Labels

Total Pageviews

Sunday, February 6, 2011

८३औ एकडेमी अवार्ड २०११ (ओस्कार)का अन्तिम प्रतिस्पर्धि


रामहरि पौड्याल
भरतपुर १२/ १९३, चितवन
हरेक बर्ष जनवरी महिनाको प्रारम्भ देखिनै मनोरन्जन र फिल्मी क्षेत्रका फ्यानहरुका उत्साही आँखाहरु त्यस बर्षको बिश्वकै सबैभन्दा ठूलो फिल्मी अवार्ड सर्बोकृस्ट एकडेमी अवार्ड (ओस्कार) कस्ले पाउँछ भन्ने अनुमानमा लागिसकेका हुन्छन्। फिल्मी मनोरन्जन र ग्ल्यामरको आजको अत्त्याधुनिक युगमा फिल्मी क्षेत्र नै सबैभन्दा प्रचलित र चर्चाको शिखर छोईरहने क्षेत्रहरु हुन् । असल चलचित्रहरुले राष्ट्र र समाजको आवाजलाई प्रतिबिम्बित गरिरहेका हुन्छन् । मनोरन्जनका पारखीहरुलाई भरपुर मनोरन्जन प्रदान गरिरएका हुन्छन । तिनले दुनियालाई छिटैनै आफ्नो काबूमा पारिहाल्छन । तिनका पात्रहरु समाजमा रोल मोडलका रुपमा कहिलेइ नमेटिने गरि छातीमा टासिएका हुन्छन । तिनै फिल्महरु प्रचलित हुन्छन् र कमाउछन् नाम र दाम । तिनै भाग्यमानी सेलिब्रेटीहेरुका अघि पछि कुद्छन मिडीयाक्रमिहरु आफ्ना अखबारका फ्रन्ट पेजको कभरेजकालागि ।
सन २०११ को एकेडेमी अवार्ड (ओस्कार) को भर्खरै २५ जनवरीका दिन मनोनयन सूची सार्वजनिक गरिएको छ। अमेरिकाको एकेडेमी अफ मोसन पिक्चर्स् एन्ड साइन्सद्वारा बेभरली हिल्समा आयोजित समारोहमा पूर्व ओस्कार विजेता अभिनेत्री मोनिकेले २४ विधाका मनोनयन सूची पढेर सुनाएकी थिइन्। भारतीय संगीतकार एआर रहमान ओस्कारमा फिल्म '१२७ आवर्स्'बाट संगीत र गीत दुई विधामा मनोनित भएका छन्।
यसपालि उत्कृष्ट फिल्ममा १४ वटा फिल्मले प्रतिस्पर्धा गर्दैछन्। 'स्लमडग मिलिनियर'का निर्देशक डेनी बोयलको पछिल्लो फिल्म '१२७ आवर्स्' पनि उत्कृष्ट फिल्ममा मनोनित भएको छ। ९ मिलियन पाउण्ड खर्चमा निर्मित बेलायती फिल्म ‘द किंग्स स्पिच’ ले सर्वाधिक १२ विधाको मनोनयन जितेको छ । मित्रता र स्पिच थेरापीका बारेमा बनाइएको उक्त फिल्मका ५० बर्षे नायक कोलिन फिर्थले राजा जर्ज ६ औं को भूमिका निभाएका छन् । त्यसपछि ‘ट्रिउ ग्रीट ‘ र ‘द सोसियल नेटवर्क’ क्रमसः दोश्रो र तेश्रो स्थानमा छन् । ८३औं ओस्कार अवार्ड आगामी २७ फेब्रुवरीमा लस एन्जलस हलिउडको कोडाक थिएटरमा वितरण गरिने छ । तामझाम पूर्ण कार्यक्रमका बीच त्यो बिशाल फिल्मी कुम्भको प्रतक्ष्य प्रसार

ण संसारका २०० भन्दा बढी राष्ट्रहरुले गर्नेछन् । मे १६ १९२९ मा पहिलो एकेडेमी अवार्ड हलिउडको होटेल रुजबेल्टको सानो सभा कक्षमा मात्र जम्मा २७० जना भेला भएर सुरु भएको थियो । फिल्मी क्षेत्रका दिग्गज प्रतिभाहरुलाई सम्मान दिने अभिप्रायले शुरु गरिएको यो फिल्मी अवार्ड संसार भर अतिनै प्रख्यात मानिन्छ । मिउजीकको ग्र्याम्मी अवार्ड, टेलिविजनको येम्मी अवार्ड, थिएटरको टोनी अवार्ड र नोबेल प्राइज जत्तिकै सम्मानित मानिने यो एकडेमी अवार्ड (ओस्कार) संसारका फिल्मी उद्यमीहरुको मात्र एउटा लक्ष हुने गर्दछ ।

उत्कृष्ट फिल्म / उत्कृष्ट निर्देशक
द किंग्स स्पिच १२ बिधामा मनोनयन डारेन अरोनोफ्स्की, ब्ल्याक स्वान
ट्रयु ग्रिट १० डेभिड ओ रसेल, द फाइट
द सोसियल नेटवर्क ८ टम हुपर, द किंग्स् स्पिच
इन्सेप्सन ८ डेभिड फिन्चर, द सोसियल नेटवर्क
द फाइटर ७ जोयल एन्ड इथान कोयन, ट्रयु ग्रिट

१२७ आवर्स् ६

टोय स्टोरी-३ ५
दकिड्स आरअलराइट ४
विन्टर्स् बोन ४
एलाइस इनओंडरलेन्ड ३
बिउटीफूल २
ह्यारी पोटर एण्ड डेथलि हालोज पार्ट १ – २
हाउ टु ट्रेन इयोर ड्रागन २

उत्कृष्ट अभिनेता / उत्कृष्ट अभिनेत्री


एन्नेट बेनिङ, द किड्स आर अल राइट हाभियर बार्डेम, ब्युटिफुल
निकोल किडम्यान, र्यालबिट होल जेफ ब्रिजेज, ट्रयु ग्रिट
जेनिफर लरेन्स, विन्टर्स् बोन जेसी इसेनबर्ग, द सोसियल नेटवर्क
नाटाली पोर्टम्यान, ब्ल्याक स्वान कोलिन फर्थ, द किंग्स् स्पिच
मिसेल विलियम्स, ब्लु भ्यालेन्टाइन जेम्स फ्रान्को, १२७ आवर्स्

उत्कृष्ट सहअभिनेता/ उत्कृष्ट सहअभिनेत्री

क्रिस्टियन बेल, द फाइटर एमी एडम्स, द फाइटर
जोन हाक्स, विन्टर्स् बोन हेलेना बोनहाम कार्टर, द किंग्स् स्पिच
जेरेमी रेन्नर, द टावन मेलिसा लियो, द फाइटर
मार्क रफ्यालो, द किड्स आर अल राइट हैली स्टेनफिल्ड, ट्रयु ग्रिट
जेफ्री रस, द किंग्स् स्पिच ज्याकी वेभर, एनिमल किङडम

उत्कृष्ट पटकथा (मौलिक) / उत्कृष्ट पटकथा (अरूको रचनामा आधारित)


एनोदर इयर १२७ आवर्स्
द फाइटर द सोसियल नेटवर्क
इन्सेप्सन टोय स्टोरी-३
द किड्स आर अल राइट ट्रयु ग्रिट
द किंग्स् स्पिच विन्टर्स् बोन
उत्कृष्ट एनिमेटेड फिल्म उत्कृष्ट छायांकन
हाउ टु ट्रेन योर ड्रागन ब्ल्याक स्वान
द इलुजनिस्ट इन्सेप्सन
टोय स्टोरी-३ द किंग्स स्पिच द सोसियल नेटवर्क ट्रयु ग्रिट

उत्कृष्ट सम्पादन


ब्ल्याक स्वान द फाइटर
द किंग्स स्पिच
१२७ आवर्स्
द सोसियल नेटवर्क






स्रोत: (गुगल इमेज, विकिपीडिया, सन म्यागेजिन २६ जनवरी २०१० )
हाल: संयुक्त अधिराज्य बेलायत

Friday, January 28, 2011

नाइजरको गरीवी र बेलायतीहरूको अपील

रामहरि पौड्याल
भरतपुर १२/१९३,चितवन
“मैना माघ थियो बिहानी पखमा हावा चलेको थियो।
काम्यो लुग्लुग गरीव बिचरा त्यसमा दया गर्छ को?’’

