कथा
रामहरि पौड्याल
भरतपुर १२ /१९३ , बसन्त चोक, चितवन
'ओण्डरफूल! होलिडे '
सच् अ लब्ली प्लेस !
ट्रियुलि प्याराडाइज
!!
गत हप्ता मनाएको होलिडे माहात्म्य सुनाउदै जस्मिनले अर्को पिन्ट कार्ल्सबर्ग
बियर थपि | उसका होलिडे
बखानमा कान थाप्दै पिटरले अर्को पेग व्हिस्की थप्यो | मान्छेहरु झुम्मिए
होलिडे सुन्न सुनाउन बिदाको शनिबार "हङ्ग्रि हर्स" साउथ लिनको नयाँ
पब भरिभराउ देखिन्थ्यो त्यस दिन |
रोबोटिक जीवन शैलीले बेलायतीहरु यान्त्रिक बन्दै
गैरहेका छन् | यो अति यान्त्रिकतालाई समय समयमा
होलिडेले टाल्ने यिनीहरुको खानदानी परम्परा हो | कार्यालयमा , पबमा बाटाघाटामा, जमघटमा मान्छेका
बीच हुने कुराकानीको एउटा ठुलो हिस्सा होलिडे
हुने गर्छ |
लब्ली मिल , क्रुज
सपिङ्ग , बिच
डिस्को , पब
फूटबल , म्यानचेस्टर
युनाइटेड , लिभरपूल, बार्सेलोना, रियल मर्डिड…
रुनी , रोनाल्डो , मेस्सी, नेमार ...
युरेपेली हरुका गफका पोकाहरु | एउटाले राम्रो भन्यो सयौं खनिए त्यहाँ | अर्कोले फ़किङ्ग क्र्याप ! भनिदिए पछि शुरु भो त्यसको
बर्बादी | हजारौं मान्छेले एकैचोटी जान छाड्चन | त्यसको बिजनेश
रातारात सखाप | कस्टुमर सेटिस्फ़्यक्सन ! बिजनेस नाप्ने
ब्यारोमिटर |
हरेक कार्यालयले आफ्ना कर्मचारीलाई बर्षको
अनिबार्य ४ हप्ता पे होलिडे दिनु पर्ने यहाँको नियम | त्यो पे होलिडेमा
रमाइलो गर्न कहाँ जाने के गर्ने त्यो हरेक बेलायतीहरुको चर्चा र चासोको बिषय |
बर्ष भरि गोरुले जस्तै जोतिए पनि ४ हप्ता मोज गरेर फ्रेश हुने यिनीहरुको आम
चलन |
क्रुज हनिमुन ! सामुन्द्रिक टापुमा
एकान्तिक रमाइलो हरेक नब यौबनाहरुको सपना |
जोन र जेनिशा हुनाहार बेलायती नौजबान , नबबिबाहित | भर्खरै आफ्ना लामा
लामा सिंगल लाइफ बाट प्रणय सुत्रमा बाधिएका | दुवै जना दुई चार असफल लिभिङ्ग टुगेदर बाट गुज्रदैं एकापसमा जिन्दगि बिताउने बाचा सहित हनिमुन मनाउन लागेको उत्साहित जोडी थियो त्यो |
हर्षले उफ्रेका थिए त्यसदिन तिनीहरु
सम्झेर आसन्न यात्राको रोमान्चकता | तीन हप्ता लामो त्यस रोमान्चकारी हनिमुन तिनीहरुको जीवनकै
एक अभिस्ट थियो लामो समय देखिको |
पासपोर्ट, सन् ग्लास , सन् स्किन लोसन , इन्सुरेन्स कभर लेटर , डलर , युरो , ......... तिनीहरुले सारा
चेक गरे | आफ्नो बहुप्रतिक्षित होलिडे अत्यन्तै हर्शातिरेक दैनन्दिनीसंगै पछ्याई रहे | मनाइ रहे आफ्नो महोत्सब | सुनौला जीवनको
