स्टेप ड्याड
रामहरि पौड्याल
भरतपुर १२/१९३,
चितवन
मेरो नाम जो लि स्कट यानी जेएलएस । उसले आफ्नो नाम सम्जिने जुक्ति बतायो । डु
यु वाच ब्रिटिस गट ट्यालेन्ट ?
डु यु नो जेएलएस ब्यान्ड ??
मैले स्वीकृतिमा टाउको हल्लाए ! ऊ
मात्र १७ बर्षको बेलायती ठिटो थियो अग्लो हेन्डसम । बेलायती टिनेजरहरुलाई चलाउन
हुदैन तिनीहरु अत्यन्त बदमास हुन्छन् । तिनीहरु देखि परै बस्नु पर्दछ । मैले यो
सुन्दै आएको निकै भैसकेको थियो ।तथापि जो मेरालागि प्रिय मित्र बन्दै थियो केहि
महिना देखि । उसका तीन दाजु भाइहरु थिए । जेठो दाजु थोमस भर्खरै आर्मीमा छिरेको
थियो । अर्को भाइ रायन उसको जुम्ल्याहा भाइ थियो ।अफगानस्थानमा कार्यरत आर्मीमा
भएको उसको दाजुबाट उसले गुर्खाजहरुको बारेमा सुनेको थियो । उनीहरुको बहादुरी
इतिहास बुजेको थियो ।
‘ओहो ! तपाई बीर गोर्खालीको देसको मान्छे । ‘
तपाईलाई भेट्न पाउदा म खुसीले दङ्ग छु ह्यारी .......
मेरो दाइलाई एकपटक तालिवानहरुले झन्डै मारिसकेका थिए अफगानस्थानको लडाइमा ।
संजोगले ऊ गुर्खाजको बीचमा थियो र बाच्यो । उसलाई बचाउने गुर्खाज मिस्टर गुरुङ
साचै बहादुर थियो । मात्र बीस बर्षको मेरो दाजु नत्र अहिले यो दुनियामा हुन्थेंन ।
ऊ स्तब्ध भयो केहि बेर । सम्हालिदै उसले भन्यो म पनि बीर आफ्नो दाइको पदचापलाई
पछ्याउदै आर्मीमा जादै छु ।
मलाई जीवनमा एकपटक नेपाल जाने रहर छ ।
बेलायती सेनाको ठूलो गर्भ मानिने बीर गुर्खाज हेरुको देसलाई चुम्ने रहर छ ।
नेपालको हिमाल, पहाडको सुन्दर
प्यानारोमिक सिनलाई सिनित्त पार्ने धोको छ । जो ले भन्दै गयो रोमान्चित हुदैं । म
सुनी रहें एउटा टिन एजर बेलायती ठिटोको नेपाल प्रेम। गुर्खाज प्रतिको ठूलो
सम्मानले मलाई जो सँग निकट बनायो छिटैनै । ऊ समय भन्दा निकै व्यवहारिक देखिन्थ्यो
।आम टिनेजर भन्दा निकै फरक । उसका दौतरीहरु ड्रगमा झुम्मिरहेका, चुरोट तानिरहेका र सेक्समा लीन भैरहेका हुन्थे
। ऊ भने आफ्नो करियर आफ्नो सुनौलो भबिस्यको खोजीमा हराईरहेको हुन्थ्यो । बोलि र
व्यवहारमा बिनम्र थियो सबैसंग ।
उसको यहि भद्रताले मलाई जोसँग निकट बनायो छिटै नै । मैले उसलाई घर बोलाएँ एक
दिन । नेपाली दाल, भात, तरकारी, मासु जे पाकेको छ तेइ खान दिएँ । उसले औधि मीठो मानेर
हाम्रो खाना खायो । दङ्ग हुदै खानाको फोटो फेसबुकमा राख्यो । ‘यम्मी नेपाली फुड’ भन्दै । त्यसपछिका दिनहरुमा त्यो बेलायती ठिटो यसरि मसँग
टासियो चुम्बक झैँ । हरेक भेटमा उसले आफ्ना जीवन काहानी बताईनै रह्यो ।
म र रायन मात्र पाँच बर्षका थियौं त्यतिखेर दाइ थोमस त्यस्तै ७ बर्षको हुँदो
