Labels

Total Pageviews

Saturday, July 27, 2013

                            रोयल बेबी                                                                                                                                             
रामहरि पौड्याल
भरतपुर १२/१९३, चितवन
यसपालिको निकै लामो उईनटरमा चिसिएका बेलायतीहरू जुलाईको अन्तिम २ साता एक्कासी मौसममा आएको परिवर्तनले आल्हादित बनिरहेका बेला रोयल बेबीको अर्को तातो थपिएको छ | यतिखेर बेलायत र संसारभरिका मिडियाहरु शाही घरानामा थपिएका नयाँ  राजकुमार जर्ज अलेक्जेन्डर लुइस (पनातिमय) भएको छ | जर्जको जन्म स्थानीय समयअनुसार २३ जुलाईमा बिहानको ४ बजेर २४ मिनेटमा भएको हो | बेलायती राजघरानामा तेस्रो उत्तराधिकारीको जन्मलाई एउटा ठूलो राष्ट्रिय पर्वको रुपमा मनाउने क्रम सकिएको छैन | हरेक पत्रिका, हरेक टेलिभिजन च्यानल, हरेक पव, हरेक चोक र हरेक मोडमा रोयल बेबिकै चर्चा छ | विश्वले राजकुमारलाई 'हिज हायनेस पि्रंस जर्ज अफ क्याम्बि्रज' को नामले चिन्ने छ | यो चर्चा ओठे भक्ति किमार्थ होइन दुनियाँका दिल बाट निस्कियको स्वोस्फुरुत सम्मान हो |