स्वर्णद्वार थियो त्यो तिनीहरुको बैबाहिक जीवनको | भर्खरै फुल्दै र
फक्रदै रहेको त्यो दाम्पत्यको नमुना फूलबारी थियो | नयाँ नयाँ परिपाक , नयाँ नयाँ सुगन्धले बसन्त झैं पल्लवित हुँदै थियो | नीलो आकाश नीलै अपार
समुन्द्रमा सुर्यका चम्किला किरणहरुको
पराबर्तनले त्यसमा छुट्टै परमानन्द
थपेको थियो | मधुयामिनिका तीन हप्ताहरु तिनीहरुका
जीवनका सर्वोत्तम क्षण भएर दिलका कुनामा
सजिएका थिए | हर पल हर क्षणलाई तिनीहरुले छातीका पत्र
पत्रमा भरेका थिए एउटा मीठो इतिहास सम्झेर
| हरेक दिन तिनीहरुका लागि एउटा नयाँ उत्साह नयाँ उमङ्ग छाडेर
बिशाल क्रुज समुन्द्रको आफ्नो तुफानी यात्रामा लम्किरहेको थियो | महासागरको उत्ताल तरङ्गमा आफ्नो लक्ष नापिरहेको थियो | हजारौं यात्रुहरुलाई निर्दिस्ट लक्ष तर्फ़ कुदाइ रहेको थियो | सबै उत्साही यात्रुहरु आआफ्नो औकात र आबस्यकता अनुसार
जीवनकै त्यो अनुपम सामुन्द्रिक यात्राको महाआनन्दमा हराइरहेका थिए | क्षितिजमा अस्ताउँदो
सुर्यको अलौकिक दर्शनका लागि सबैजना क्रुजको छानामा झुम्मिएका थिए | बियरको चुस्कीमा बैभवशाली
त्यो क्षण लाई आफूभित्र समाहित
गर्ने होडबाजी चलिरहेको थियो | कोहि त्यो
परमानन्दमा आफैंलाई बिर्सेर प्रेममा लिप्त देखिन्थे सबैलाई बिर्सेर |
व्हाट अ लब्ली सन् सेट !
चियर्स ! चियर्स !! चियर्स !!!
क्रुजको माथिल्लो डेकमा सन् सेटको मनमोहक माधुर्यलाई पिउंदै सबैले खुसि साटे आ आफ्नो इक्षित पेय
हल्लाउंदै |
क्लिक! क्लिक!! फोटाहरुको उपक्रम !
सेल्फी! भिडियो ! एउटा ठुलै भीड त्यो
मदकतालाई छोप्दै थियो आ आफ्ना शैलीमा |
क्षितिज
सुनौला बनेर चमिकिरहेको थियो आफ्नै सौन्दर्यमा | अस्ताचल
सुर्य आफ्नो अन्तिम आभा प्रस्फुटन गरेर
त्यस दिनाकलागी बिदा माग्दै थियो धर्तीसंग
|
त्यो जोडीले आफुलाई रोमियो जुलियेट ठाने | सौभाग्यशाली प्रेमीको रुपमा आफुलाई ठड्याए प्रेमको इतिहासमा
|
म कति भाग्यमानी !
तिमि भन्दा म धेरै भाग्यमानी !!
यो हनिमुन क्रुजको हाम्रो अपुर्ब
होलिडेका लागि तिमीलाई कुन शब्दले धन्यबाद टक्राउ जेनिशाले आँखा चिम्म पारी | उसलाई किस गर्न अगि बढेको जोन एक्कै चोटि क्रुजको भित्तामा ठोक्किदै समुन्द्रमा झर्यो
उसको पेलाइले दुबैजना हुत्तिए
बिशाल समुन्द्रमा | आकाश चम्कियो !
