http://wenepali.com/2017/03/31627.html
रामहरि पौड्याल
भरतपुर १२ / १९३, बसन्त चोक, चितवन
बिश्वोको बढ्दो जनसंख्यालाई सफा र हरित उर्जा प्रयाप्त रुपमा पुर्याउनु आज हरेक राष्ट्रलाई ठूलो
चुनौती बनेको छ | बिश्वो बिज्ञानको चमत्कार र प्रगतिले चन्द्र धरातलमा पुगेर मंगल ग्रह
तर्फको यात्रा उन्मुन्ख भैरहे पनि संसारका १.२ अरब मान्छे अझै अन्धकारमा रहेको कुरा
बिश्वो बैंकको तथ्याङ्कले बताउछ | यो संसारको जनसंख्याको बीस प्रतिसत हुन आउछ | हरेक
५ जनामा १ जना अन्धकारमा रहेको यो विषम आंकडा अहिले संयुक्त
राष्ट्र संघ , बिश्वो बैंक जस्ता अन्तरास्ट्रिय
संस्थाका सामु एउटा नमीठो यथार्थ बनेर चुनौतीका
रुपमा खडा भैरहेको छ | उर्जा हरेक रास्ट्रको
सामाजिक आर्थिक बिकासकालागि आधारभूत तत्वो हो | कुनै पनि देशले प्रयोग गर्ने उर्जाको अनुपातले त्यस देशको आर्थि सामाजिक
स्थितिको आंकलन गर्दछ | नेपाल उर्जाको प्रयोगको
अनुपातका हिसाबले बिश्वो तथ्यांकमा धेरै तल देखिन्छ | प्रति व्यक्ति बिजुलीको उपभोगका
हिसाबले २०१४को अन्तरास्ट्रिय तथ्यांक अनुसार आइस्ल्याण्डले ५३.९ मेगावाट प्रति व्यक्ति,
नर्वे २३ , अमेरिका १२.९६, बेलायत ५.१३, नेपाल ०.१४ मात्र देखिन्छ | नेपालको बिकासको
सबै भन्दा बादक तत्वो यहि नै हो | नेपालका
६.६ मिलियन मानिसहरु अन्धकारमा बस्छन | तिनले आधुनिक बिजुलीको मुख देखेका छैनन् | एकातिर
राष्ट्रिय प्रसारण पुगेको ठाउँमा समेत चर्को लोड सेडिङ्ग छदै छ |
नेपाल जलश्रोतको दृष्टिले बिश्वोमै नाम कहलिएको
छ | बिश्वोको अग्लो हिम शृंखला ८८४८ मिटर देखि संसारकै होचो मानिने कचनाकलन 60 मिटर सम्म तीब्र गतिले अविरल
बग्ने यहाँका हिम नदि नालाहरुबाट ४५,००० मेगावाट बिजुली निकाल्न सकिने सरकारी तथ्यांकले
बताउ छ | तीनसय दिन घाम लाग्ने नेपालमा सौर्य उर्जाको प्रचुर सम्भाभाना देखिन्छ | नेपालको
सोलार रेडियसन ३.६ - ६.२ किलोवाट आओर प्रति मिटर स्क्वाएर प्रति दिन छ जहाँ ६.८ घन्टा प्रति दिन घाम लाग्दछ | घाम लागे
दङ्ग परेर पबमा जम्मा हुने र घोक्रो फुलाएर लब्ली ओइदर भनेर फुरुङ्ग पर्ने चिसो युरोपका
बेलायत , जर्मनहरुले घामबाट बिजुली निकाली रहेको देखेका हामीहरुले आफ्नो देश अन्धकारमा
हराइरहेको कति हेर्ने कति देख्ने ? ३,००० मेगावाट हावाबाट र सौर्यबाट २१०० मेगावाट