बेलायतका मिडियाहरु २ हप्ता अघि देखि सेन्ट मेरिज हस्पिटलको लिन्डो उइंगको गेट अघि रोयल बेबीको निउज अपडेट गर्न पसारो परेको दृस्य रमाइलो थियो | त्यो त्यै ऐतिहासिक ठाउँ थियो जहाँ डायनाले आफ्ना दुई पुत्रहरु विलियम र ह्यारीलाई जन्म दिएकी थियिन | सर्बसाधारण मान्छेहरु समेत टेन्ट टाँगेर ढोका अगाडि रोयल बेबीको एउटा सानो झल्को देख्ने अभिलाषामा  हप्तौंदेखि अधर्य प्रतीक्षा गरि रहेका दृस्यले राजसंस्था प्रतिको बेलायती बिश्वासलाई प्रस्ट्याउँछ | एक बिहानै रोयल बेबी जन्मको घोसणा सुन्न र सम्मान ब्यक्त गर्न लण्डनस्थित बकिन्गहम प्यालेसको ढोकामा  उर्लिएको मानव सागरले संसारबाट धपाईदै गरेका राजतन्त्रको एउटा जिउदो नमूना देखाई रहेको थियो |
त्यसो त कुनै बेला संसार जितेको बेलायत ऐले आफैमा रिसेसनको पन्जामा जकडिएको छ हिजोसम्म आफैले बिदेसिक सहायता दिदै आएका चीन, भारत, ७/८ प्रतिसतको जिडिपीमा कुदिरहेका बेला आफू ०.६ प्रतिसतमा चाउरियेर ब्राजिल भन्दा पछि पर्नु परेको यथार्त भोगी रहेको छ | यसरि राष्ट्र गहिरो आर्थिक संकटमै भएपनि राष्ट्रलाई ४४.५ बिलियन पाउण्डको सेतो हात्तीरुपी राजसंस्था पालिरहेका छन् ससम्मान | सबाल पैसाको रहेनछ सवाल राजसंस्था प्रतिको जनताको बिश्वास, जनताको दिलदेखिको मायाँ ठूलो कुरा रहेछ | एउटा सानो उत्तराधिकारी जन्मिदा उसको सम्मानमा बनेका  अनेकौं थरि सोभिनियरहरुको मात्र बजार मूल्य ५२१ मिलियन पाउण्ड हुनुले राजतन्त्रप्रतिको बेलायती आस्थालाई उजागर गर्दछ |
बेलायती राजसंस्थाले बेलायतमा आउने पर्यटकहरुको एउटा बिशाल हिस्सालाई आकर्षण गरे को हुन्छ | बकिन्घाम प्यालेस, त्यसैसँग जोडिएका हाइड पार्क, ग्रीन पार्क, डाइना मेमोरियल, ओएसट मिनिस्टर, ब्रिटिश म्युजियम, लण्डन आइ, लण्डन ब्रिज बेलायतका त्यस्ता आइकन हरु हुन् जाहाँ लाखौं लाख पर्यटकहरु ओइरिएका हुन्छन | भर्खरै monocle magazine ले गरेको एउटा सर्भेले बेलायत सफ्ट पावर नेसन्समा टप थ्रीमा रहेको र अमेरिका भन्दा माथि रहेको बताएको छ | अर्को चाखलाग्दो कुरा के छ भने विन्ड्सअर्सले अमेरिकामा गरेको पोलमा बेलायती महारानी रास्ट्रपति बाराक ओबामा भन्दा १५ पोइन्टले माथि देखिनुले बेलायती राजसंस्थाको बिश्वोब्यापी लोकप्रियतालाई प्रस्ट्याउछ |
सम्बैधानिक राजतन्त्रको यो नमूना राष्ट्र बेलायतमा एक दशक देखि सपरिवार बस्ने, पढ्ने सौभाग्य पाएको म आफूलाई जैले पनि आफ्नै देशसँग तुलना गर्न पुग्छु चाहेर नचाहेर | किन सम्मानित हुन् सकेन २४० बर्षको इतिहाँस बोकेको हाम्रो राजतन्त्र ? बेलायतकै इटन कलेजमा पढेका हाम्रा पूर्व राजाले के सिके बेलायतबाट ? बेलायतका बिश्वोप्रशिद्ध अक्सफोर्ड र क्याम्ब्रिजमा अध्ययन गरेका हाम्रा नेताहरु, बेलायत दर्जनौ पटक घुमेका हाम्रा मन्त्रीहरुले के सिके के बुझे यो मुलुकबाट ? काहाँ चुक्यौं हामी र हाम्रो राजतन्त्र ? दुनियाको कान्छो गणतन्त्र भित्र्याएर ६ बर्ष अघि ठूलो लडाई जितेको कोलोहालो मच्याएका हामीहरु आज कस्तो अनुभव गर्दै छौं ? यी यस्ता विचारणीय सत्य हुन् जसले मुलुकलाई दुरगामी असर पुरयाउछ | सम्बिधान बनाउन खर्चिएका बेकारका हाम्रा ४/५ बर्षका दन्त बजानहरु, जनतालाई सस्तो लोकप्रियताकालागि जात, धर्म र समुदायमा बिभाजित गर्ने , युगौं देखि रहेको सद्भावलाई भत्काएर क्षणिक लालचकालागि हिमाल, पहाड र मधेशमा विभक्त गर्ने प्रयास अन्तत देशलाई सिक्क्किमीकरण गराउने र आफू त्यसको मुख्य मन्त्रि बन्न समेत तयार हुने कुटिल चाललाई हामीले बेलैमा चिन्न पर्ने बेला आएको छ | देश बन्न र बनाउन सम्बिधान चाहिदैन भन्ने नमूना रास्ट्र बेलायत हो जसको कुनै लिखित सम्बिधान छैन तथापी बेलायत दुनियामा प्रजातन्त्र, मानवाधिकार, र कानुनि राज्यकारुपमा संसार प्रसिद्ध छ | महारानीले कर तिर्छिन आफ्नो आएको लेखा परिक्षण हुन्छ उनको आय व्ययको | हामीकाँहा राजालाई मात्र होइन छोटे राजाहरुलाई समेत कानुन लाग्दैन व्यवहारमा | सम्बिधान मात्र कागजको खोस्टो हो त्यसले केहि गर्दैन यदि त्यस्का सत्यहरुलाई आत्मासात गरिएन भने त्यस्का अभिमतहरुलाई पालना गरिएन भने | सम्बिधान बन्नु भन्दा पहिले त्यसलाई अक्षरस पालना गर्ने सङ्कल्प अहिलेको पहिलो आबस्यकता हो मुलुकका हरेक तह र तप्काबाट |

