Labels

Total Pageviews

Thursday, August 13, 2015


मरो मनको कलेजीमा तिम्रै नाम लेखें
गीत
रामहरि पौड्याल
भरतपुर १२ /१९३ , बसन्त चोक , चितवन

कहाँ जाउँ सुनाउदै मनको बह सबैलाई
संसार देख्ने परेलीलाई
मायाँ रोप्ने तरेलिलाई
मेरो मायाँ तिमीलाई
जुग जुग जाने
आएको छु तिम्ले आफ्नै  साँचो मायाँ माने
 गाएको छु चोखो मायाँ तिम्ले आफ्नै ठाने |
लाएको छु तिम्रै ...
सजाएको तिम्रो चित्र दिलमा कुँदेको छु
लजाएको तिम्रो शील मनमा सजाएको छु
आऊ आज बाचा गरौँ  अजम्बरी प्रीतको
आऊ आज बाचा गरौँ नमूना रीतको
तिम्रो हाम्रो मायाँ दुनियाले गाओस
तिम्रो हाम्रो मायाँ भिर पाखाले लाओस
मरो मनको कलेजीमा तिम्रै नाम लेखें
हजार ती आखाँ माहा तिमीलाई देखें
आफ्ना सबै पीर जति तिमीलाई पोखें
कति कति आए मेरा हात समाउन
कति कति धाए मेरा बात लगाउन
मरो मनको कलेजीमा तिम्रै नाम लेखें
हजार ती आखाँ माहा तिमीलाई देखें  |
मुटुको यो ढुक ढुकीमा तिम्रै नाम सुनें
दिलको यो धुक धुकिमा तिम्रै नाम गुने |


सम्प्रति : संयुक्त अधिराज्य बेलायत

No comments: