संघीयता
रामहरि
पौड्याल
थारुवान
/ अखण्ड सुदुर पश्चिम
मधेश
प्रदेश / लिम्बुवान
नेवा / कोचिला .....
गणतन्त्र
/ संघीयता
आउनुहोस
आफुलाई चाहिएको राज्य लिनुहोस्
अधिकार
तपाइको हातमा छ ,
काट्नुहोस
केक काटेझै
यो
देशलाई बाड्नुहोस
हिमाल
/ पहाड / तराइ
आफ्नो
रोजाइ !
हामीलाई
भोट चाहिएको छ
हामीलाई
नोट चाहिएको छ
नयाँ
प्रदेशको मुख्यमन्त्री चाहिएको छ
बाहुन
क्षत्रीको हातबाट यो देशको सत्ता
अतिसीमान्तक्रीत
जनजाती , दलीत पीडितको हातमा ल्याउन
हामीलाई
भोट दिनुहोस -
तपाइलाइ
हामी राज्य दिन्छौं
भेडाहरुको भीडले ताली पिट्यो
नेता
मुक्ति प्रसाद हाइ हाइ !
नेता
लाल बहादुर हाइ हाइ !!
नेता
यादब / नेता चौधरी / नेता राइ , लिम्बु
, ...
एकसे
एक नेता निक्लिए ...
नागरिकता
खुकुलो पारियो
छिमेकबाट
साला , जेठान , सबैलाई नागरिकता बाँडियो
उताबाट
गाउँ पंचायत हारेकाले यता भबिष्य देखे मुख्य मन्त्रीको
सहयोगको
नाममा छिमेकबाट सहयोग आइलाग्यो
डनडा
, गोलि , बर्साउने चलाउने सबै आयातित
राजदुत
, मन्त्रि देखि दिल्ली सम्मको
आशिर्बाद
देश
टुक्राउने धम्कि खुलेयाम !
बाउनको घरमा आगो लगाउने
पहाडेहरुलाई
मधेशबाट खेद्ने
थरुहटबाट
कर्मचारी लखेट्ने
राष्ट्र
सेबकहरुलाई भाला रोप्ने
पारीबाट
भाडाका मान्छेहरु आयात गर्ने संस्कृति
खोइ
नेपालीपन काहाँ गयो ?
सुस्ता
खोसियो , लिपुलेक दुखि रहेको छ
कोहि
छ आवाज उठाउने ?
कोहि छ चित्त दुखाउने ?
आज
संघीयताको नाममा एउटा जिल्ला एता उता हुँदा
आगो
बाल्नेहरु किन बोल्दैनन देश मिचिंदा ?
किन
बोल्दैनन देश थिञ्चिदा ?
संघीयताको नयाँ बोर्ड झुण्डाउदैमा देश बन्छ ?
यति
सानो देश यति तन्नम रास्ट्रले त्यो खर्च धान्न सक्छ ?
एउटा
भूकम्पले / एउटा बिमान स्थलको अबरुद जहाज हटाउन
बिदेशी
गुहार्नु पर्ने हाम्रो बधय्ता !
कसरि
बन्छ देश अनेक टुक्रामा चिरेर ?
सामर्थ्य
/ पहिचान / आत्मा निर्णय सहितको अधिकार ?
सदियौं
देखिको हाम्रो एकता
पुर्खौं
देखिको हाम्रो अभिमान
सांस्कृतिक
धरहोर
धर्मभीरु
नेपाली जनता
लादिएको
निरपेक्षता
नब्बे
प्रतिसत ओमकार परिवारका मान्छेहरुको
बिश्वास
र आस्थालाई ,
पश्चिमाहरुको
पैसा र इसारामै
समाप्त
पारिदै छ |
देश
बन्न बनाउन लिखित संबिधान नचाहिने देश बेलायत हो,
नियम
सानै किन नहोस त्यो लागु हुनु पर्यो राजा देखि रन्क सम्म
लागु
नहुने कुरा संबिधानमा लेखेर के गर्ने ?
चरी र घैंटे पाल्ने हरुले
भ्र्स्टाचरिलाइ कारबाही गर्ने
देश टुक्र्याउनेहरुलाई पार्टीबाट कारबाही गर्ने हिम्मत गर्न सक्छन ?
देशलाई
६०१ को भेडीगोठ होइन ,
एउटा इक्षा शक्ति र राजनेताको खाचो छ !
कुनै
पार्टीको गुलाम होइन देशलाई मायाँ गर्ने
एउटा
तानाशाहा भएनी हुन्छ
देशको
सीमालाई बचाउने
सबैमा
नेपलित्तो जगाउने |