गीत
रामहरि पौड्याल
भरतपुर १२ /१९३ , बसन्त चोक
आज रोयो हाम्रो हिमाल
देश ढलेको देखि
आज रोयो हाम्रो पाहाड
ढलेका ती मठ मन्दिर देखि
आज रोयो हाम्रो तराइ
खण्डहर भै नासिएको धरहरा देखि
प्रकृतिले हामीलाई लात हानेनी
धरतीले हामीलाई बात लाएनी
ढलेका हौँ हामी मात्र
भोलि उठ्छौं बढ्छौं
हाम्रो आफ्नो पौरखले
नब निर्माण थाल्छौं
घर मात्र ढलेको हो बाँकी छ है भर
उठाउँदै धरहरा , ठडाउदै घर
मठ मन्दिर ढले पनि आस्था ढले छैन
स्वाभिमान हाम्रो उचा देउता ढले छैन
हिजो हाम्ले बिर्सेकै हो भवन सम्यिता
आज हामीले नबिर्सीयु बातावरण धर्मिता
आज हामीले नबिर्सीयु बातावरण धर्मिता
प्रकृतिलाई हामीले नै टोक्ने बनायो
विपत्तिले हामीलाई झुक्ने बनायो
क्षमाशील प्रकृतिले गरिदेला माफ
पुजा गरौँ बनाउदै बाताबरण साफ |
आपत्तिले हामीलाई जुट्ने बनायो
भूकम्पले हामीलाई सबक सिकायो
प्रकृतिले चाहे पछि लिँदो रैछ फिर्ता
धाक नलाउ ठूलो घरको ठान्दै आफन्तलाई पाखे
हेर आज एउटै बास सबैलाई तिर्पालमा राखे
तिम्रो धाक बैभबको तीस सेकेन्ड रैछ
बाँकी रने जीवनमा सुकर्म नै रैछ
आऊ बाचा गरौ ! संगै अगि बढ्ने
आऊ आज हात मिलाउँ अझ अगि बढ्ने |
भूकम्पले हामीलाई सबक सिकायो
प्रकृतिले चाहे पछि लिँदो रैछ फिर्ता
धाक नलाउ ठूलो घरको ठान्दै आफन्तलाई पाखे
हेर आज एउटै बास सबैलाई तिर्पालमा राखे
तिम्रो धाक बैभबको तीस सेकेन्ड रैछ
बाँकी रने जीवनमा सुकर्म नै रैछ
आऊ बाचा गरौ ! संगै अगि बढ्ने
आऊ आज हात मिलाउँ अझ अगि बढ्ने |