बिजुली निकाल्न सकिने देखिए पनि यस तर्फ़ त्यति धेरै ध्यान गएको देखिदैन | यतिधेरै उर्जाको
अथाह भण्डार भएको देश नेपालको उर्जाको स्थितिलाइ नियाल्दा ७८ % मान्छेहरु अजै परम्परागत
काठ र गुइठा बाटै आफ्नो उर्जाको जोहो गर्दछन | पेट्रोलियम १२ %, कोल ४ %, ग्रिड बिजुली
३ %, नबिकरनीय उर्जा ३ % मात्र प्रयोगमा
आएको देखिन्छ | नयाँ नयाँ प्रबिधि र अनुसन्धानले नबिकरनिय उर्जाको हरेक वर्ष
लागत घटाउदै ल्याएको छ | ब्लूम्बर्ग
इनर्जी फिनान्स को हालसालैको आंकडा अनुसार घाम र हावाको उत्पादन लागतले एउतै बिन्दु
छोएको छ, १.६६ मिलियन डलर प्रति मेगावाट |
जबकि हाइड्रो पावरको लागत १.७० मिलियन डलर प्रति मेगावाट देखिन्छ | हाइड्रो भन्दा सस्तो
सजिलो र छिटो बन्ने बिजुलीलाइ बिर्सेर दशकौं सम्म अन्धकारमै रुमलिनु किमार्थ बुद्धिमानी
होइन | १०० मेगावाट हाइड्रो बन्न १० बर्ष लाग्न सक्छ ऐलेकै ट्रेन कायम रहे | १०० मेगावाट
घाम पावर ३ मैनामा बन्न सक्छ भने हावा पावर ६ मैनामा सबै कुरा को सुब्यबस्था गर्न सके
|
देशलाई तुरुन्त उर्जाको शंकटबाट बचाउन काठमान्डौ
का १ लाख घरका छानाहरुमा जर्मनीले गरेजस्तै "फीड इन टेरिफ" को व्यवस्था गरे
१०० मेगावाट बिजुली तुरुन्त निकाल्न सकिन्छ |
देशलाई कैले स्विट्जरल्याण्ड त कैले सिंगापुर बनाउने
सपना बाँडेर प्रजातन्त्र र गणतन्त्र आएपछि धेरै पार्टी र नेताहरु सत्ताशिन भैरहे |
सडक धुने मेलम्चीको काकाकुले सपना , दस बर्षमा १० हजार मेघावाट , बीस बर्षमा २० हजार
मेघावाट बिजुली निकालेर छेलो खेलो पार्ने भारतमा बिजुली बेचेर देशलाई समुन्नतिको सगरमाथा
धेरैले चडाए | आज देश भारतबाट ३५५ मेघावाट झन्डै आधा माग बिजुलीको भिख मागेर दङ्ग परि
रहेको छ | लोड सेडिंग हटाउने सपना बाँडी रहेको छ | यद्यपि राजनैतिक विश्लेषण यो आलेखको
अभिस्ट होइन | देशको बर्तमान बिजुली उत्पादनको लेखो जोखो गर्नु पर्दा मन भित्र परेको
नमिठो गाँठो मात्र हो | ८८५ मेगावाट जम्मा
जम्मी बिजुली जोहो गरेको बिजुली अफिस लाइ १३२५
मेगावाटको मागसंग सामन्जस्यता मिलाउनु निकै
चुनौतिपूर्ण कार्य मानिन्छ | ४४० मेगावाट बिजुलीको अभाब भै रहेको बर्तमान परिस्थितिमा कसरि
लोड म्यानेजमेन्ट गर्ने भन्ने ठूलो समस्या आफ्नै ठाउँमा छ | अर्कातिर यति अमुल्य बिजुली
उत्पादन स्थलबाट ग्राहकको घरसम्म आइपुग्दा नेपाल बिध्युत प्राधिकरणको आधिकारिक तथ्यांक