गरीव र दीनदु:खीहरु प्रतिको कवीह्रिदय माथिको पङ्तिमा उजागर भएको देखिन्छ। गरीवी त्यसमा पनि तन्नम गरीवी कति भयाबह र ह्रिदयबिदारक हुन्छ भन्ने कुरा हेर्न अफ्रिकी राष्ट नाइजर र त्यसवरपरका अन्य अफ्रिकी देशलाई हेरे हुन्छ।सँसारका हरेक मुलुकमा धनी गरीव अवश्य हुन्छन नै।तथापी यो अन्तरको विषमताले जब कुनै मुलुकको ध्यान विश्व समुदायकै चासो र चर्चाको विषय बन्नु अत्यन्त दुर्भाग्य हो ती देशका दीनहीनहरुका निम्ति।
अफ्रिका महादेशका नाइजर र त्यसवरपरका देश डारफर,कङ्गो, लाइबेरियाले यतिखेर त्यस्तै नियति भोगिरहेकाछन्।भुकमरी र अनिकालले ग्रस्त यिनीहरुको मलीन मुहारले सँसारका हरेक मान्छेको मन जितेको छ।काला अनुहारका अति कुपोषित करङ्गमात्र देखिने बालबालिकाहरु खाना र पानी नपाएर भटाभट मरिरहेछन् दिनहुँ। बर्षौ भयो पानी नपरेको।सुख्खा मरुभुमीजन्य धर्ती बलेको छ।केहि उब्जिदैन त्यहाँ।बँचेखुचेको अलिकति केहिबाँकी पनि अनिकाल र भुकमरिका अघि स्वाहा भइसक्यो।खाने कुरा नभएर मान्छेले रुखका बोक्रा पात खाइरहेछन।भबिश्यका कर्णधार मानिने स-साना फूलजस्ता नानीबाबूहरु पेटभरि खानानपाएर करङ्ग गन्न सकिने भएका छन्।मानिसहरुको यो दुर्गति भएको ठाउँमा पशु पन्छिहरुको के हाल होला?जताततै म्रित पशुहरुका हाडखोरहरुले पुरै बस्ती एउटा नारकीय समसान भएको छ।
आठ महिना अघि नै यो दुर्गतीको भबिश्यबाणी नभएको भने होइन।दात्रिराष्टहरु र एड एजेन्सिहरुले बेलैमा राहत र सहयोगका प्याकेजहरु नपुगे नाइजर र त्यसवरपरका राष्टहरुमा हजारौ मानिस र पशु पन्छिहरु अनिकाल र कुपोषणको शिकार हुने चेतावनी दिदादिदै पनि बेलैमा ती सबै कुराको बन्दोबस्त यथोचित नहुँदा आज नाइजर गरीबी, अनिकाल र भुकमरीको देशको रूपमा विश्वभर मिडियाको प्रमुख विषय बनेको छ सहयोगको अपील सहित।

सबैठाउँबाट सहयोग उठ्दै र पुग्दै गर्दासम्म नाइजरमा पुग्न अति नै ढिला र अति नै कम भइसकेको छ।राहतका गाडीहरु कुर्नेहरुको भीड लामो छ।हप्तौदेखि राहतका प्याकेजको अधैर्य पर्खाइमै कतिले जीवनलीला समाप्त पारेकाछन्।मानवीय दुर्दशाको यो करुणचित्रले हरेक मान्छेको मन रुन्छ।बेलायतीहरु यतिखेर यस्तै मानवीय धर्ममा लागेका छन्।समाचारका पानाहरु देखि टेलिभिजनका पर्दाहरुसम्म पुरै नाइजरको गरीवी छाएको छ।हरेक च्यानलका प्रतिनिधिहरुले नाइजरसम्मै पुगेर त्यँहाको वास्तविक चित्र उतारेकाछन्।अभाव,असुविधा र असहयोगले जर्जर नाइजरका प्रसारणहरुले लाखौ बेलायतीहरुको मन जितेर करोढौ पाउण्डको सहयोग जुटेको छ।बेलायतीहरुले खाने एक प्याकेट चुरोटको पैसाले नाइजरका १० जना बालबलिकाहरुको जीवन बच्दछ अकालम्रितुबाट।धेरै धन हुनेहरुको मन नहुने द्रिस्टान्त सुनेका हामीहरुलाई यो सहयोग एउटा पाठ हुने छ।
आफूले जुलाइ ७ को इस्लामीक आतङ्ककारी बम प्रहारको न्रिसँस पीडा भोगेरैपनि भुकमरीमा डुबिरहेको इस्लामीक राष्ट नाइजर र त्यसवरपरका अन्य छिमेकी राष्टहरुका प्रति आफ्नो मानवीय धर्म निर्वाह गरिरहे छ बिर्सिएर सबै पूर्वाग्रहरु।यधपि नाइजरको यो दुर्दशा कुनै आतङ्ककारी कार्य,कुनै धार्मिक विभेदले नभएर बिशुद्ध मानवीय भुकमरी र अनिकालले निम्त्याएको कुरामा कसैको दुई मत छैन। मात्र पिउने पानीकालागि कोसौ धाउनु पर्ने, हप्तौ कुर्नु पर्ने बाद्यता हो नाइजरबासिको।पानीका मुहानहरु सुकेकाछन् बर्षौदेखि पानी नपर्नाले।बातावरणीय असन्तुलन,बन जङ्गलको जथाभावी फडानी,अति जनसँख्या र दूर द्रिष्टिको कमीले उनीहरु दरिद्र भएकाछन्।अशिछ्या ब्याप्त छ देशैभरि।“भगवान हामीसँग रिसाए, हामीहरुले उनलाई रिसाउने बनायौ र यो सजाँय भोगिरहेका छौ।’’भुकमरीकाबीचबाट नाइजरबासीहरुले व्यक्त गर्ने प्रतिक्रिया हुन् यी।

सँयुक्त राष्ट सँघ,अक्सफाम,रेडक्रस जस्ता दर्जनौ सँघसँस्थाहरु राहतका प्याकेजहरु बोकेर पुग्दै गरेपनि नाइजरको गरीवीले पूर्णरूपमा निकास पाउन गार्हो छ।ती सबै चीज अझै अपूर्ण र ढिला भएकाछन्। पुगेका कति सरसामान बास्तबिक भुकमरिकोमा नपुग्दै बाटैमा भ्रष्टहरुको गोदाममा पुग्ने यथार्थता आफ्नै ठाउँमा छदै छ। बिचरा भुकमरिहरु भने खुला आकासमुनी गोलबद्ध भएर प्रार्थना गरिरहनेछन् जवसम्म तिनीहरुको आवाज हिड्न नसक्ने गरि कमजोर बन्ने छ अथवा सहयोगकालागि रुन नसक्ने अवस्थासम्म पुग्ने छ। तथापि हामी सबैले कामाना गरौ नाइजरका भुकमरीहरुले मुक्ति पाउन् तन्नम गरीवीबाट।



हाल: बेलायत

Friday, January 21, 2011

बेलायती बजारमा चाइनिज सामानको प्रभुत्तो






रामहरि पौड्याल
भरतपुर १२/१९३ चितवन
बेलायत बिश्वको नाम चलेको शक्तिशाली राष्ट्र। प्रजातन्त्र र सोतन्त्रताको जननी देश। खुला ‌अर्थतन्त्र, मानव अधिकार सम्पन्न सम्युक्त अधिराज्यको मुद्रा पाउण्ड सँसारका महङ्गो मुद्रामा पर्दछ । ।बेलायतीहरूको जीवनस्तर अति नै उच्च मानिन्छ।उनीहरूको प्रतिवेक्ति आय २९,६०० डलर छ।