मेघ गर्जियो!! भर्खरैको सुन्दर द्रिस्यलाई चुनौती दिदैं |
मौसमको अचानक खराबीले असन्तुलित त्यो बिशाल
क्रुज हुत्तिएको थियो आफ्नो नियमित रुट बाट | त्यो दुवै संयोग कसरि
क्षण भरमै भयो ? सबै आतंकित भै रहे यात्राको थप अबधि भर | कसरि ती अभागी
जोडीकै छेउबाट गुज्रियो त्यो भयङ्कर दुर्घटना ? कसैले कल्पना सम्म
गर्न सकेन | तथापि क्रुजको र्यापिड इमर्जेन्सी रेस्पोंडले
चमत्कार गर्यो तिनीहरुलाई क्षण भरमै समुन्द्रबाट निकाल्यो | आबस्यक उपचारका लागि नजिकैको क्यारेबियन हस्पिटल दौडाइयो |
महिनौं दिनसम्म आइ सी यु मा राखेर
तिनीहरुको उपचार भयो | क्यरेबियनको स्टेट हस्पिटलमा | भगवानको
अनुकम्पाले बाल बाल मरेर बाँचेका तिनीहरु हस्पिटलको औसधि उपचारको रकम सुनेर
तर्सिन्छन | तीन लाख पाउण्ड !
दुर्घटना बिमा गरेका तिनीहरुले ट्राभेल
इन्सुरेन्स क्लेम गर्छन | लामो समयको लफडा , अनेक पेपर ,प्रमाण , टर्म्स एण्ड
कन्डिसन लगाएर इन्सुरेंसले तिनीहरुको बिमाको पैसा नतिर्ने निर्णय गर्दछ | यो सुनेर उनीहरु अवाक हुन्छन | कति दुखले जीवन
भरको कमाइ लगाएर बनाएको घर बेच्नु पर्छ | काम बाट हात धुनु
पर्छ | मोर्गेज तिर्न नसकेर बैंकले बस्दै आएको घर रिपोसेज गर्दिञ्छ
| तिनीहरु घरको न घाटको हुन्छन | हिजोको सुन्दर
होलि डे आज एउटा जीवन भरको ठुलो
डिज्यास्टर बनेर तिनीहरुलाई पोली रहन्छ |
युरोप अमेरिकाका होलिडे लबरहरु संसार भरि
जान्छन आआफ्नो एड्भ्यनचर पुरा गर्न | हरेक मान्छेका आ
आफ्नै सोख हुन्छन होलि डे मनाउने | कसैलाई समुन्द्रको
किनार , बिच , सर्फिङ्ग मन पर्छ
त कसैलाई जंगल सफारी | कसैलाई सपिङ्ग , ठुला ठुला मल | कसैलाई ट्रेकिङ्ग , हाइकिङ्ग , माउण्टेरिङ्ग , बाइकिङ्ग | कसैलाई डिस्को .
पब त कसैलाई करे स्पाइस , एउटा एउटा कुराले
त्यो देश खोज्दै सोध्दै मान्छेहरु
ओइरिञ्छन | लाखौँ मान्छेहरुका यस्ता अनन्त होलिडे डिस्टिनेसनमा कैले कहीं नराम्रो घटी
दिन्छ | त्यसले पर्यटकको अनबरत यात्रालाई पुरै नरोके पनि एउटा सन्
सनि फैलाई दिञ्छ क्षण भरमै | प्राकृतिक प्रकोप , मानवीय दुर्घटना , यान्त्रिक गडबढी
देखि कैले काहीं नीच मानसिकताको शिकार हुनु पर्छ होलिडे प्रेमीहरु |
मेरा आँखा अगाढी अनेकौं त्यस्ता होलिडे
दुर्घटनाहरु एक पछि अर्को खेल्न थाल्छन स्मृतिको पर्दामा |
बिचरा युरोपेली , अमेरिकी , जापानी कोरियनहरु
जसका देशमा मृत्यु दर एकदम कम छ , दुर्घटना कम हुन्छ तिनै देशका मान्छेहरु बिरानो देशमा
रमाइलो गर्न जाँदा अनेक थरि होलिडे डिज्यास्टरमा
परि मरेको खबरले म दुखि भै रहन्छु |
जेनिस र जेनिसाले भावपूर्ण शैलीमा आफ्नो होलिडे डिज्यास्टर सुनाइ रहंदा
स्थानीय पब पुरै स्तब्द हुञ्छ एक छिन |
हामी धेरै दुखि छौं ! गड ब्लेस यु !!