अनुसार २५.७८% खेर गइ रहेको छ | हराई रहेको छ , ट्रान्समिसन र डिस्ट्रिब्युसन लसका
रुपमा | यस्ता लस प्राबिधिक र अप्राविधिक गरि बर्गिकरण गरिने हुँदा नेपालमा कति बिजुली
चोरीबाट सकिन्छ भन्ने आधिकारिक अध्ययन भएको देखिदैन | जानकारहरु १० % बिजुली चोरीबाट
सकिने बताउ छन् |
यो कुरालाई हालसालै कर्मचारीहरुको बिजुली चोरीको
संग्लाग्नताले अझ पुस्टि गर्दछ | यो बिजुली चोरी र बिजुली हराउने समस्याले २२८ मेगावाट
बिजुली हराई रहेको छ त्यसको मूल्य १३ अर्ब हुन् आउछ जुन खिम्ती जल्बिध्युत मा लाग्ने
खर्च बराबर हो | बर्सको एउटा खिम्ती हराइरहेको छ एकातिर प्राधिकरण २७ अर्ब घाटामा छ
| यो घाटामा २०११ मा सरकारले ब्योहोरेको अर्को २७ अर्ब जोड्दा ५४ अर्ब रुपैया स्वाहा
भएको देखिन्छ | हराएको बिजुलीको
तथ्यांक केलाउंदा बिश्वो
बैंक को तथ्यांक
र सरकारी तथ्यांक
मेल खादैन किन
? यो फरक तथ्यांकको
बीच अरबौं रुपैयाँको
खेल हुन् सक्ने
देखिन्छ | बिश्वो बैंकले
यो ३४ .११% भन्दा बढी
रहेको देखाएको छ
कुनै बर्ष |
५४ अर्ब रुपैयामा कति वटा हाइड्रो पावर बन्थे?
कति वटा स्मार्ट मिटर आउंथे? आज हिसाब किताब गर्नु पर्ने बेला आएको छ | यो सबै ब्यथितिको
मूल खराब राजनैतिक चरित्र हो भन्नुमा कुनै द्विबिदा देखिदैन | जब २४ बर्षमा २६ वटा
सरकार बन्छन र तेतिनै चोटी बिध्युत प्राधिकरणका प्रमुख फेरिन्छन | तिनको काम बिजुली
ब्यबस्थापन कम र पुङ्ग्न पुछरका मन्त्रि मन्त्राणीहरुको चाकरी बढी र तिनका आसेपासेलाई
महँगो परियोजनाको गतिलो प्राडो गाडी चडायेर आफ्नो जागिर सुनिस्चित गर्नु हुन्छ | अनि
सुरु हुन्छ खेल परियोजना लम्ब्याउने ठेकदार संग मिलेर कमिसन खाने , ट्रान्सफर्मर काण्ड
, भर्खरै उद्योगलाई लुकाइएको बिजुली बाँडेर मोटो कमिसन खान पल्केकाहरूले ठुला उद्योग हरुलाई स्पेसल फिडरबाट २४ घण्टा बिजुली
दिने र जनतालाई लोड सेडिंग गर्दै रहेको यथार्थ छानबिन समितले पेश गरेको छ | तिनीहरुलाई
कसले कारबाही गर्ने ? "पदीय मर्यादालाई ख्याल गर्ने " भन्ने देशका प्रमुखको
अभिव्यक्तिले स्वतन्त्र न्यायालय , स्वतन्त्र अख्तियार दुरुपयोग ले टवा परेर हेरी रहनु
पर्ने भै रहेको छ |
पावर सिस्टमको मुटु मानिने ट्रान्सफर्मर त्यो पनि
हजारौको संख्यामा खराब गुणस्तरको तार राखेर गरिएको ट्रान्समिसन डिस्त्रिब्युसन लसको
हिसाब किताब कसले निकाल्ने ?
