प्रकृतिको विपत्तिले सर्बनास भछु
दिनदिनैको कम्पनले थिलो थिलो मछु |
हेर्दा हेर्दै ढल्यो मेरो अग्लो धरहरा !
किन कामिन मेरी आफ्नी प्यारी बसुन्धरा
त्यहि थियो बाँकी मेरो अग्लो स्वभिमान !
आज गिर्यो मेरो आफ्नो बाँकी अभिमान
देख्दा देख्दै खस्यो मेरो बसन्तपुर दरवार !
कतिको भो दुरदशा छैन घरबार |
हिजोको म करोडपति आज सडक छाप
प्रकृतिलाई नाजिस्काउँ लाग्ने रैछ पाप |
क्षमाशील प्रकृतिलाई मेरो कामना छ
उठ्छौं हामि ढल्यों आज भोलि मजबुत बन्दै
ढले पनि घर हाम्रो मन ढलेको छैन
घर मात्रै ढलेको हो बन डढेको छैन
अलिकति चर्किदैमा हामी सकिदैनौं
ढलेको त्यो धरहरा फेरी उठाउछौं
परिश्रमी हातहरु सबै जुटाउछौ
अग्लो अज मजबुत बनाएर जुट्छौ
अग्लो अज मजबुत बनाएर जुट्छौ
बिर्सिएर मतमतान्तर अगि हामी बढ्छौं
सम्झिएर यो दुर्दशा फुट्नु हुन्न हामी |
ढलेका हौँ हामी मात्र उठ्छौं हामी बढ्छौं
बिपत्तिमा फुट्नु हुन्न जुट्छौ हामी बढ्छौं |
आज हामी नजुटे भोलि हामी हुन्नौं
आज हामी नखुले भोलि हामी हुन्नौं |
ढले मेरा मठ मन्दिर ढले सत्तलहरु
उठाउछु अब मेरा सबै देबस्थलहरु |
जीवनभरको दुख मेरो ढल्यो आफ्नो घर
काहाँ जाउँ रुदै आज भक्कानिदै पर |
कहाँ बस्ने कहाँ खाने केहि अब छैन |
रोपौं अब सिर्जनाका नौला बालि हामी
फलाएर धर्ति आफ्नै पौरखले
फुलाएर धर्ति आफ्नै पौरखले
पसारेर हात कति दिन पुग्छ ?
अर्काले बोकेर कति दिन पुग्छ ??
सम्प्रति: संयुक्त अधिराज्य बेलायत
सम्प्रति: संयुक्त अधिराज्य बेलायत
No comments:
Post a Comment