रामहरि पौड्याल
भरतपुर १२/१९३, चितवन
सुन्दर शान्त र हराभरा प्रकृति,
मान्छेको बस्तीमा हाँसेको छ,
जगतका सामू नाचेको छ |
बाँडेर आफ्ना मृदु
मुस्कानहरु |
प्रकृति सजिएकी छ धर्तीभरि
मौसम अनुकूल,
मौसम प्रतिकूल |
बसन्तमा हासिदिन्छे,
शरदमा सहिदिन्छे |
गृस्ममा सेतै फुलिदिन्छे,
हिमाच्छादित धर्ती बनेर |
सहनुको अर्को नाम धर्ती
रहेछ,
सहनशीलताको अर्को नाम
प्रकृति रहेछ |
आदिकालदेखि अनादीसम्म,
धैर्यशील क्षमाशील प्रकृति
|
अपरम्पार छ, प्रकृतिको
बरदान !
ऋषिमुनिहरूको तपोभूमि,
शिबभगवानको क्रिडा भूमि
कैलाश,
जीव जन्तुहरुको घना जङ्गल
...
सबैसबैमा लोभी मान्छेले
धावा बोल्यो,
हेरिरह्यो प्रकृतिले
अहंकारी मान्छेको जीजिविषा |
सहिरह्यो प्रकृतिले
निक्रिस्ट मान्छेका कर्तुतहरु ,
फाँडीए बनजंगल,
खनिए खोस्रिए पहाड
पर्वतहरु,
खनिजहरुका नाममा,
तेल भण्डारणका नाममा |
दिन दुई गुणा रात चौगुणा,
प्रकृति रित्तीई रहेकी छ
प्रकृति सिद्धिरहेकी छ |
प्रवाह छैन अघोरी मान्छेहरुलाई
लुछिनु लुटिनुको
सीमान्त कहिले ?
प्रकृति हेरिरहेकी छ अघोरी
हातहरुलाई
प्रकृति देखिरहेकी छ
निर्लज्ज मनहरुलाई |
प्रकृति सहिरहेकी छ आफूमाथिको
बलत्कार,
मात्र मेरो कवी मन हात जोडी
रहेछ,
प्रकृति बिर्सेर कैलेई पनि
प्रतिसोधको सुनामी नहान !
प्रकृति बिर्सेर कैलेई पनि
प्रतिसोधको सेन्डी नफ्याँक !!
सम्प्रति: संयुक्त अधिराज्य बेलायत
No comments:
Post a Comment