अविरल यात्रा : रोमान्चक द्वन्दहरु
रामहरि पौड्याल
भरतपुर १२/१९३, चितवन
रात सफा र कन्चन देखिन्छ, स्निग्ध र सुकुमार । पूर्णचन्द्रले त्यसमा शोभा थपेको छ, ताराहरु सुन्दर फूलझैं फक्रेका छन् । मलाई हम्मे परिरहेको छ छुट्याउन – दिन हो कि रात ? बादलका कुनै काला धब्बाहरु देखिदैनन् अनन्तसम्मै । पूरै आकाश हाँसेको छ पूर्णयौवना तरुनी झैं प्रतीक्षामा कसैको । शीशाका ठूला झ्यालहरुबाट ओछ्यानमा पल्टेरै देखिरहेछु – पर आसिकागाको हरियो डाँडो आकाशको छतमुनि थकाइ मरिरहेको छ मौन । नजिकैको बलिङ्ग सेन्टरको प्रतीक ‘बलिङ्गको नमूना’ अग्लाइमा ठड्याइएको स्तम्भमा सफेद हाँसिरहेको छ । सम्मुखको हुलाक घर, जोडिएको रेल्वे लाइन, सेवनको कन्भिनियन्स स्टोर, आसिकागा मायाबासी रुटका ब्यस्त सडक यथास्थानमै दृष्टिगोचर भएका छन् मेरा आँखाभरि।
यी सबै दृस्यहरुले पुलकित बन्दै कतिखेर निदाएछु थाहै भएन । बिहान ६ बजे नै कलबेलको चर्को ‘टीरीरी’ ले ब्युझें । सात बजेनै कम्पनीमा पुगिसक्नु पर्ने कामको लागि । जाडोको समयमा न्यानो सिरक फाल्न कति गार्हो ?
‘तर के गर्ने उठ्न मन न लगेर ?’
जापान हो यो । समयको सही महत्वोलाई बुझ्ने र देख्ने ठाउँ । आफ्नो काम, आफ्नो कर्तब्य, अफ्नो ब्यापार, आफ्नो व्यवसाय सबैलाई टाइम पङ्गचुयालिटिले कसी राख्ने ठाउँ । दश मिनेट छिटो पुग्नु पर्ने पन्ध्र मिनेट ढिलो फर्कनु पर्ने निर्दिस्ट समयभन्दा हरेक व्यक्तिले आफ्नो काममा । यहाँको मौलिक परम्परा हो देश भरिको ।
टिङ्ग टिङ्ग ! टिङ्ग टिङ्ग !! टिङ्ग टिङ्ग !!!
रेल्बे क्रसिंगको पूर्व संकेत ।
छनछन छनछन ! छनछन छनछन !! रेल आइपुग्छ बिहानको ।
रेलको आवाज । क्रसिंगको पूर्व संकेत । मेरा साथीहरु हुन अपार्टमेन्टसँग जोडिएका ।हरेक घण्टामा आउने र जाने रेलको आवाजले मेरो एकान्ततालाई चिर्ने गर्दछन दिनहुँ । म अभ्यस्त भइसकेको छु यी आवाजहरुसँग । ट्रेनको यो अविरल यात्रा जीवनझैं लाग्दछ मलाई । ‘ट्रेन बास्तबमै देश बिकासको पूर्वाधार रहेछ, यातायात व्यवस्थाको छिटो छरितो, सुलभ र सस्तो ।
तर यो सुबिधा हामीले भोग्ने कहिले ?’ मेरो मनमा सधैं खेल्ने कुरा हो ।
मेरो मनमा सधैं खेल्ने कुरा हो ।
हामीलाई बुलेट ट्रेन चाहिएको थिएन, जे.आर. लाइनमा चल्ने दुईवटा मात्र ट्रेन पूर्व मेची देखि पश्चिम महाकालीसम्म चलाईदिए देशले काँचुली फेर्दो हो यातायात क्षत्रमा ।
प्रजातन्त्रका दश बर्षहरु पनि निरासामै भएर बिते । रोजगारी छैन, उधोगधन्दाहरु खुल्दैनन, युवा युवतीहरु बिदेशियेकाछौँ यसरि । देश बिपन्न हुनुको पीडा भोग्दै छु यतिखेर ।
कम्पनीको युनिफोर्म, काने टोपी, टिफिन क्यरियेर सबै बोकेर म निक्लन्छु आफ्नो कर्मस्थलतिर – चडेर पुरानो साइकल ।
बिहानको सुरम्य शान्ति छाएको छ आशिकागा शहरभरि । बाहनको त्यति ठूलो घुइचो लागिसकेको छैन । फाट्टफुट्ट कारहरु, लामो र चौडा सडक मौन लम्पसार देखिन्छ थाकेर हाँसे झैं । म साइकलमा फुर्तिसाथ कुदिरहेकै थिएँ, पोस्ट अफिसको टर्निंगमा अटोमेटिक ट्राफिक सिग्नललाई पर्खेर रोकिएँ एकैछिन ।मेरा आँखाहरु अलिपरबाट पैदल आइरहेका दुई परम सुन्दरिहरुमा परे । चौबिस बर्षको लक्काजवान मलाई पनि सुन्दरीको मोहले तानिहाल्यो ।
‘अहा, क्या मजाका च्वाँक रैछन ! कुनचाहिं देशका होलान ?’