बेलायती सरकारको आर्थिक प्राभिधिक सहयोगमा जलबिधुत
आयोजना सुरु भएको १०६ वर्ष भैसक्दा पनि हजार मेगावाट कट्न नसकेको बर्तमान अबस्थामा
भोलिको बढ्दो बिजुली र इन्धनको मागलाई देशले कसरि सम्बोधन गर्दछ ? यो एउटा यक्ष प्रस्न
बनेर खडा भएको छ नेपालका सामु |
बिश्वोको सबै ठाउँमा इनर्जी मिक्सलाइ बिशेष ध्यान
दिइएको छ | संयुक्त राष्ट्र संघ , बिश्वो बैंक जस्ता संस्थाहरु उर्जाको भविष्यका बारेमा
चिन्तित देखिन्छन | वाताबरनीय प्रभाब हरित गृह, ओजोन लेयरको बढ्दो प्रभावलाई बेलैमा
रोक्न छेक्न सक्नु पर्दछ नविकरनीय उर्जाको अनुपातलाई बढाएर | उर्जाको बढ्दो माग एकातिर
छ | आइसीटी क्षेत्रमा भएको चमत्कारीक विकासले मान्छेका हात हातमा मोबाइल , ल्यापटप , प्ले स्टेसन , कम्पुटर
, सामाजिक संजालको प्रयोग फेस बुक, ट्वीटर,
जस्ता अनेकौं संजालले उर्जाको माग दिन दुइ गुना , रात चौ गुणा बढाई रहेको छ | फोसिल
फ्युल्को दोहन एउटा चिन्ताको बिषय भएको छ | अबको ३० /५० वर्ष मा इन्धनका यी खानिहरु रित्तिने
र सिद्धिने चिन्ताले सबैलाई नाबिकरनिया उर्जा प्रति अघि बढ्न प्रेरित गरि रहेको छ
| त्यसैले बिकशित देशहरु ऐलेबाटै आफ्नो इनर्जीलाई मिक्स गरेर चलाउँदै छन् | नबिकरनिय
उर्जाको अनुपात लाइ बढाऊदै छन् | घाम , हावा , बायोमास सबै सबैलाई प्रायो गर्न अभिप्रेरित
गर्दै छन् | नेपालले बेलैमा यो सत्यलाई बुझेर इनर्जी मिक्सलाइ अपनाउनु पर्ने देखिन्छ
|
देशमा सस्टेनेबल ट्रान्सपोर्ट अपरिहार्य भएको छ
| अखबारका पानाहरु "काठमाडौँ मास्क टाउनमा रुपान्तरित "भएको चिन्ता छ | हावा
मा भएको प्रदुसणको सूचांक इन्भाइरोमेण्ट पर्फर्मेन्स इन्डेक्स २०१६ का अनुसार नेपाल
बिश्वोका १८० औं राष्ट्रमा १४९ औं स्थानमा रहेको जनाएको छ | चुरोट र सुर्तिले मर्ने
भन्दा दुषित हावाले मर्ने नेपालीहरुको संख्या दोब्बर भएको चिन्ताले समाज आक्रान्त छ
| हरेक वर्ष ३०,००० मान्छे धुलो खाएरै मरी रहेको सत्य पत्रिकाहरुले जग्जायेर गरि रहेका
छन् |
बिश्वो बैंकको तथ्याङ्क ले नेपालको पूर्वाधार बिकाशको
लागि राष्ट्रिय आएको ८ - १२ % खर्च गर्नु पर्ने भनि रहंदा नेपालले जम्मा ०.३ % मात्र
खर्च गरि रहेको र छिमेकी राष्ट्र भारतमा यो ३.४ % र भुटानमा १६ % रहेको तथ्य ओर्ल्ड
डिभेलेप्मेन्त इन्डेक्स २०१२ ले जनाएको छ | अर्कातिर नेपाल अल्प बिकशित देशबाट मध्य
बिकशित रास्ट्रमा सन् २०३० सम्म उक्लने लक्ष
राखेको छ भने सन् २०२२ सम्म अल्प बिकशित रास्त्रबाट फुत्कने | यो ठूलो चुनौतिका लागि
नेपाललाई धेरै उर्जाको खाँचो पर्ने छ | धेरै उर्जा सम्बन्धि परियोजना , पूर्वाधारहरुको
निर्माण गर्नु पर्ने छ | ऐलेकै मागलाई धान्न नसकेको विषम परिस्थितिमा भविष्यको बढ्दो
मागलाई नेपालले कसरि समायोजन गर्छ ? यो ठूलो चुनौती बनेको छ तथापि नेपाल यति धेरै उर्जाका
भण्डारहरुले घेरिएको छ जसको २% भन्दा पनि कम प्रयोग भएको छ | उर्जा उत्पादन मात्र उर्जा
संकटको एउतै उपाए होइन | बिश्वो आज नयाँ नयाँ प्रबिधिले सुसम्पन्न हुँदै गइ रहेको छ
| उर्जाको खपतलाई कसरि न्यून गर्न सकिन्छ ? कसरि अमुल्य उर्जालाई अझ बढी दक्षता वृद्धि
गर्दै कम उर्जाले धेरै काम गर्न सकिने प्रविधिको बिकाश भै रहेको छ |
अर्कातिर अमुल्य उर्जालाई कसरि ब्यबस्थापन गरेर
त्यसलाई स्मार्ट ग्रिड , स्मार्ट मिटर , इनर्जी अडिट, बिजुलीका सामानहरुमा अनिबार्य
लेभलको व्यवस्था | परम्परागत लाइट बल्बको ठाउँमा सबैले लेड लाइट राखेर सरकारलाई सहयो
गर्न सकिन्छा जसले कालान्तरमा बिजुलीको पैसा कम तिरे हुन्छ | यूरोपियन देशहरुमा त्यस्ता
बल्बहरु फेज आउट भैसके | नेपालले पनि इनर्जी संकटको यो घडीमा त्यसप्रकारका लो ग्रेडका
सामानहरुमा बन्देज लगाउनु पर्छ | उर्जालाई
जोगाउनु र बनाउनु बराबर मात्रै नभएर
जोगाउनु बढी फाइदा जनक हुन्छ | इनर्जी अडिटलाई एउटा अभियानका रुपमा सबैले पालना गर्नु
पर्छ आर्थिक अडिटलाई झैँ |
नेपालको अहिलेको स्थिति कस्तुरी मिर्गले आफु भित्रको
अमुल्य सुगंदलाई नचिनेर त्यसको प्राप्तिमा बन बनै चाहारिरहेको जस्तै भएको छ | हामी
आज उर्जाको गर्जो टार्न कैले दक्षिण कैले उत्तर तर्फ़ लम्पसार परि रहनु परेको छ | हाम्रा
दुइ विशालकाय छिमेकीहरु जसका जनसंख्या लगभग बिश्वोकै आधा छ तिनले बिश्वोकै आधा उर्जा
खपत गर्दछन | तिनको पाचन प्रणाली यस्तरी बढ्दै छ कि तिनले आफुले बढाउदै लगेको ग्राहस्त
उत्पादनको ब्रिद्दि दर ८ % का दरले उकालो लागि रहेको छ | भोलि तिनीहरुको उर्जा खपतको
अनुपात अमेरिकी र यूरोपियनका समिपमा पुगे तिनलाई कति उर्जा चाहिएला ? तेइ चिन्ताले
तिनीहरु अनेकौं नाममा नेपालको उर्जाको ठूलो भण्डार हडप्ने दाउमा छन् | रोटि बेटीको
सम्बन्ध , खुला सिमाना , सास्कृतिक समानता, पानी र जवानी माथि को आसन्न संकटले नेपाललाई
बेलैमा एउटा देशलाई भलाइ हुने राष्ट्रिय सोचको उर्जा नीति र दीर्घ कार्य योजनाको खाँचो
छ |
नेपालले बेलैमा सोच विचार गरेर लागि परे देश भित्रको
उर्जा संकट मात्र होइन भोलि सार्क क्षेत्रमै एउटा उर्जाको बिशाल कारखानाको रुपमा दक्षिण
एशियामै उर्जाको बादशाह ठहरिने प्रस्ट छ | केवल खाँचो छ एउटा जागरुक इक्षा शक्तिको
र देश बनाउने निस्वार्थ भावनाको |
Ø
स्वानजी
युनिभर्सिटी युकेमा इलेक्ट्रिकल / इलेक्ट्रोनिक इञ्जिनियरिङ्ग मा पी. एच.डी अध्ययनरत
(नेपालको उर्जा संकट , नबिकरनिय उर्जा सम्बन्धि सोध गरि रहेको )
Ø
च्यारिटेबल
रन गर्न मन पराउने हेल्प नेपाल मार्फत लगभग ७०० £ उठएको
Ø
पेरिस म्याराथुन
गर्दै ९ अप्रिलमा २०१७
for my presentation see after 1:32
http://wenepali.com/2017/03/31627.htmlhttps://youtu.be/paQI5lFOoT8