा उपेक्षाका
भाउभंगीहरुले
कुटेको घाऊ बरु भरिएला बिस्तारै मलम पट्टिसँगै
शब्दका निर्मम प्रहारले
क्षतबिक्षत यो दिलका घाऊहरु,
जीवनमा कैलेई निको होलान त
?
मुटु चिर्ने शब्दहरुको कुनै उपलब्दी रहेन
तिनले केवल खरावी नै गरे
तिनले केवल बैमनुश्यता नै
भरे
अनुभूति साँचा रहेछन
सम्बन्धहरु काँचा रहेछन
सुखानुभूति बाँकी रहला तर
पीडा शब्दहरुका...?
प्रेमका उत्कृस्ट अभिनयहरू;
ती त केवल देखाउने दाँत
रहेछन्
भरेर कृतिम मुस्कान
अनुहारमा
घोप्ने बचनबाण रहेछन्
हृदयमा |
सम्प्रति: संयुक्त अधिराज्य
बेलायत