गीत
रामहरि पौड्याल
भरतपुर १२/१९३, बसन्त चोक, चितवन
मेरो मनको अँधेरीमा दीप बनी आऊ
मेरो तनको खडेरीमा प्रीत बनी छाऊ
मेरो दिलको कन्दरामा बैंस बनी आऊ
मेरो आफ्नो चाहनाको फूल बनी छाऊ
१
फूल मीठो बसन्तमा मुस्कुराए झैं
तिमि पाए जिन्दगीमा नाचिरहुँ झैं
तिमी आए सपनीमा हाँसी रहुँ झैं
तिमी पाए अँगालोमा बांधी रहु झैं
२
तिमी गए मुटुभित्र सियो गढे झैं
तिमी आए अँधेरीमा दीयो जले झैं
तिमी गए अधरमा खाटा बसे झैं
तिमी आए नजरमा चुमी रहु झैं
३
हृदयमा सुवासित तिमी मेरी फूल
जिन्दगीमा कहिले पनि गर्ने छैन भूल
बिते मेरा अहो ! कति चीसा चीसा रात
आए मेरी प्रिए तिमी समाउदै हात
४
दिन बित्यो साँझ संगै घाम ढल्कदै
कति बसुँ प्रीए मता तिम्लाई कल्पदै
प्रतिक्षाका अहो ! कति लामा लामा रात
पर्खेकै छु युगौ देखि जुनेलिका साथ
५
रचना काल: मार्च १०, २००१
सान कार्लोस, फिलिपिन्स
सम्प्रति: संयुक्त अधिराज्य बेलायत
No comments:
Post a Comment