रोयल ओइडिंग, डाइमण्ड जुब्ली, लण्डन ओलम्पिक र रोयल बेबी सबैले बेलायतको प्रतिष्ठालाई समान रुपमा एकपटक संसार सामू देशको सान र सौकतलाई ससम्मान उजागर गरेका छन |
एक्काइसौं शताब्दीका मोडल आइकन मानिने बेलायती राजकुमार उइलियम र केट संसारकै ठूला सेलेब्रेटी हुन् | २४ ऐ घण्टा अपडेट गरिरहनु पर्ने ऐलेको अधिनिक संचारको क्षत्रमा एउटा दमदार मसला हुन् उनीहरुका क्रियाकलाप, उनीहरुका प्रेमालाप, उनीहरुको पुत्र लाभ | हाम्रो हार्दिक बधाई र शुभकामना बेलायती महारानीलाई पनाति हुदाँ सम्म देशको बागडोर सम्हाली रहेकिमा | हार्दिक शुभेक्षा विलियम र केटका यी युगल जोडीलाई र न्यानो माया अनि आशिर्वाद नव राजकुमार र भबिस्यका बेलायती राजा जर्ज अलेक्ज्यान्डर लुइसलाई |

(प्रस्तुत सबै तस्बिरहरु र डाटाहरु बिबिसी बाट लिईएका हुन्)

सम्प्रति: संयुक्त अधिराज्य बेलायत

Sunday, July 21, 2013

केहि रहेन

केहि रहेन
रामहरि पौड्याल
भरतपुर १२/ १९३, चितवन

मिन भासिदैं रह्यो आकाश पनि रहेन
सर्बत्र भत्किदो मलाई उड्ने मनपनि भएन
पहिला त मलाई आफ्नो हुनुको अनुभूति
अब त यो अस्ताउदो सूर्यको के नै अर्थ र ?
महलहरुमा बस्नेका सपनाहरुले के गरे
हाय ! पुर्खाहेरुका तन्नम झुपडी पनि बचेनन्
कहिले यो र कहिले ऊ स्वार्थमा मिल्दै रहे
अब त यस्तो भो जहाँ  कुनै इन्साफै रहेन
पाउजुको झंकारसंगै  देखिने उनको उपस्थिति
कोहि उनलाई संजाइ देओ अब मासियो सबै
अरुलाई सम्जदा सम्जदै आफैलाई बिर्सेझैं
सबै सकिएको सून्यतामा राम आफै हराई रहें !


हाल: संयुक्त अधिराज्य बेलायत

Friday, July 5, 2013

भानु बनुन अम्मर !!!!

भानु बनुन अम्मर !!!!

रामहरि पौड्याल
भरतपुर १२/१९३, चितवन


नेपाली नभका उदार दिलका भानु तिमी जन्मियौ
सम्झेरै तिमीले उदात्त मनले साहित्यमा लम्कियौ
शिक्षा त्यो बधुको बनाइ सजिलो त्यो भक्तमाला अनि
लेख्यौ त्यो तिमीले मिलाइ सजिलो रामायनै त्यो पनि
                                               
