भरतपुर १२/ १९३, चितवन
प्रिय साथी अनामीका,
म लेख्दै छु किनकि म अरु पर्खिन सक्दिन
फेरि एकपटक राम्ररी तिमिलाई बताउन
धेरै साथीहरु मैले बनाएँ
तर तिमी नै मेरी सर्वोत्तमा !
तिमी नै मेरी प्रियतमा !!
यो क्षण मैले लिएको छु
बताउन हरेक पल जुन मैले अनुभूत गरिरहेछु
जुन खुसी, जुन शान्ति तिमीले दियौ
जुन उत्साह जुन उमङ्ग तिमीले दियौ
जव म तिम्रो साथमा हुँदा
तिमीले मेरो गाथमा छुँदा !!!
जव म चौरस्तामा थिएँ,
तिमीले बढाएको हातमा अल्झे थें,
त्यही अल्झाइ हाम्रो जीवनको गीत अनि प्रीत बनोस्
आज सत्य जगमगायो आज विश्व रङमगायो
दुनियाको रीत संगै तिम्रो हाम्रो प्रीतसंगै
तिम्रो स्म्रीतिको प्रकाशमा
तिम्रा प्यारा कोमल बाहुहरु
मेरालागि कुनैपनि समय बलिया आराम गृह ठानिने छन्
मेरा मनका / मेरा भावनाका गरुङ्गा भारीहरु घानि दिने
तिमीसंग भेट भएनछ भने पनि,
तिमिलाई धन्यवाद छ !
मेरी प्रिय अनामीका
एउटा मृद प्रेरणाको स्पर्श दियौ
म देखि रहेछु / बुझि रहेछु
ममा परिवर्तनहरु भोगिदैछन्
छातिका पत्रै पत्रहरुमा
बोल्न नसकिने, भन्नै नसकिने !!
रचना काल : १२ डिसेम्बर, २०००
भर्जिन मिलाग्रोसा युनिभर्सिटी
फिलिपिन्स
सम्प्रति : संयुक्त अधिराज्य बेलायत
No comments:
Post a Comment