चीन जनसङख्याको हिसाबले सबैभन्दा ठूलो देश। बिश्वका पाँच भागको एक भाग सिङ्गै चीनले ओगटेको छ। एक अरब तीस करोडको बिशाल जनसङ्ख्या र तिनले प्रयोग गर्ने सरसामानको प्रतिसतले सिङ्गो चीनको अर्थतन्रलाई सँकेत गर्दछ।राजनैतिक हिसाबले कम्युनिष्ट राष्टका रूपमा बिश्वकै लगभग समाप्त प्राय ब्यवस्थाको प्रतिनिधित्तो गर्ने यस देशले सन् १९९० पछिको दशकमा धेरै फड्को मारेको देखिन्छ। के यो फड्को कम्युनिष्ट ब्यवस्थाकै प़तिफल हो या दुनियाँमा प्रचलित मुल्य र मान्यतासम्मत खुला अर्थतन्र र उदारबादतर्फको चीनको उन्मुखीकरण? यधपि राजनैतिक विश्लेषण मेरो सानो लेखको अभिष्ट होइन। छोटो समयमा छिमेकी देशले बिश्वका महाशक्ति राष्टहनरुमा आफ्नो उत्पादनको बजार कसरी बढाइरहेछ, कसरी बिश्ब पुँजि चीनतर्फ लागानिका लागि लम्किरहेछ भन्ने जानाकारि गराउनु मात्रै हो। चीनका सुधारवादी नेता देंग सियावोपिंगको बिशेष आर्थिक क्षेत्र Special Economic Zone (SEZ) का रुपमा सन १९७९ मा स्थपना भएको उक्त औधोगिक कार्यक्रम पुजिबाद तर्फको कम्युनिस्ट चीनको ठूलो फड्को थियो । आज ३०/३२ बर्षमा सान्जेन् संसारकै आर्थिक पावोर हाउसको रुपमा विश्वकै उत्पादनको प्रमुख केन्द्र बनेर रहेको छ ।
तात्कालीक रुपमा बेलायतको अधिनमा रहेको पुजिवादी शैलिको बिशाल हङ्कङ्गको नजिकै दछिणि भागमा रहेको सेन्जेन शहर चीनकै द़ुतत्तर गतिमा लाम्किरहेको उत्पादन केन्द़ हो। सँसारमै छिटो छिटो विकाश र आधुनिकीकरण तर्फ लम्किरहेको सेन्जेनमा उत्पादित विभिन्न सामानहरुले एतिखेर बेलायती बजारहरु र तिनका ठुलाठुला सपिङ्ग मलहरु भरिएकाछन् ‘मेड इन चाइना’ का छापहरुले। सेन्जेनको एउटै कम्पनीले एक वर्षमा तीस करोड टाई उत्पादन गर्दछ। अर्को कम्पनीका २८० उत्पादन लाइनहरुमा सँसारकै सात भागको एक भाग जुत्ता मोजाको उत्पादन हुन्छ। गत वर्ष बिक्रि भएका सबै घडिहरुको आधा हिस्सा सिँगो सेन्जेन शहरको उत्पादन थियो। सँसार भरिको खेलउना व्यबशायको नब्बे प्रतिसत, डिभिडी व्यबशायको साठी प्रतिसत, माइक्रोवोइभ उत्पादनको ४० प्रतिसत, टीभी ३० प्रतिसत ,वासिङ मेशिन २५ प्रतिसत उत्पादन चीनले गर्दछ। हरेक बर्ष पचास लाख मोवाइल फोन चाइनिजहरुले किन्ने गर्छन्।चाइनिज अर्थतन्र अमेरिकी भन्दा तीन गुणाले बढिरहेको छ। यस्ले सँसारको ४० प्रतिसत कँक़िट,२५ प्रतिसत स्टिल प़योग गर्दछ। दुईसयवटा एअरपोर्ट र धेरै पावर स्टेसनहरुको निर्माण कार्य दिनानुदेन भइरहेको तथ्यले चीनको बढ्दो सुन्दर भबिष्य देखाइरहेछ।


बेलायतका मार्क एण्ड स्पेन्सर, वि एच एस, टेस्को, आस्दा, मदर केयर, नेक्स्ट जस्ता नाम चलेका सपिङ्ग मल र डिपार्टमेन्ट स्टोरहरुमा प्रयोग हुने सस्ता कपढा, जुत्ता, क्यामेरा, भिडियो लगायतका सामानहरु सबै चीनमा उत्पादन हुने गर्छन्। बेलायतका पाँचसय भन्दा बढी कम्पनीहरुको लगानी सेन्जेन शहरवरिपरि रहेको छ। चीनको सस्तो श्रमबजारले दुनियाँका पुँजिपतिहरुलाई लगानिको ढोका खोलिदिएको छ। त्यसैले त १६ करोड चाइनिजहरु उत्पादन कार्यमा जुटेकाछन् बिभिन्न बहुराष्टिय कम्पनीहरुमा।सन् २०१२ सम्ममा चीनसँगको बेलायती ब्यपार २१.७ विलियन पाउण्ड पुग्ने पूर्वानुमानले बेलायती बजारमा चाइनिज सामानको प्रभुत्तो देखाउँदैन र?


चाइनाको यस्तै रफ्तारको उत्पादन र विकासक़म रोकिएन भने यस्ले बेलायतलाई माथ गरेर सँसारको चौथो ठूलो धनी राष्ट हुने छ छिट्टै नै। सन् २०३० सम्ममा चाइनाले अमेरिकीहरूलाई चुनौती दिने भबिश्यबाणी गरिएको छ। चाइनिज सामानहरुको बजार बेलायतमा मात्र नभएर विश्वभरिनै फैलिएको छ अन्तराष्टिय जालोको रुपमा।हरेक देशलाई सस्तो सामान पस्किएर चाइनाले गुन लगाएको छ। यो लेख पढिरहँदा तँपाइले लाउनु भएको कुनै एक चिज अवश्य चाइनामै बनेको हुनु पर्छ।

३०/३२ बर्ष अघि सेन्जेन सुतिरहेको गरीवीले भरिएको माछा मार्ने गाऊँ थियो। मावोकालीन कामदारहरु साइकल चढेर धानखेतका आली हुँदै कम्युन फार्महरुमा काम गर्न जान्थे। आज सेन्जेन आधुनिक चाइनाको मुटुको टुक्रा भएको छ। सँसारको कार्यशालाको रूपमा एक करोढ मान्छेहरुको आत्मा बनेको छ। व्यस्त सँसारका अन्यान्न शहरहरुझै सान्जेन चुनौतिका रुपमा ठडिएको छ न्यूयोर्क, टोकियो र लन्डन जत्रै र जस्तै बन्ने होडमा।

सेन्जेन मात्र नभएर चाइनाका सवै शहरहरुको स्वरुप बदलिएको छ। हिजो सम्म बाइसाइकलको शहर भनेर चिनिने ठाऊँ आज बिएम डब्लुको शहरमा बदलिइरहेको छ। माओ सुट गुस्सि सुटमा बदलिएको छ। धान खेतहरु ठूला ठूला कारखानाहरुले भरिएका छन्। शहर व्यस्त र व्यग्र रुपमा बिकसित भइरहेछ पर पर सम्म आखाँले नभ्याउन्जेल।


चीन दिनानुदिन विकाश र उन्नतितिर लम्किरहेपनि अति जनसंख्याका कारण अझैपनि पश्चिमा देशहरुको तुलानामा पुग्न गार्हो पर्दैछ। शहरहरुको अलावा गाऊँहरुको स्थिति सुखद् छैन्। गरीवी व्याप्त छ गाऊँभरि। तीस करोड गाऊँलेहरु कामबाट बन्चित छन्। आगामी १५ बर्ष सम्ममा तिनीहरु शहर पस्ने छन् राम्रो कामको खोजिमा। अझैपनि चाइनिजहरुको ठुलै हिस्सा बेलायत,अमेरिका,जापान,अष्टेर्लिया तिर कामको खोजिमा धाउने क्रम जारिनै छ।




सारँसमा नेपालका दुई छिमेकी राष्ट चीन र भारत दुबैको जनसँख्या दुई अरब भन्दा बढी रहेको र दुवैले आर्थिक उन्नतितिर आफूलाई उस्साहितरुपमा धकेलिरहेको बर्तमान परिस्थितिका सामु हामीले सिक्नु पर्ने पाठ के? देशका राजनेताहरुलाई चेतना भया ! हमिसबैले कामना गरौ सरकारविहीनताको चाडै अन्तहोस् कम्तिमा थपिएको समयसिमा भित्रै संबिधान बनोस् । जलस्रोतको मात्र बिकाश गर्न सके नेपाल आफ्ना उदाउदा दुई छिमेकीहरुलाई बिजुली बेचेरै बिकासको गतिमा लम्किने थियो ।



-हाल: संयुक्त अधिराज्य बेलायत














Sunday, January 16, 2011

बर्माको बिपति




बर्माको बिपति

रामहरि पौड्याल
भरतपुर १२/१९३, चितवन

सुन्दर मानब सँसारमा कहिलेकाहि अकल्पनीय घटनाहरू घटिदिन्छन। हेर्दाहेर्दै एउटा रमाइलो दुनिया नारकीय समसानमा बदलिन्छ। मानछेका झुटा अहंकारहरू, बिज्ञानका चमत्कारहरू नीरिह बनिदिन्छन यस्ता घटनाका सामू। इतिहासको कालखन्डमा तेस्ता धेरै तीता सत्यहरूले मान्छेको मन रूबाएको छ। तीनका बस्तिहरू उजाडेकोछ। चाहे त्यो सुनामीको नाममा होस्, या कार्टिना चाहे भर्खरैको चक्रबर्ती नरगिस।




पर्किती बलबती छ। क्षणभरमा बिपत निम्त्याउन। हराभरा प्रक्रितीलाई किन यतिबिग्न रीस उठ्छ? दुनिया उजाडने गरि आज मान्छेले सोच्नुपर्ने गम्नुपर्ने बेलाभइसकेको छ। प्राक्रितीक प्रकोप सानो ठूलो सबैले भोगेकै कुरा हो। जब यस्ले बस्तीका बस्ती सखाप पार्छ हजारौ मान्छेको जीवनलीला समाप्त गर्दछ त्यतिखेर अन्तराष्टिय रूपमा मानवीय सदभाब सहयोगको खाँचो पर्दछ।

राजनीतीक रूपमा सैनीक तानासाहीको बिपती सहिरहेका बर्मेली जन्ताहरू यतिखेर प्राक्रितीक विपत्तीको अर्को चपेटामा परेकाछन नराम्रोसँग। एसियाको सानो राष्ट बर्मा यानी म्यान्मारमा गत ३ मे 2008 मा १९० किमी प्रतिघन्टाको दरले आएको चक्रबर्ती नरगिसले ल्याएको सामुन्द्रिक तूफानले गाउ र शहरहरूनै बडार्यो। यो सँसारकै अहिलेसम्मको डरलाग्दो तूफान हो। जसबाट मर्नेहरूको सँख्या ५०,००० पुगेको बताइन्छ।
हजारौको संख्यामा हराइरहेकाहरूको कुनै लेखाजोखा छैन। स्थानीय संचार माध्यमहरूले जनाए अनुसार बोगाले, लापुतामा धेरै बिनास भएकोछ।शहर पूरै चिहानमा परिणत भएझै लाग्दछ। यातायात, बिजुली, संचार र खानेपानी सबै क्षतबिक्षत भएकोछ। ढलेका रूखहरू, उडाएका छानाहरू, भत्केका घरहरूको वीचबाट देखिने बिभत्स द्रिस्यले बर्मेलीहरूलाई दनियाभरिको सहानुभूती प्राप्तछ। लाखौ मान्छेहरू घरबारविहीन भएकाछन्। खानेपानी, औसधीमूलो र खानाको अभाव टडकारो छ।

वाडिले डुबाएका क्षेत्रमा हैजा, मलेरिया र टाइफाइड जस्ता रोगको संक्रमण बडने देखिन्छ। लाखौका संख्यामा राहातका सामाग्रि पर्खेर बसेका नीरीह मान्छेहरूका भीडकासामू बर्मेली सैनिक सरकार लाचार छाया भइरहेछ। देशले भोगेको यस्तो दूखद् बिपत्ती भन्दा पनि उसलाई जनमतबाट अनुमोदित हुने हतारो देखिन्छ।
अति प्रभाबित इराबदी क्षेत्र लापूताका ७५% घरहरू धोस्त भएकाछन्। बाकिका छानाहरू उडाएकोछ।
पूरै क्षेत्र जलमग्न देखिन्छ। आँधिबेहरिको यो प्रभाबले खाध्यान्नको मूल्यलाई आकासेकोछ।
यधपि आँधिल्याएको पूर्ण बिवरण आइपुग्न अझै कैयौ दिन लाग्न सक्छ।
बर्माको विपत्तीप्रति सँयुक्त राष्ट्रसँघका महासचिव बानकी मूनले दूख ब्यक्त गर्दै १८ करोढ ७० लाखको सहयोगको अपील गर्दै यो जारि रहने बताउनु भयो। अमेरिका, यूरोपीय संघ, बेलायत, जापान, भारत, थाइलेन्ड लगायतका राष्ट्रहरूले सहायताहरू पठाउने क्रम जारिछ। बिश्व खाध्य संगठनले बर्मेली सरकारसंग राहत बाडने कुरामा बिवाद पछिपनि यो क्रमलाई निरन्तरता दिइरहने जनाएकोछ।
रेडक्रस, अक्सफाम, सेभ दि चिल्द्रेन जस्ता मानबीय संस्थाहरू ''बर्मसाइक्लोन अपील'' का रूपमा लागिपरेकाछन्। बर्माको राजनीतिक संग असन्तुष्ट अन्तराष्ट्रिय समुदाय ती कुराहरूलाई बिर्सेर सहयोग, सद्भभाबको मानबीय सेबामा आतुर देखिन्छन्। तथापि बर्माका सैनिक जनरलहरू बिदेशीहरूलाई प्रबेशाज्ञा भिसामा ढिलाइ, राहातको बितरणमा किचलो थापेर सबैकासामूबाट गिरिरहेकाछन्। बिदेशीहरूलाई रिपोटिङ्ग गर्न नदिएर घटनालाई लुकाउन खोज्नुले बर्मेली जुन्ताको बास्तबिक मनोदशालाई प्रस्ट्याउदैन र? देश पूरै महाप्रकोपमा रोइरहदा समेत बेबास्ता गरेर कथित चुनाब सम्पन्न गर्नुले उनीहरूको कुत्सित
चाल देखिन्छ।
हामी सबैले कामाना गरौ बर्मेली जन्ताको यो दूख हामीसबैको हो। अन्तराष्ट्रिय रुपमा आएको
सबै राहत सामानहरू सहयोगहरू यथासिघ्र पीडित,प्रताडीत समूदायसम्म पुगोस्। माहामारीजन्य संक्रमणमा फेरि अरू थपले ज्यान गुमाउन नपरोस्।घरबारबिहीनहरूलाई यथोचित पूनर्वासको ब्यवस्था होस्।

संसारमा आइरहने यसप्रकारका दैबीप्रकोपबाट बच्न बचाउन र घटनापछिको डिज्यास्टर म्यानेजमेन्टमा सम्बन्धित राष्ट्रले समयमै यथोचित ध्यान पुर्याउनु पर्ने देखिन्छ। मौसम सम्बन्धि पूर्ब जानकारी पूर्व सचेतता, पूर्व सावधानी र पूर्व तयारीका चुस्त शैलीहरूलाई व्यबस्थित पार्न सके यसरी ठूलो संख्यामा हुने धन जनको क्षतिलाई कम गर्न सकिदो हो।


सम्प्रति : संयुक्त अधिराज्य बेलायत




Tuesday, January 11, 2011

ट्रनक्वीलिटीकी हजुरआमा



ट्रनक्वीलिटीकी हजुरआमा
रामहरि पौड्याल
भरतपुर १२/१९३, चितवन
‘’आयो टप्प टिप्यो लग्यो मिति पुग्यो, टारेर टर्दैन त्यो l
भाका भूल दया क्षमा र ममता सन्तोष जान्दैन त्यो l
इन्द्रै बिन्ति गरुन झुकेर पदमा त्यो बिन्ति मान्दैन त्यो l
खाता हेरी दुरुस्त नबुझी बिर्सेर हान्दैन त्यो l’’

काल महिमाका यी तीता सत्यहरु हरेक जीवित मान्छेका बस्तीहरुमा ढिलो चाडो भोग्नु पर्ने यथार्थहरु हुन् l जीवनको क्षणभंगुरता मानवीय सत्य हो सबैले एकचोटी भोग्नै पर्ने l मानव शरीर नासवान छ तथापि उसका भावनाहरु, उसका सुकर्महरु, उसले परिवार र समाजलाई गरेका कार्यहरुका मुल्यांकनका आधारमा जसकसैको पनि मृत्युपरन्त गरिने सम्झनाको आयतन निर्धारण हुने गर्दछ l
भावनाका तरेलिहेरू मनभरि तँछाडमछाड गरि रहेका छन् l कहाँबाट सुरु गरु परमादरणीय हजुरआमा श्रीमती फूलमाया पाहारीका ममतामयी यादहरु ? आदरणीय मावालिबुवा हेमराज पाहारिका सम्झनाहरु ?? नेपालको स्विटजरलेन्डका रुपमा चिनिएको पोखरा र तेस्कोपनी मुटू बैदाम लेकसाइड फेवातालको किनारैमा अबस्थित ट्रनक्वीलिटी लज l हो ! बिदेशी पाहुनाहरुकालागि फूलै फूल र हरियाली रमणीयताले भरिएको त्यो स्वर्ग जस्तै लाग्ने माछापुच्छ्रेको छाया टल्कने पाहुना घर हाम्रो परिवारकालागि प्यारो मामा घरका रुपमा सदीयों देखि रहेको छ l ट्रनक्वीलिटी मात्र होइन; पूरै बेसारे टोल मावली गाऊ र सबै पहारीहरु मेरा बुवा र काकाहरुका आदरणीय मावालिहरु हुनु हुन्छ l

मेरी हजुरआमा (बुवाकी माइजु) नामजस्तै सुकोमल फूल हुनुहुन्थ्यो दया र ममताकी खानी हुनुहुन्थ्यो l सधै सफा चिटिक्क रहनु पर्ने मसिनो बोलिकी, दिनहुँ पूजा आजामा, भगवान भक्तिमा आफूलाई लगाई रहने उहाँ साक्षात देवीजस्तै हुनु हुन्थ्यो l हाम्रा बुवा काकाहरुकी उहाँ सम्मान र आदरकी महान पात्र हुनुहुन्थ्यो l हाम्रो समस्त परिवारको साँचो सुभचिन्तक र संरक्षक हुनुहुन्थ्यो l हाम्रो परिवार हजुरबुवाको अल्पायुमै स्वर्गारोहणको दुखद् त्रासदीसंगै पारिवारिक पैराले थिचिएका बेला प्राकृतिक पैराले पनि उठिबास लगाए पछि मावालिका शरणमा पर्नु परेको थियो l केहि बर्ष हाम्रो परिवार चितवन नझरुन्जेल बैदाममा नै बसेको थियो मवालिहरुको न्यानो अभिबावकत्वोमा l चितवन र पोखराको भौगोलिक दूरी ती दुई परिवारकालागि सामान्य रह्यो र त हरेक शूभ कार्यहरुमा एक आपसको उपस्स्थिति अनिबार्य रहिरह्यो l
तेतिखेर म बच्चो र कच्चो थिए जतिखेर बैदामकी हजुरआमा चितवन आउनु भएको थियो l मेरी हजुरआमाले चितवनमा सप्ताह महायज्ञ लगाउनु भएको थियो l त्यस महायज्ञलाई सुसंचालन गर्नु भएको थियो स्व. पण्डित गंगाधर पराजुली (शास्त्री) ले l ती सबै कुरा मेरो बालस्मृतिमा रहेनन; मलाई तेतिखेर संगै आउनुभएकी ठुल्दिदी तुलशी दिदी र महेन्द्र भानदाईको सम्झना आउछ l
म स्कुले ठिटो थिए जुनबेला हेमराज मावालिबुवाले अमेरिकाका बर्णनिय चिठीहरु मेरा सानुबुवा हरिराज पौड्याललाई बालकुमारी स्कुलमा पठाउनु हुन्थ्यो l ती चिठी हेरुको मुक्त कण्ठले गरिएका प्रसंशाले हाम्रो परिवारभित्र एउटा प्रेरणाको काम गर्थ्यो l मेरो किशोरबयमा ती घटनाहरुले एउटा जादुगरीय प्रभाव पारी रह्यो l हेमराज पाहारी, इन्जिनियरहरु श्रीराम पाहारी, रामजी पाहारी, नारायण पाहारी, कृष्णजी पाहारी, भरत पाहारी, अच्युतराज पाहारी, विश्वबन्धु पाहारी, डण्डराज पाहारी, शंकर पाहारीका रोमान्चक देस / विदेशका सफल कथाहेरु हाम्रो परिवार भित्र एउटा नमूना उदाहरणकारुपमा बुवा काकाहरूले सदै मुक्त कण्ठले गाइ रहनु भयो l आफ्ना परिवार भित्रका यस्ता हुनहार उदारहरणीय ब्यक्तिहरुले म जस्ता ससाना भुराहरुलाई पार्ने तीव्र प्रभावको छुट्टै महत्तो हुदो रहेछ l हेमराज पाहारीको अमेरिकी बर्णन , नारायण पाहारीको जर्मन बर्णन, श्रीराम पाहरिका रुसको छात्रवृति तेतिखेर चर्चाका शिखर बिषयहरु थिए l पढेर राम्रो इन्जिनियर बन्नु पर्छ श्रीराम पाहारी जस्तै, रामजी पाहारी जस्तै l हामीलाई सधै बुवा काकाहरूले दिने अर्ति थियो योl परिवार भित्रका यस्ता अनुकरणीय प्रभाव हामीजस्ता किशोरबयकाहरुकालागि अजस्र प्रेरणाका स्रोतहरु थिए l

एस.एल.सि. पास गरेपछि संजोगले म पोखरा पुगे l पोखराको लामाचौरमा बनेको पश्चिमान्चल इन्जिनियरिंग क्याम्पसमा नामांकनको लागि l बि.सं. २०४४ मा पहिलो ब्याचको रुपमा मैले भर्ना पाउन प्रतिक्षा सुचीको लामो पर्खाई बैदाममै बसेर गर्नु परेको थियो l तेहि समय थियो मलाई प्यारी हजुरआमाको सानिध्य प्राप्त गर्ने l हेमराज मावालिबुवा अमेरिकामा, शंकर अंकल र महेन्द्र दाई काठमान्डूमा हुनुहुन्थ्यो अध्ययनका क्रममा l सारा ट्रनकिलीटिको जिम्मा हजुरआमा र ठुल्दिदीले गर्नु हुन्थ्यो l राजु खत्री भाइ सानु फुच्चे थियो हजुरआमालाई सघाउथ्यो l ह्जुरामाका आसिर्बाद्लेनै मेरो नाम निस्कियो इलेक्ट्रीकलमा दोश्रो तेस्रो लिस्टको प्रतिक्षा पछि l म खुसीले दङ्ग थिए त्यसबेला पोखरामा पढ्न पाउने सौभाग्य l हो ! पोखरा बसाइका मेरा तीन साढे तीन बर्षहरु पश्चिमान्चल क्याम्पसको अध्ययन, होस्टेलको बसाइ, प्राय सप्तान्तमा हजुरआमालाई भेट्न बैदामतिर जाने गर्दै बिते l हरेक पटक हजुरआमालाई भेट्न जांदा उहाँले मलाई कहिलै खाली हात फर्काउनु भएन क्याम्पस फर्किदा l लौ बाबु ट्याक्सी चडेर गएस् भन्दै बीस/ पचास/ सय रुपैया हातमा राखी दिनु हुन्थ्यो l मेरा क्याम्पसका हरेक गतिबिधिका बारेमा चाख मानेर सोध्नुहुन्थ्यो l होस्टेल/ मेश के के खान दिन्छ कस्तो दिन्छ सबै बेली विस्तार हजुरआमा र तुलशी दिदी लाई लाउनु पर्थ्यो l खर्च छकी छैन बाबु ? भन्नुहुन्थ्यो l ‘’ ए शंकर रामुलाई मोटर भाडा दे भन्नुहुन्थ्यो चितवन फर्किदा l’’ हजुरआमाले गरेका ती मायाका उदाहरणहरु आज लिपिबद्ध गर्नु पर्दा मलाई ममताकी खानी उहाको सम्झनामा नतमस्तक बन्न मन लाग्छ l एउटा ठूलो रिक्तताको महसुस हुन्छ l सम्झनामा आखाहरु रसाउछन अनायासै उहालाई सम्जेर l
बैदामबाट क्याम्पस फर्केका दिन मेरो फुर्ती अर्कै हुन्थ्यो l हजुरआमाले ट्याक्सी चड्न दिएको रुपैया लामाचौर सम्मकै तात्कालिक नगर बस चढेर बचाएको रकम खाम सहित आफ्ना साथीभाईहरुलाई देखाऊथे l अनि सबैले भन्ने गर्थे ‘’आज चियाको पैसा रामहरिले तिर्छ यो ट्रनक्वीलिटीकी ह्जुरामाकोमा गएर आको छ l’’ तेसो त धनगडी,बजांग, बाजुरा, देखि रौतहट, धनुषा र झापा सम्मका मेरा सबै साथीहरुका पोखरामा कहाँ पाएर मेरी जस्ती माया गर्ने हजुरआमा हुनु? दशैँ तिहारको महान चाहाडमा समेत प्लेनको टिकट पाईएन भनेर होस्टलमै बस्न बाध्य मेरा दुर्गमतिरका सहपाठीहरु मैले देखेको थिए l
मेरो पढाई सुरु भएकै लगत्तै महेन्द्र बराल भानिज दाई लाई हामीले ट्रनक्वीलिटीबाटै बिदायी गर्यो तात्कालिक सोभियत रुशको सरकारी छात्रवृत्तिमा इन्जिनियर बन्ने सौभाग्यका साथ l माला लगाएर गरेको बिदायीको त्यो क्षण मेरालागि पनि तेस्तै इन्जिनियर बन्न संकल्प गर्नु पर्ने क्षण थियो l समयले आफ्नो बाटो कोर्दै रह्यो क्रमस मेरो पढाई सकियो तीन बर्से इन्जिनियरिंग डिप्लोमाको मैले कुनै तेस्तो चमत्कार देखाउन सकिन पढाईमा नेपालमा बि.इ खुलिसकेको थिएन इलेक्ट्रिकलमा मैले एकपटक सोभियत रूसमा निजि खर्चमा पढ्न जान सकिन्छकी भनेर परिवारभित्र चर्चा चलाए तर सफल भईन सहयोग जुटाउन l सहयोग हैन एक किसिमको अपमान र हीनताबोध सबै सबै सहदै जागिर खान थाले l चितवनकै जनरल फुड इन्डस्ट्रिजको यम यम चाउ चाउ बाट सुरु भएको मेरो नेपालको जागिरे यात्रा उदयपुरको सिमेन्ट उद्योगमा पुगेर टुंगियो l उदयपुरबाट जापान तालिममा जान पाउने सानो सौभाग्यको भरेंग चढेर टोकियो छिरेको मलाई तेसपछी नेपाल बस्नु परेन l यसै प्रसंगमा तालिमका क्रममा मैले ओसाकामा रहनु भएका दाई दिपेन्द्र पहरीलाई भेटेको क्षण परदेशी भूमिमा आफन्त भेट्दा हुने मजा त्यो पनि सन १९९४ तिर



जापानका मेरा ५ बर्षहरुमा मलाई हेमराज मावालिबुवाले दुई पटक चिठी लेख्नु भयो l मैले दुई पटकै उहाका अनुरोधहरुलाई स्विकरेकोमा खुसी लागेको छ l पहिलो चिठी उहालाई दुख दिई रहने बढ्दो रक्तचाप नाप्न डिजिटल रक्तचाप नियन्त्रक यन्त्र पठाइदिने र दोश्रो उहाको चिवा निवासी पुराना जापानी मित्र ....लाई तिरिदिनु पर्ने सानो जापानी पैसाको बारेमा l म कति दंग भए हेमराज मावालिबुवाले मलाई सम्जेर चिठी लेख्नु भएकोमा l मैले उहाको अनुरोध स्वीकारे पनि उहाले मलाई सल्लाह दिनु भएको ओहायो गोजैमास (जापानी भाषामा सुभ प्रभात) भन्ने बुहारी टक्र्याउन सकिन मलाई माफ गर्नुहोला मावालिबुवा दुई दसक बिदेस बसेको मैले मेरा बुवा आमाले रोजिदिनु भएकी सबैलाई नेपाली नमस्कार टक्र्याउने नेपालमै पढेकी आर्किटेक प्रेजालाई नै आफ्नी जीवनसंगिनी रोजे l दुनियाको जहाँ रहेपनि यों मन त नेपाली हो आखिर भोलि पुग्ने अन्तिम ठाउँ एउटै हो हामी सबैको l मेरा विचारहरु आफ्नों रूट कहिलेइ बिर्सीनु हुदैन जहासुकै पुगे पनि भन्ने छ l बिदेस हाम्रो बाध्यता हो देसका नेताहरुको अकर्मण्यताले सिर्जित l विदेश गएपनि धेरै नबसि त्यहाँ सिकेको सीप र ज्ञानलाई नेपाली धर्तीमै लगाउनु पर्छ l आम नेपालीले लाए खाए झैँ स्वदेशमै रमाउने बिचारका साथ अमेरिकाको ग्रिनकार्ड छाडेर फर्किने बहुत थोरै नेपालीमा पर्नु हुने हेमराज पाहारी अन्तत आफ्नै थात थलोमा पटक पटक मोटर साइकल दुर्घटनामा पर्नु भयो र तेहि दुर्घटनाले उहालाई हामीहरुबाट सदाकालागि लिएर गयो l हो ! सन १९९९ मा पहिलो मोटरसाइकल दुर्घटनामा पर्नु हुदा म जापानबाट फर्केको थिए l

हेमराज मावालिबुवा र रीता आन्टी बि.एण्ड. बि. हस्पिटलको छेउमै मेरा दिदी भिनाजुसंगै एउटै घरमा बस्नु हुन्थ्यो आफ्नो भाँचिएको हातको फिजियो थेरापी गराउदै l मैले तेहि बेला हो उहालाई राम्रो संग देख्ने बोल्ने मौका पाएको नत्र हामी जस्ता फुच्चेहरुको पउच पुग्न गार्हो हुन्थ्यो उहासंग सोझो कुरा गर्न l मेरो फिलिपिन्सको बिदायिकोलागि एरपोर्ट सम्मै आएर रीता आन्टी र हेमराज अंकलले दिएको फूलको गुच्छारुपी सुभासिर्वादसंगै म मनिला उडेको थिएँ l बिदेशी ब्यस्ततामा कहिलेकाही मनभरि चाहेर पनि सम्पर्क गर्न सकिदैन l प्यारी हजुरआमा र हेमराज अंकललाई मैले तेसपछी २००३मा भेट्छु बिष्णु दाइ र मेरो आफ्नै बिहेको क्रममा l पोखराको मेरो त्यो फर्काई १९९१ पछिको पहिलो बन्छ l १२ बर्ष भएछ मैले पोखरा नटेकेको l तेस्को ४/५ मैनापछी म पुनः पोखरा जान्छु नबबिबाहित श्रीमती प्रेजाका साथ l तेतिखेर हेमराज मावालिबुवाले बेलुका आफ्नो पुराना यादगारहरुको संग्रह स्लाइड फोटाहरु देखाउनुहुन्छ l हामी दंग परछौ पुराना पुराना फोटोहरु, अमेरिकतिराका यादहरु l त्यो स्लाइड उहाले चितवनमा पनि देखाउनुभएको थियो हाम्रो सम्पूर्ण परिवारलाई त्यो क्षणको रमाइलो पारिवारिक जमघट अब एउटा इतिहास बनेर रहेको छ हामी सबै पौड्याल पाहारी परिवारमा l हेमराज अंकल बिहान कतै हिड्नु भएछ हामीले आन्टी र हजुरआमाले पकाएको मीठो खाना खाईवरी फोटो खिचेर काठमान्डौ तिर लाग्यियो l तेसपछी हामी बेलायत आयेऊ बीचमा नेपालजादा पोखरा जना पाईएन l तेसपछी त बुवा आमा बेलायत घुम्न आएका बखत प्यारी हजुरआमाले हामी सबैलाई छाडेर जानु भएको खबर सुनेर नरमाइलो मानेउ l तेसपछी बुवा आमा पनि नेपाल फर्किन हतार गर्नु भो l चित्त बुजाइयो हजुरआमाले दीर्घ जीवन जिउनु भो ८८ बर्षको l

हेमराज मावालिबुवालाई नभेटेपनि नेपाल गएका बेला उहाले लेख्नु भएको नियात्रा संग्रह ‘’ उत्तरी गोलार्धको एक फन्को ‘’ पढ्ने सुयोग मिल्यो l अमेरिकाका बारेमा बुज्ने युरोपका बारेमा जान्ने मौका पाइयो l सरल भाषामा लेखिएको त्यो बहुमुल्य नियात्रा नै अब हाम्रा आगाडी हेमराज पहारीलाई सम्ज्ने एउतामात्रै अमर अजर किर्ति भएको छ; जसलाई दुनियाका कुनै मोटरसाइकलले धकेलेर समाप्त पार्न सक्ने छैन l ठोक्न र टोक्न सक्ने छैन l तिनै किर्तिका सुबाशनै उहाका साचा सन्तानहरु हुन् कहिलेइ नमर्ने l उहाका अन्य प्रकासित देशको अभिभारा-कविता संग्रह र अपर्कासित कैयेऊ रचनाहरु,संग्रह गरिएका बहुमूल्य स्लाइडहेरु, ऐतिहासिक खोज र अनुसन्धानात्मक बस्तुहरु नेपाली साहित्य भण्डारकालागि बहुमुल्य खजनाकारुप्मा रहिरहनेछन परापुर्बकालसम्म l

हेमराज पाहारी विद्यार्थी कालदेखिनै एउटा हुनाहार प्रतिवाशाली हुनुहुन्थ्यो l तेसबेलाको जमानामा एस.एल.सि.मा प्रथम श्रेणी ल्याउने उहाका सहपाठीहरु कोहि इन्जिनियर , कोहि ठूलाठूला पदमा पुगेको प्रसंग उहाको किताबबाट मात्र होइन हाम्रो परिवार भित्र सदै चल्ने बिषय हो l आफ्ना मान्छेका बारेमा आफ्नै प्रतिक्रिया अतिसयोक्तिपूर्ण नमानियोस भन्दै म उहा मल्टि पर्पोज हाई स्कुल,पोखरा,टुडिखेलका शिक्षक् हेमराज पहारी हुदाको सम्झना उहाकै हाइस्कुलका भुतपुर्ब बिद्यार्थी महेन्द्र श्रेष्ठ (भाइ सरुभक्त) का विचारहरु सम्प्रेषित गर्न चाहन्छु l महेन्द्र श्रेष्ठ संग मेरो चिनजान दिदी उषा राना मार्फत जापानको गुन्माकेनमा रहेको मायाबाशीमा हुन्छ l उहाले जापानबाट दुइवटा साहित्तिक पत्रिका सगरमाथा र मुलुक बाहिर प्रकाशन गर्नेक्रममा मैले पनि दुइवटा आर्टिकल दिएर मद्धत गरेको थिए उक्त पत्रिकाहरुमा l हो तेतिनै बेला मैले पोखरा फर्किने बेलामा महेन्द्र दाईलाई मेरो एउटा अंकल हेमराज पाहरिलाई रक्तचाप यन्त्र पठाउनु छ मात्र के भनेको थिए अनि सुरु भो हेमराज सरको बर्णन: “ ओहो ! हेमराज सर रामुको अंकल हो l उहाले बिज्ञान पडाउदा हामीलाई अन्तरिक्षमै पुराहुनु हुन्थ्यो lसफा पहिरनमा सदै हसमुख लाग्ने, तेति मीठो बर्णन विज्ञानको हामी जीवनमै बिर्सिदैनौ l उहाका सुन्दर अक्षर, सुन्दर रेखांकन, अनुसाशित बानीबाट बिद्यार्थीहरु थर्कमान हुन्थे l ताल परे उहा बिद्यार्थी माथि नै जाइलाग्नु हुन्थ्यो बिद्रोहको लाठी उचाल्दै l’’

हो महेन्द्र श्रेष्ठले नै मैले पठाएको कोशेली रक्तचाप यन्त्रमा जापान बसाइका अनुभव समेटेर प्रकाशित गरेका सगरमाथा र मुकुक बाहिरका प्रतिहरु सहित उहालाई बुजाउनु भएको थियो l सबै घटना परिघटनाहरु हिजो झैँ लाग्छ तर नियतिका निर्मम थप्पडहरु किन यति छिटै एउटा हुनहार फूलमाथि पर्दछ? अनुत्तरित यी प्रस्नहरु अब उहाका सम्जनाका रुपमा हामी सबै माज एउटा मीठो अतित बनेर रहिसकेको छ l जीवनको लामो समयसम्म एक्लै अविवाहित बस्दै जीवनमा भाइ,बैनीहरु भान्जा,भान्जीहरु बूढी आमा सबैकालागि यथेस्ट कर्तब्यहेरु निभाउनु भएको थियो l बिचारमा बामपंथी झुकाव राख्ने,समाजसेबी, अतिनै कम बोल्ने, अध्ययनशील, अन्तर्मुखी स्वभाबका धनि उहाका विचारहरुलाई, मूल्य र मान्यताहरुलाई हामीले परिवार र समाजमा सजाउन फुलाउन सक्यो भने त्यो नै उहा प्रतिको साचो श्रदान्जली हुने छ l

सम्प्रति: संयुक्त अधिराज्य बेलायत
शिक्षा: एम. एस. एम. ई / बि.एस. इलेक्ट्रिकल इंन्जीनियरिंग
जन्म: भरतपुर,१२/१९३, चितवन
गरिमा,मधुपर्क, समकालीन साहित्य, मिर्मिरे, अभिव्यक्ति, तन्नेरी,बिमोचन आदि पत्र पत्रिकाहरुमा दर्जनौ कथा, लेख रचनाहरु प्रकासित इमेल: rhpoudyal@gmail.com

Saturday, January 12, 2008

Sir Edmund Hillary





Sir Edmund Hillary Biography
Conqueror of Mt. EverestSir Edmund Hillary Date of birth: July 20, 1919Date of death: January 11,2008.

Sir Edmund Hillary was born in 1919 and grew up in Auckland, New Zealand. It was in New Zealand that he became interested in mountain climbing. Although he made his living as a beekeeper, he climbed mountains in New Zealand, then in the Alps, and finally in the Himalayas, where he climbed 11 different peaks of over 20,000 feet. By this time, Hillary was ready to confront the world's highest mountain.
Mt. Everest lies between Tibet and Nepal. Between 1920 and 1952, seven major expeditions had failed to reach the summit. In 1924, the famous mountaineer George Leigh-Mallory had perished in the attempt. In 1952, a team of Swiss climbers had been forced to turn back after reaching the south peak, only 1000 feet from the summit.
Edmund Hillary joined in Everest reconnaissance expeditions in 1951 and again in 1952. These exploits brought Hillary to the attention of Sir John Hunt, leader of an expedition sponsored by the Joint Himalayan Committee of the Alpine Club of Great Britain and the Royal Geographic Society to make the assault on Everest in 1953.
The expedition reached the South Peak on May, but all but two of the climbers who had come this far were forced to turn back by exhaustion at the high altitude. At last, Hillary and Tenzing Norgay, a native Nepalese climber who had participated in five previous Everest trips, were the only members of the party able to make the final assault on the summit.
At 11:30 on the morning of May 29, 1953, Edmund Hillary and Tenzing Norgay reached the summit, 29,028 feet above sea level, the highest spot on earth. As remarkable as the feat of reaching the summit, was the treacherous climb back down the peak.
By coincidence, the conquest of Everest was announced to the British public on the eve of the coronation of Queen Elizabeth II. The triumph of a British-led expedition combined with the inauguration of the young Queen did much to restore the confidence of a nation weary from long years of wartime hardship and postwar shortages. Edmund Hillary returned to Britain with the other climbers and was knighted by the Queen.
Now world famous, Sir Edmund Hillary turned to Antarctic exploration and led the New Zealand section of the Trans-Antarctic expedition from 1955 to 1958. In 1958 he participated in the first mechanized expedition to the South Pole.
Hillary went on to organize further mountain-climbing expeditions but, as the years passed, he became more and more concerned with the welfare of the Nepalese people. In the 1960s, he returned to Nepal, to aid in the development of the society, building clinics, hospitals and 17 schools.
To facilitate these projects, two airstrips were built. These airstrips had the unforeseen consequence of bringing more tourists and would-be mountain climbers to the remote region. The Nepalese cut down ever more of their forests to provide fuel for the mountaineers. Edmund Hillary became concerned about the degradation of the environment of the Himalayas and persuaded the Nepalese government to pass laws protecting the forest and to declare the area around Everest a National Park. The Nepalese could not afford to fund this project themselves and had no experience in park management. Hillary used his great prestige to persuade the government of New Zealand to provide the necessary aid.
Immediately after the successful Everest expedition, Hillary and Sir John Hunt published their account of the expedition, The Ascent of Everest. The book was published in the U.S as The Conquest of Everest. Sir Edmund Hillary's autobiography Nothing Venture, Nothing Win was published in 1975. In 1979, he published From the Ocean to the Sky, an account of his 1977 expedition on the Ganges river from its mouth to its source in the Himalayas.
Sir Edmund's life was darkened by the loss of his wife and daughter in a plane crash in 1975. He continued to occupy himself with environmental causes and humanitarian work on the behalf of the Nepalese people for the rest of his life. He died at home in New Zealand at the age of 88, mourned by his countrymen and by legions of admirers around the world.

