बिर्सुं भन्छु
रामहरि पौड्याल
भरतपुर १२/१९३, चितवन
बिर्सुं भन्छु जति जति सम्झी आउछ उति उति
निर्मोही तिमीलाई,
निर्दयी तिमीलाई |
कसम हाम्रो कसम प्रीतको
भुलियो कसरि बाचा त्यो सँगै
मर्ने र बाँच्नेको ?
भुल्छु भन्छु जति जति झनै
घुमि आउछ उति उति
तिम्रो मायालाई,
तिम्रो छायालाई |
सक्तिन हो खोइ किन बिर्सन
सक्दिन
बिर्सुं भन्छु जति जति
सम्झी आउछ उति उति
तिम्रो मायालाई,
तिम्रो छायालाई |
सम्झिन्छेउकी तिमीले पनि
मैले मात्रै हो खोइ ?
हाम्रो मायालाई
हाम्रो कायालाई |
तिम्रो हाम्रो मायाप्रीति
बनपाखाले गाओस्
युग युग सम्म अमर प्रीत
त्यसले छाओस् |
सम्प्रति:संयुक्त अधिराज्य
बेलायत
रचना काल: ४ मे, २०००,
फिलिपिन्स