अग्लो कद, बारुले कम्मर, साना तर चम्किला आँखाहरु, थेप्चो नाक, सुडौल तिघ्राहरु, छोटो मिनिस्कर्ट र छोटो ब्लाउजबाट प्रस्टै देखिने उन्नत सगरमाथाहरु, गहिरो नाभिस्थल, अग्ला जुत्ताहरु...........
मलाई रोमान्टिक सपनाझैं लागिरह्यो तिनीहरुको सुन्दरता,हाउभाउ र कटाक्षले बिमोहित भएर । मेरा अङ्ग- अङ्गमा एउटा मीठो काउकुती, रोम रोममा एउटा छुट्टै अनुभूति नाचिरह्यो – ती कलियुगी अप्सराहरूको नखरा !
म सिग्नल पास गरेर आफ्नो बाटोमा कुध्दै थिएँ, मैयाँहरुले संकेत गरे मतिरै लक्ष गरेर । म अचम्ब मान्दै रोकिएँ उनीहरुले चाहेझैं पोस्ट अफिसको छेउकै पार्किंग लटमा आफ्नो थोत्रो साइकल बिसाएर ।
‘गुड मर्निङ्ग ! आइ एम स्वीटी फ्रम फिलिपिन्स
‘आइ एम प्रीटी.......’
‘ओ रियल्ली भेरी नाइस नेम ।‘– हात मिलाउदै मैले भने ।
कोमल नारीस्पर्सले म पुलकित भएछु । सिनित्त हातहरु नरम र मसिना , समाई राखुझैँ ... । तिनिहरुको मृदु मुस्कानले मलाई पूरै घायल बनायो सजिलैसित । म पनि त बिचरो मनुवा थिएँ – भावनाहरु, मुटुहरु र चाहाहरु खुम्चाईरहने ।मनोजैबिक,मनोरसायानिक,मनोबैज्ञानिक यथार्थताहरु खुल्दा रैछन यस्तै बेलामा भत्काएर नियम, कानुन, शिक्षा र अर्तिका जन्जीरहरु ।सबै नखरा रहेछन मान्छेका अन्तरमनलाई कुण्ठित गर्ने, भ्रान्त पार्ने ।
के दुनियाँमा मान्छे जन्जीरले बाँधियो र भावनाका सामू ? टुट्दा रहेछन, फुट्दा रहेछन भ्रमहरु सजिलैसित सुन्दरताका सामू ।
कति मर्छस् हे लाटा ! बिर्सेर रहरहरु, कुल्चेर इक्षाहरु – स्वयम अप्सराहरु अनुनय गरिरहेछन् । प्रेमालाप गर्दै सुम्सुमाउदै छन् गरेर निमन्त्रणा प्रेमाचारको ।
आफू खरानी भएर दाजुभाइ पढाएर के गर्ने.....? कसैले भनेको सुनियो नेपथ्यमा ।
‘यु आर सो नाइस गाइ ! पोइनटेड नोज !!’
अर्कीले मेरो नाक खेलाई, हात समाई, गाला चलाई.........
म स्वप्नतिरेकमा रमिरहे । भावनाका शिखरहरु उठे कन्चनजंघाझैं । म रोमान्चकारी धौलागिरि उक्लीरहें, उक्लीरहें ।बिना रोकटोक, बिना मोलतोल ।
स्वीटीका मसिना हातहरु नाक, गाला हुदैं तल तल सलबलाए चलबलाए बिस्तारै । म स्वतन्त्र प्रस्तुत भैदिएं उसका कृत्यमा र त उसले हात पुर्याई मेरो पौरुष केन्द्रमा । म उत्सर्गको महाशिखरमा पुगें । मेरो ....पक्डेरै उसले बोलाई प्रीटीलाई आँगिक आकारको बर्णन गर्दै ।
‘‘ह्व्येर इज युओर अपार्टमेन्ट ?
ह्वाट इज युओर सेलफोन नम्बर ??’’
यो उनीहरुको व्यग्र अनुनय थियो ।
मेरा स्मृतिका क्यानभासहरुमा आफ्ना कर्महरु,कर्तव्यहरू सलबलाए भर्खरैको रोमान्चकारी प्रबेगलाई चुनौती दिदै ।
मेरै कमाइमा फिलिपिन्समा डाक्टर इन्जिनियर बन्ने सपना बोकेर पढ्दै गरेका दुई दुई दाजुभाइहरु ।
नेपालमा इन्जिनियर पढ्दै गरेको अर्को भाइ ।
बुवाआमाका जीवनभरिका दुखाइहरु र मनमा मलम पट्टि गर्ने मेरा योजनाहरु । रीस गर्ने जोरिपारिहरु, आशा गर्ने दीदी बैनीहरु, भान्जा भान्जीहरु, मेरा मत्त्वाकाङ्गक्षाका बिशाल महलहरु......... ।
म चौरस्तामा थिएँ अनिर्णयको ।एकातिर रमाइलो संसार थियो, उत्कट इक्षाहरुको, चाहना र भावनाहरुको । अर्कातिर कर्महरु, कर्तव्यहरू थिए, भावी सपनाहरु थिए सुखी जीवनका, ‘नमूना परिवार’ निर्माणका रहरहरु थिए, बीचमा म थिएँ र सामू थिए साक्षात उर्बशीहरु.......
मेरो दिमागमा झड्का दिदै नेपालबाट कथाकार दीदिले लेखेको सन्देशात्मक चिठी फनन्न घुम्न थाल्यो :
‘‘प्यारो भाइ !
अस्ति सपनामा तिमीलाई देखें धेरै दिनपछि । तिमि नेपाल फर्केछौ र मैले भेटेछु अचानक ।अहो, खुसीले कति गद्गद् हुदै मैले तिमीलाई अँगालो हालेथें मेरो प्रिय भाइ भन्दै । तर ....खोइ किन हो तिम्रो मुहारमा कान्ति थिएन । अप्ठेरो, अनि निन्याउरो । तिमीले मलाई भनेको बाक्यले म रन्थनिदै उठेथें । तर तिमि फरक्क फर्केर हिड्यौ त्यसरी नै जसरि आएका थियौ, टेम्पो चढेर ।मेरा कानमा टिनिन्न गुन्जिरहे – ‘‘मेरो एच.आइ.भी. टेस्ट गराउनु छ ।‘’ अहो, कस्तो भीषण दुस्वप्न ! म चिच्याएँ निद्रैमा । बिहान उठेर तिम्रो नाममा पूजा पाठ गर्दिए शान्तिको कामना सहित । हे भगवान ! मेरा भाइहरुलाई सबैखाले खतराबाट मुक्त हुने आत्मबल प्रदान गर्नुहोस् ।‘’
यो सन्देश मलाई मात्र नभएर बिदेशमा बस्ने म जस्तै सबैका दाजुभाइहरुलाई एउटी असल दीदिले दिने पवन सन्देश थियो – हरेक कुकर्महरुबाट बचाउने ।
मेरा आँखा रसाए भावनात्मक चिठीको त्यो कथात्मकताले ।
फिलिपिन्समा डाक्टर पढ्दै गर्ने दाइले त प्रस्टै लेख्नुभाथ्यो – ‘’ नेपालमा एड्सको समस्या डरलाग्दो रुपमा देखा पर्दैछ । जापानमा के छ कुन्नि ! सतर्क हुनुपर्ने ठाउमा हुने नै छौ ।‘’
यी दुई चिठीहरु, आफ्ना कर्तब्य कर्मका लामा लाइनहरु सबै फनन्न चलचित्रको पर्दामा देखेझैं भएपछि मैले आफू अगाडिको क्षणिक रमाइलो संसारलाई लात हानेथें त्यस क्षण ।
‘’सरि आई उडनट लाइक टू जोइन विथ युओर एफिएर ।‘’
म कुदिरहेको थिएँ । कम्पनिमा पुग्नलाई हतार भइरहेको थियो । पूर्वी दिशाबाट सूर्य रातलाई चिर्दै उज्याला किरणहरु फैलाउदैं थिए झलमल्ल जीवनझैं उज्यालो । म साइकल पेलिरहेको थिएँ, पेलिरहेको थिएँ ।
सम्प्रति: संयुक्त अधिराज्य बेलायत
(तात्कालिक भर्जिन मिलाग्रोसा युनिभर्सिटी, फिलिपिन्समा अध्यनरत हुँदा समकालीन साहित्य माघ-फागुन-चैत:२०५८ बर्ष १२,अङ्क २, पूर्णांक:४४ मा मेरो पहिलो कथाको रुपमा छापिएको हो )
No comments:
Post a Comment