Thursday, January 3, 2008

चीनको महाभूकम्प


रामहरि पौड्याल
भरतपुर १२/१९३,चितवन
बर्माको महाविनाश सकिएको साता दश दिन नबित्दै अर्को दुखद् समाचार सुन्नु पर्यो छिमेकी राष्ट्र चीनको l १२ मई २००८ का दिन ८ रेक्टर स्केलमा आएको विनाशकारी भूकम्पले ऐलेसम्म मर्नेहरुको संख्या ६९ हजार पुगेको छ l चीनको सरकारी समाचार एजेन्सी शिन्हुवाले जनाए अनुसार सिचुवान प्रान्तको यिन्ग्सु (Yingixu) मा मात्रै मर्नेहरुको संख्या ७,७०० पुगेको छ l भूकम्पको केन्द्रबिन्दु रहेको उक्त ठाउमा ८०% मान्छेहरू एकै चिहान भएका छन् l राहत कार्य तीव्र पारिए पनि खराब मौसमका कारणले घरहरुका भग्नाबसेशभित्रबाट पुरिएकाहरुलाई जिउदै निकाल्न कठीन भै रहेको छ l घटनास्थलबाट अझै पनि पुरिएका मान्छेहरुका चीत्कार सुनिदै गरिएको भएपनि तिनलाई सकुशल निकाल्न खटिएका पचासौ हजार सैनिकहरुलाई गार्हो परीरहेको छ l सडक, यातायात , टेलिफोन सम्पर्क सबै क्षतबिक्षत भएकाछन् l सरकारी भवन, कारखाना र बिध्यालय सबै ध्वोस्त भएकाछन l भूकम्पको धक्का २०००किमी टाढा बेइजिंग, नान्जिंग देखि तिब्बतसम्म, थाईलेण्डदेखि भियतनाम सम्म महसुश गरिए पनि हाताहातीको कुनै समाचार पाइएका छैनन् l

चीनका रास्ट्रपति हु जिन्ताओंले भूकम्प प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्दै बताउनु भयो – ‘’ चुनौती अझै बाकि छ , कठिनताका बाबजूद जोडबलले राहत कार्यमा लाग्नुपरेको स्वीकार्दै प्रभाबित व्यक्ति र क्षेत्र सम्म राहत कार्य पुर्याउन सकियोस् l’’
तेस्तै चीनका प्रधानमन्त्री जियावावोले यस भूकम्पलाई ‘’सन १९४९म गएको आधुनिक चीन गणराज्य स्थापनापछिको सबै भन्दा ठूलो र विनासकारी भूकम्प’’ बताउनुभयो l
भूकम्पको केन्द्र मानिएको जुयानमा तीनतले बिध्यालय भबन भत्किदा तेस्मा रहेका ९०० बिध्यार्थीहरु पुरिएका थिए l तेस्तै बिचुवान क्षेत्रको अर्को बिद्यालयमा १००० बिध्यार्थी पुरिएर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ l घरहरुका भग्नाबशेषबाट पुरिएकाहरुको ह्रदयबिदारक चीत्कार बाहिरसम्म प्रस्ट सुनिएपनि तिनलाई सकुशल यथासमयमै बाहिर निकाल्न प्रयाप्त मात्रामा आधुनिक यन्त्र संयन्त्र नहुँदा र नपुग्दा मान्छेहरुका खाली हात र सामान्य औजारले पुरिएका कंक्रिटको पहाडलाई पन्छाएर तिनीहरुलाई जीवितै निकाल्ने चुनौती उद्धारकर्मीहरुका सामू छदै थियो l अगस्ट २४ २००८ मा ओलोम्पिकको आयोजक राष्ट्र रहेको चीनमा यसरी प्राकृतिक विपद थपिएतापनि ओलम्पिक क्षेत्रको तयारी स्थल बेइजिंग वरपर तेस्को कुनै प्रभाब नपरेको बताइएको छ l ओलम्पिक ज्योति भर्खरै बिश्वको सर्बच्यो हिम शिखर सगरमाथा हुदै बेइजिंग ल्याइपुर्याइएको छ l ओलम्पिक कमिटिका अध्यक्ष जेक्स रग (Jacques Rogge ) ले आफ्नो संवेदनामा चीनका रास्ट्रपति हु जिन्ताओलाई लेख्छन् - ‘’ ओलम्पिकका गतिबिधिहरु तपाईका साइडमा छन् बिषेशत यों दुखद् क्षणमा हाम्रा बिचारहरु तपाईसंगै छन् l’’
यो विनासकारी भूकम्प सन १९७६मा चीनकै तांगसान सहरमा गएको (२ लाख ४२ हजारको ज्यान लिएको) पछिको ठूलो हो l भूकम्प पछिको पुनः धक्का (after shock) आउन सक्ने भयले सबै मान्छेहरु घरबाट बाहिर बसेर रात काटेका थिए l हस्पिटलबाट समेत बिरामीहरुलाई बाहिर निकालिएको थियो l मान्छेहरु एकअर्कालाई सहयोग गरिरहेका थिए तथापि सबैमा भय र सन्त्रासले प्रस्ट घेरिरहेको थियो l
ऐले सम्मका चीनका डरलाग्दा भूकम्पहरुको सुची:
मई २००८ ७.९ रेक्टर सिचुवान ६९,१९५ मृत्यु 3,74,643 घाइते/ 18,392 बेपत्ता
मार्च २००८ ७.२ रेक्टर Xinjing थोरै क्षति
फेब्रुवरी २००३ ६.८ रेक्टर Xinjing ९४ मृत्यु/ २०० घाइते
जनवरी १९९८ ६.२ रेक्टर Hebei ४७ मृत्यु/ २०००घाइते
अप्रिल १९९७ ६.२ रेक्टर Xinjiang ९ मृत्यु/ ६० घाइते
जनवरी १९९७ ६.४ रेक्टर Xinjing ५० मृत्यु/ ४० घाइते
स्रोत : बीबीसी
संसारका डरलाग्दा भूकम्पको अर्को सुची:
Rank Earthquake Magnitude Country Date Fatalities
1 Shaanxi 8 China Jan23 1556 8,30,000
2 Indian Ocean 9.1 North.Indonesia Dec 26 2004 2,83,000
3 Tangshan 7.8 China July27 1976 2,42,000
4 Aleppo 8.5 Syria August 9 1138 2,30,000
5 Damgham ? Iran Dec22 856 2,00,000
6 Ganshu 8.6 China 1920 2,00,000
7 Tsinghai 7.9 China May22 1927 2,00,000
स्रोत: (Wekipedia 1976 Tanghan Earthquake )
यो तथ्यांकले संसारका सबैभन्दा डरलाग्दा भुक्म्पहरुको सुचिमा चीन सबैभन्दा अगाडि देखिन्छ l चीनको पनि एउटै प्रान्त सबैभन्दा भूकम्प प्रभावित क्षेत्रको रुपमा दिहोरिरहेको तथ्य तलको तालिकाबाट प्रस्टै देख्न सकिन्छ l यसका आफ्नै बैज्ञानिक कारणहरु, भौगर्भिक तथ्य होलान तथापि यस प्रकारका महाभूकम्पले जनजीवनमा पार्ने गहिरो त्रासदीले मान्छेहरुलाई लामो समयसम्म पिरोलिरहेको हुन्छ l यसबाट हुने बिशाल धन जनको क्षति र त्यसलाई न्यूनीकरण गर्नकालागि अपनाइनु पर्ने इन्जिनियरिंग डिजाइन, निर्माण कार्यमा प्रयोग गर्नु पर्ने भूकम्प प्रतिरोधात्मक प्रविधिको सत प्रतिसत प्रयोग कडी कडाउका साथ लागु गर्नु पर्ने देखिन्छ l

Name Magnitude Date Epicenter Cause
1st 1786Garzê earthquake 7.8 1 June 1786 Dardo and Luding County

2nd 1786 Garzê earthquake 7.0 10 June 1786 Luding County

1816 Luhuo Earthquake 7.5 1816 Luhuo County

Xichang earthquake 7.5 1850 Xichang

1933Diexi earthquake 7.5 1933 Diexi, Mao County

1955DardoZheduo earthquake 7.5 1955 Dardo

1955 Kangding earthquake
1973 7.5
1955 Dardo

Luhuo earthquake 7.9 1973 Luhuo County

1976SongpanPingwu earthquake 7.2
1976 Songpan County

2008Sichuan earthquake 8.0
12 May 2008 Wenchuan County Longmenshan Fault

स्रोत: (Wekipedia)
छिमेकी राष्ट्रहरु भारत,चीन् र पाकिस्तानमा समेत यस प्रकारका डरलाग्दा भूकम्पीय दुर्घटनाहेरु बारम्बार घटिरहेका सन्दर्भमा हाम्रो देश नेपाल समेत हिमालयन क्षेत्रहुदै पर्ने टेक्टोनिक जोनमा पर्नेहुदा समयमै यस प्रकारको दैबी बिपत्तिबाट बच्न सरकारले यथोचित कदमहरु चाल्नु पर्ने देखिन्छ l भूकम्प प्रतिरोधात्मक निर्माण कार्यलाई सबै क्षेत्रमा अनिबार्य लागु गर्नु पर्दछ l डीज्यास्टर म्यानेजमेन्ट र रेस्क्यू सम्बन्दी बिज्ञहरुलाई बेलैमा तम्तयार पारेर राख्दै सबैलाई यसप्रकारका प्रकोपको पूर्व जानकारी, पूर्व सचेतता दिन सके अकाल र असमयमै धेरैले जीवन बर्बाद पार्नु पर्ने थिएन l
सम्प्रति: संयुक्त अधिराज्य बेलायत