त्यै रामायण गुन्जियो र यसरि भानु बन्यौ अम्मर
मिठो त्यै भाका रम्यो  लोक लयमा भाषा बनि भाष्कर
लाउँ हे सबले मिलेर मनले भाषा जोगाउँ लस्कर
तिम्रा नाउँ  भजुन सकलले भानु बनुन अम्मर
                  २
 मेरो लाख  शुभकामना छ कबि हे बाँचे सधैं भै स्थिर 
 तिम्रै यादमाहाँ म हुँ हर घडी झुक्दै छ मेरो शीर
अर्पिन्छु शभकामना आदिकबि भानु तिमी छौ जाहाँ
भानुको मन रुन्छ हे मनुज हो बिर्से त भाषा ताहाँ
                                               
आऊ हे संगी हो समस्त जनले भाषा जोगाउँ अब
नेपाली मनहोस् समस्त जनको होस् राष्ट्र भाषा तव
खाउँ हे मनले समस्त जनले देशै बनाउ अरे
भानुको मन रुन्छ हे मनुज हो बिर्से त भाषा भरे
मेरो भाषा  भाँड्न दिन्न यसरि प्यारो छ नेपालि यो
मेरो भाषा  बाँडन दिन्न यसरि प्यारो छ नेपालि यो
मेरो राष्ट्र अखण्डक संधै भाषा नेपाली बनोस्
मेरो लाख सम्झना छ कविमा भाषा नेपाली परोस
                  ५
सम्प्रति: संयुक्त अधिराज्य बेलायत
                 







Saturday, June 29, 2013

शब्द क्षेप्यास्त्र
भरतपुर १२/१९३, बसन्त चोक,चितवन

शब्दहरु आतंक हुन् मौनतालाई तोडिदिने
मिसाइलहरु हुन् मेरो सानो संसार भत्काइदिने
मलाई पीडादायी छन् तिम्रा शब्दका प्रहारहरू,
एटम बम भन्दा बढी
पेट्रिक क्षेप्यास्त्र भन्दा बढी |
कृपया मलाई बुझ्ने प्रयास गर,
मेरा मित्रहरु, मेरा स्वजनहरू !
मलाई बचनबाणले नमार
बिझेकाछन् तिम्रा शब्दहरु
छातीका पत्र पत्रहरुमा
भिजेका छन् मेरा परेलीहरु
तिम्रा शब्दका उपहासहरुले
तिम्रा उपेक्षाका भाउभंगीहरुले

कुटेको घाऊ बरु भरिएला  बिस्तारै मलम पट्टिसँगै
शब्दका निर्मम प्रहारले क्षतबिक्षत यो दिलका घाऊहरु,
जीवनमा कैलेई निको होलान त ?
 मुटु चिर्ने शब्दहरुको कुनै उपलब्दी रहेन
तिनले केवल खरावी नै गरे
तिनले केवल बैमनुश्यता नै भरे
अनुभूति साँचा रहेछन सम्बन्धहरु काँचा रहेछन
सुखानुभूति बाँकी रहला तर पीडा शब्दहरुका...?
प्रेमका उत्कृस्ट अभिनयहरू;
ती त केवल देखाउने दाँत रहेछन्
भरेर कृतिम मुस्कान अनुहारमा
घोप्ने बचनबाण रहेछन् हृदयमा |


सम्प्रति: संयुक्त अधिराज्य बेलायत

Friday, June 21, 2013


विषमता                 

रामहरि पौड्याल
भरतपुर १२/१९३, बसन्त चोक, चितवन
कातिर शान्ति छ सम्पन्नता छ
विपुल ऐश्वर्य छ प्रशन्नता छ
अर्कातिर अशान्ति छ विपन्नता छ
तन्नम गरीवी छ घोर असन्तोष छ
            १
एकातिर जीवन छ चम्किलो प्रकाश छ
सुनौलो बिहानी छ उज्यालो भबिष्य छ
अर्कातिर मृत्यु छ निस्पट अन्धकार छ
चरम असमानता छ विषमता छ
            २
एकातिर आशा छ बिश्वास छ
सत्य र बिबेक छ इमान र धर्म छ
अर्कातिर निराशा छ अबिस्वास छ
असत्य र अबिबेक छ बेइमानी र अधर्म छ
            ३
एकातिर निस्काम कर्म छ कर्तब्य छ
देश समाज छ बिश्वो ब्रम्हाण्ड छ
अर्कातिर दुस्कर्म छ अकर्मण्यता छ
सर्बत्र बदनामी छ बदनियति छ |
            ४

रचना काल: ११ जनवरी, १९९८
गुन्मा केन , जापान

सम्प्रति: संयुक्त अधिराज्य बेलायत

Wednesday, May 15, 2013



तिमी मेरी ...........

