लघुकथा
रामहरि पौड्याल
रामहरि पौड्याल
भरतपुर १२/१९३,
चितवन
भर्खरै बुहारी
भित्र्याएका तिनीहरुले आफ्नी नव बधुको तारिफ गर्दै सुनाए – ‘’ हाम्री बुहारी एक दम
खानदानकी छोरी हुन् | पूरै आर्य संस्कारले सजिएकी उनलाई मैले बर्सौं लगाएर आफ्नो
एकल सुपुत्रलाई रोजेको | उनका पिताजीको कुरै नगरौं प्रकाण्ड विद्वान | भाइ इन्जिनियर
छ | बैनी ठूलो पत्रकार कान्तिपुरकै सबैभन्दा ठूली समाचार बाचिका | मेरी बुहारी पनि
ब्याचलर अफ नर्सिंग गरेकी मैनाकै ५० हजार तलव खान्थिन नेपालमै | छोरा बुहारी
दुबैको उमेर पनि एउटै क्या मिलेको लव नै हाने जस्तो | पर्फेक्ट जोडी घरमा केई
सिकाउनु पर्दैन | बोल्न इस्टमित्र ज्वाँई भान्जा सबैलाई यथोचित सम्मान गर्न जानेकी
सर्व गुण सम्पन्न कुलीन बुहारी.......|’’
बुहारीको बखानले टोल
रन्कियो |
एक दिन लगभग
मध्यरातमा फोन आयो मेरो घरमा | म सुति सकेको थिएँ माथिल्लो तलामा जाडोको समय |
टिनीन्न टिनीन्न फोन बजिरह्यो तल बैठक कोठामा | कसको फोन होला यो कुसमयमा ? कुनै
अर्जेन्ट कल पनि त हुन पनि त सक्छ | म दगुर्दै तल झरें | हेलो ! हेलो !! हेलो !!!
म चिच्याई रहेछु तर त्यो फोनको उताको पात्र बोल्दैन | बिस्तार त्यो फोन उतैवाट
काटियो | कर्लेस बोकेरै म ट्वाइलेट गएँ | को हो यो यस्तो राति फोन गरेर उठाउन आउदा
फोन काट्ने ? म तीन छक पर्दै माथि जान भरेंग चड्दै थिएँ; फेरी फोनको घन्टी बज्यो |
मैले फेरी हेलो भनें फेरिपनि नबोलेको देखेर
त्यो कर्लेस मैले श्रीमतीलाई फालिदिएँ कसको फोन हो यो भन्दै | उनीसंग त्यो
पात्रले मजाले कुरा गरिन |
पाठक बृन्द त्यो फोन आखिर कसैको नभएर तिनै टोल
रन्काएईएकी ब्याचलर अफ नर्सिंग कुलबधूको रहेछ |