Labels

Total Pageviews

Saturday, March 26, 2011

परदेशमा देश दुखदो रैछ


परदेशमा देश दुखदो रैछ
रामहरि पौड्याल
भरतपुर १२/१९३, चितवन


देखेर संसारको बिकाश र प्रगति
बुझेर बिश्वको बैभव र उन्नति
सम्झिदा आफ्नो गाउँ र आफ्नो ठाउँ
देख्दा आफ्नो देश र परदेश
पराई संसारमा चसक्क देश दुखदो रैछ !

दुनियाँले गरेको भौतिक बिकाश र सम्बृदी
योजनाबद्ध शहरिकरण र हरियाली वातावरणहरु
चुस्त दुरुस्त संचार र यातायातहरु
नदेखेकै भए बेश बरु,
देश दुख्ने थिएन तुलनामा !
गाउँ बिजने थिएन एकान्तमा !!

हिजो त गाली हाम्ले व्यवस्थालाई गरेउ
बिकाश र प्रगतिको बाधक ठानेर
खैत देश फूलेको ? हाम्ले रोजेको व्यवस्थामा
खैत गाउँ हासेको ? हाम्ले चुनेको नेत्रित्तोमा
बीस बर्षको समयाबधी सानो होइन
केहि गर्न खोज्ने र चाह्नेकालागि !

दुनियाले कायापलट गरेको छ अल्प समयमै
आफ्नो मुलुकको, आफ्नो ठाउको !
हैन ! मन्त्री महोदयहरु यहाँहरुलाई देश दुख्दैन ?
सयर गर्दा बिदेशको, देखेर बिश्वको प्रगति
बुझेर संसारको समुन्नति ??

मलाई देश दुखेर के भो र ?
दुख्दैन देश दुख्नु पर्ने नेताहरुलाई
बिज्दैन गाउँ बिज्नु पर्ने नेत्रीत्वोहरुलाई
होड कुर्चिकै छ, सत्ता लिप्साको
जोड समिकरणकै छ शक्ति हत्त्याउनको !

यो यथार्थ हो,
जनताले सबैलाई देखे; र सबैलाई बुझे
इमान्दार कोहि भएनन; आफूलाई प्रगतिशील ठान्नेहरु
आफूलाई महान प्रजातान्त्रिक भन्नेहरु,
राजतन्त्रको समूल नस्ट पार्ने गणतन्त्रबादीहरु !


सम्प्रति: संयुक्त अधिराज्य बेलायत

No comments: