रामहरि पौड्याल
भरतपुर १२/१९३, चितवन
समय बलवान छ,
समय चलि रहन्छ आफनै गतिमा
समयको चक्रसँगै घुम्दो छ
जीवन |
समयले मान्छेलाई जीरोबाट
हिरो बनाइदिएको छ |
समयले कसैलाई हिरोबाट
जीरोमा झार्दिएको छ |
समय जो कहिलेइ रोकिएन,
समय जो कहिलेइ फर्किएन |
चलिनै रह्यो आफ्नो नित्य
दैनन्दिनीसँगै,
घुमिनै रह्यो आफ्नो नित्य
कर्मन्दिनीसँगै |
इतिहासको विगतदेखि आगतसम्म,
समय कहिले कृष्ण बनेर कंशाधिको
संघार गरेको छ ,
समय कहिले राम बनेर
राबणआदिको बिनाश गरेको छ |
समय कहिले महाभारत हुदैं
कुरुक्षत्रमा धर्मयुध्य लडेको छ,
समय कहिले जिसस बनेर क्रसमा
झुन्डिएको छ |
समय कहिले पैगम्बर त कहिले
बुद्ध बनेको छ,
समय कहिले गान्धी बनेको छ त
कहिले नेन्सन मन्डेला |
सम्प्रति: संयुक्त अधिराज्य
बेलायत
रचनाकाल: २७ अक्टुबर, २०००,
फिलिपिन्स
No comments:
Post a Comment