हो हाम्रो सुन्दर परिवारमा एकाएक सुनामी आयो । ड्याड र मम दिनहुँ झगडा गर्न थाले ।
चिच्याउन थाले एक आपसमा हात हालाहालको स्थिति आउन थाल्यो हरेक दिन ।
एक आपसमा शङ्का उप शङ्काले जरो गाड्यो । हेर्दा हेर्दै एउटा रमाइलो पारिवारिक
स्वर्ग बस्नै नसकिने नारकीय कुण्डमा बदलियो । हामी ससाना भुराहरु ड्याडी र ममीको
यो गृहयुद्ध बुज्ने कुरै भएन । हाम्रो बालमनोविज्ञान छियाछिया भयो ।हामी टुटेयौ
फुटेयौ मानसिकरुपमा । हामी त्रसित बन्यौँ हरेक दिन हरेक रात ।
हामीमाथिको उत्तर्दायित्वो पनि तेरो र मेरो मा बिभाजित भयो । हामी खण्डित भयौँ
दुई जनाको मल्ल युद्धमा ।
कैयौं रात रोएर बिते, भोक भोकै बिते ।
हामी तिन भाइ टुलु टुलु हेर्न बाध्य भयौँ ड्याडी ममीको यो तमासा ।
अन्ततः ती दुई छुटिएर बस्ने भए । आमाले अर्कै ब्वाई फ्रेन्ड रोजिन ।
बाउले तरुनी चाइनिज गर्ल फ्रेन्ड रोजे
। हामी भुराहरु रुदै ठूलो सुबिधा सम्पन्न ४ बेडरुम घरबाट स्यानो काउन्सिल
फ्ल्याटमा सर्यौं आमाकै पछि । न खेल्ने बगैचा थियो न राम्ररी सुत्न पुग्ने ठाउँ ।
हामी तीन जना र स्टेप ड्याडको झड्केलो छोरो चारजना बच्चाहरु भयौँ ।
आमाले रोजेको त्यो भुसतिघ्रे स्टेप ड्याडलाई हाम्रो के को मायाँ ? त्यसका राता राता राक्षेसी आखाले हामीलाई सधै
तर्साइ रहन्थ्यो । हामी त्रसित बनि रह्यौँ हरेक दिन ।
भोकाएको बाघ जस्तो मुस्धनडे स्टेप डयाड जहिले पनि ममसँग इत्री रहेको हुन्थ्यो
।
कोठा, चोटा, किचन, बाथरुम सबै ठाउँमा त्यो बिरूप राशलीलाले हाम्रो
बालक मस्तिस्कमा कस्तो प्रभाव पर्यो होला ?
भन्दा भन्दै ऊ भक्कानियो । मैले टिस्यु दिएँ आसुँ पुछनलाई ।
हाम्रो आवाजलाई सुन्ने कोहि भएन । बुज्ने कोहि थिएन । बाउ आमा दुवै तरुनी
खेतीमा मस्त भए । सन्तानको तिनलाई के प्रवाह ? लोकलाजलाई झुक्याउने झुटो नाटक तिनीहरुले निर्वाह गरे ।
हामी तिनै पीडा व्यथाका बिच हुर्किदै बढ्यौँ । मीठो खाना न्यानु माया र
बात्सल्य कस्तो हुन्छ अनुभूत नै न गरि ।
धन्य हाम्रो देशको सोसियल सेक्युरिटी राम्रो छ ।
फ्री स्कूल, फ्री मेडिकल,
चाइल्ड बेनिफिट, टेक्स क्रेडिटले गर्दा हामी हुर्कियौँ ।
नत्र हामी सडकमा हुन्थेयौ । बाउ आमा भएर पनि बनाइएका अनाथ जस्ता ।
जो र रायनका नमिठा बाल प्रसङ्गले मलाई नराम्ररी घोच्यो चसक्क ।
ती दुवैलाई मैले धेरै पटक आफ्नो घरमा नेपाली खाना खान बोलाएँ ।
नेपाली खानाको मीठो करे स्पाइस तिनीहरुलाई औधि मन पर्यो ।
हरेक भेटमा मैले नेपालको हिमाल, पहाड, बन जङ्गल, ताल तलैया र लोभ लाग्दा सफारी क्याम्पको भिडिओ
क्लिपहरु देखाई दिएँ युट्यूबमा ।
यति राम्रो स्वर्गीय देश छाडेर तपाई किन हाम्रो देशमा ?