रामहरि पौड्याल
भरतपुर १२/१९३बसन्त चोक
चितवन, भरतपुर


तिमि मेरी मनकी रानी मायाकी हौ खानी
अमर रहोस् हाम्रो प्रीत जुग जुग जानी
आऊ आज बाचा गरौँ हाँसी खेली गर्ने
प्रीत हाम्रो अमर बनोस् युग युग टर्ने
अजम्बरी माया हाम्रो दुनियाँले गायो
सँगै मर्ने सँगै बाँच्ने कसम कता लायो ?
तिमी मेरी मनकी रानी मायाकी हौ खानी
अमर रहोस् हाम्रो प्रीत जुग जुग जानी
तिमी मेरी सपनीमा आउने माधुरी हौ
तिमी मेरी बिपनीमा बज्ने बाँसुरी हौ
पर्खेकै छु युगौं देखि तिमी मेरी रानी
कहिले आउली मेरी नानी मैलाई आफ्नै मानी
कहिले  आउछेउ मलाई खोइ राजकुमार ठानी |

सम्प्रति: संयुक्त अधिराज्य बेलायत





Saturday, April 13, 2013

नयाँ दिनको प्रतिज्ञा !!!!



नयाँ दिनको प्रतिज्ञा !!!
      रामहरि पौड्याल
      भरतपुर१२/१९३,चितवन


कोइलीको कुहु कुहुले तिम्रै नाम बोलायो,
ज्वारभाटाहरु घुमेर बदलिए परिवर्तनको झोक्कासँगै |
प्रकृतिमा बासन्ती मोहकता पोखियो
राताम्मे लालीगुराँसहरु,
फक्रिएका सुनगाभाहरु |
मैले कस्तो सुखानुभूति गरें,
एउटा नयाँ दिनको प्रतिज्ञा
एउटा नयाँ बिहानीको प्रतीक्षा
एउटा नयाँ युगको प्रलोभन !
नयाँ दिनको प्रतिज्ञासँगै
पृथ्बी मेरै खुट्टामुनि घुमिरहने छ
एक पाइलो नजिक सानिघ्यता गाँस्दै प्रेमको,
एक पाइलो अधिक सामिप्यता दर्साउदै भावनाको |

केहि भन्नु र गर्नु छ कि?
हाम्रो नयाँ दिनको प्रतिज्ञामा
हाम्रो नयाँ बिहानिको प्रतीक्षामा
हाम्रो नयाँ युगको प्रलोभनमा |
घुम्दो दैनन्दिनी ! श्रीस्टी चक्रको एउटा नियम
संसार बदलिने छ परिवर्तनको संकेतसँगै,

कसैले भन्न सक्दैन
कसैले रोक्न सक्दैन
परिवर्तन युगको/परिवर्तन बिहानीको
मात्र प्रतिज्ञा एक दिनको सँगै बस्ने
सँगै खेल्ने र सँगै हाँस्ने

बुध्दिपूर्ण सज्जनताले बिर्सिदेउ अतितका
हाम्रा भूलहरुलाई, हाम्रा कलुषित मुलहरुलाई |
सुन त नयाँ पिढीले सोधिरहेछन्
हामीले कस्तो अनुभूत गर्यौं ?
नयाँ दिनको प्रतीक्षा
नयाँ बिहानीको प्रतिज्ञा
नयाँ युगको प्रलोभन |

सम्प्रति: संयुक्त अधिराज्य बेलायत