यो प्रश्नले मलाई नराम्ररी घोच्यो भित्रै सम्म ।
प्राकृतिक सुन्दरताले भरिभराउ मेरो देश राम्रो व्यवस्थापन र कुसल राजनैतिक
नेत्रित्वोको अभावमा रुमालि रह्यो युगौ देखि ।
हामी गरिव बन्यौँ र बनाइएयो आफनै कारणले ।
तेइ राजनीतिक अस्थिरता अराजकताले आज हामी जस्ता लाखौ युवा बिदेशिएका छौ ।
म भाग्यले युरोप छिरें । मेरा कति दौतरीहरु अरवको तातो हावामा कावा खादै छन् ।
उँट चराउदै छन् , दरवान बन्दै छन्
। मेरी सहेलीहरु कति कस्टकर जीवन बिताई रहेका छन् अरवी साहुको ज्यादती सही रहेका
छन् ।कति त बम्बेका कोठीमा बेचिएका छन् । अरवमा कमाउन गएको मेरो एउटा बि.ए. पास
गरेको मावली भाइलाई हामीले ६ मैनामै मृत स्वीकार्नु पर्यो । उसको लास आइपुग्यो
बिमानस्थलमा । हरेक दिन बोइंगहरुले नेपाली इमिग्र्यानटलाई अरवबाट मृत बाकसमा न
ल्याएको दिन हुदैन ।
चेलीबेटीहरु न लुटिएको, न ठगिएको दिन
हुदैन दलालहेरु बाट, मुसलटे अरवी
साहुहरुबाट ।
देश नियम, कानुन र संभिधान
बिहीन बनेको धेरै भैसक्यो । देशको राजधानी काठमान्डौमा पानी आउदैन धारामा, बत्ति बल्दैन रातमा दिनहुँ । लोड सेडिंग छ देश
भरि । धुलो धुवाँ, बेथिति बेरोजगार यी
सवै मेरा परदेश पीडाका यथार्थ हुन ।म त राजधानी भन्दा धेरै टाढा सयौँ माइल परको
पाखे मान्छे । मेरो गाउँ मेरो ठाउँको स्थिति अझ कहाली लाग्दो छ । मलाई पनि आफ्नो
देश प्राण भन्दा प्यारो छ जो । मेरो देशको परदेश पीडाको कहानी तिम्रो
बाल्यकाल भन्दा सयौँ गुणा हृदय बिदारक छ । म पनि भावावेशमा हराएछु आफनै राम कहानीमा ।
हरेकका आ आफ्नै दुख र दर्दहरु छन्
दुनियाँमा आइ एग्री विथ यु ह्यारी जोले मलाई समझाए झैं गर्यो ।
देश गरीव भएपनि तपाइहरुको देशको पारिवारिक मेलमिलाप, संयुक्त परिवारभित्र एक अर्कालाई गर्ने सहयोग आत्मियता हाम्रा
लागि नमूना हुन हामीजस्ता ब्रोकन फेमिलीहरुले सिक्नु पर्ने ।
यहाँका हरेक मान्छे एकांकी जीवन बाचेको छ ।कसैको कसैलाई मतलव छैन ।
देखि हाल्नु भो बाउ आमालाई आफ्नै सन्तानको बाल मतलव छैन । कुनै त्यस्तो फेमिली
छैन जो आदर्श भनेर देखाउन सकियोस् । हरेक चार जना बच्चामा कम्तिमा एकजनाको हालत
हाम्रै जस्तो छ । कुनै दम्पती छैनन जस्को बैवाहिक जीवन न टुटेको होस् न फुटेको
होस् ।
स्टेप ड्याड र स्टेप मम यहाका पारिवारिक उपाहार हुन हरेक घर घरका हरेक
प्रताडित बाल बच्चाहरुका ।
हाम्रा वरिपरी हेरौ लाउराकि आमा ब्वाई फ्रेन्डसँग छन् । किथको बाउले छोरीको
उमेरको थाईलेण्डकि गर्लफ्रेन्ड राखेको छ ।जेस्मिनकी हजुरआमा अझै ब्वाई फ्रेन्डको
चक्करमा विदेश तिर सेक्स होलिडे जान्छिन । पारिवारिक कुसंस्कार कै प्रभावले बेलायत
युरोपमै टिन प्रेग्नेन्सी र ड्रगका लागि नम्बर
एकमा छ ।
जोलाई सुनी रहेको म आखाँ चिम्लेर सोची रहन्छु सुखी जीवन र डलारोपार्जन्मा
हाम्फालेका मेरा पाइलाहरुले मलाई कहाँ पुर्याउने हो ? मेरो पारिवारिक संसार मेरो महत्वोकान्क्षाका अधुरा अपुरा
महलहरु यिनै ब्यथितिका बेलायती आप्रवास संगै अनुत्तरित भै रहेका छन् ।
सम्प्रति: संयुक्त अधिराज्य बेलायत