सबैले संत्वोना को मलम लगाइदिञ्छन त्यो
जोडीलाई | सबैले हग गर्छन
त्यो दुखि जोडीलाई | गोराहरुको भिडमा म एउटा गहुँ गोरे एसियन पबको कुनामा बसेर
बेलायतीहरुको होलिडे क्रेजलाई सुन्ने बुज्ने प्रयास गरिरहेको छु | एउटा कथा मिल्छ्की भनेर ढुकी रहेको छु |
नेपालको अन्नपुर्ण सर्किटको पदयात्रामा गएका
बेलायती टिन एजरहरु हराई रहेको खबर | सगरमाथाको
एभालाञ्चमा हराई रहेका अमेरिकनहरू |
फेवातालमा डुबेकी पोल्यनड्कि युवती ...
माइक्रो दुर्घटनामा ज्यान गुमाएका
कोरियनहरु |
बाडिमा बगाइयेका चाइनिजहरु ....
इन्डियामा रेप भयिकी बेलायति महिला
समाचार सम्रेसन गर्न जाँदा जेहादी हरुको
फन्दामा परि ज्यान गुमाउनेहरु ..
मेरो मन अशान्त हुञ्छ | किन यस्तो हुञ्छ दुनियामा ? तथापि मान्छेको
होलिडे क्रेज लाई यस्ता ससाना घटना परिघटनाहरुले कैले रोक्न छेक्न सक्ला र ? मेरो मनमा आइरहने एउटा प्रस्न !
आशा गरौँ एउटा सभ्य समाजको आशा गरौँ एउटा उत्तरदायी
समाजको जसले यस्ता भाबितब्यमा परेकाहरुलाई बचाउन सकोस न्याय दिलाउन सकोस र सकोस
निस्फिक्री घुम्ने डुल्ने मनोरंजन गर्ने सबैको नैसर्गिक अधिकारको रक्षा गर्न |
म पनि मिसिंछु त्यो लाइनमा हग गर्दै
भन्छु ! तपाइहरु त कम्तिमा बाच्नु भो तेत्रो दुर्घटनामा | दुई सय बर्ष देखि
बेलायतलाई एउटा इमान्दार फौजीको रुपमा आफ्नो ज्यानको बाजी राखेर लड्ने गुर्खाजहरुको
देश नेपाल आज भुइचालाको प्रोकोपले रोइ रहेको छ | प्राकृतिक
प्रकोपले थलिएर दशौँ हजार मान्छेको चिहानमा , लाखौं मान्छेको
ढलेका घरहरुको खण्डहरमा परिणत भयको छ र पनि हामीले फेरी उठ्ने जुट्ने र लडेको
आफ्नो देशलाई अझ बलियो रुपमा उठाउने जमर्को गरेका छौं | तपाईंहरु युरोपेली बेलायती मान्छेहरु एउटा घर, एउटा होलिडे
डिज्यासटरले नडराउनुहोस भन्दै बलियो हग गर्छु |
गड ब्लेस नेपाल !
गड ब्लेस गुर्खाज लेण्ड !!
थ्याँक्यु ह्यारी ! भन्दै बलियो आलिंगनमा बाँधिन्छन त्यो
जोडी |
सम्प्रति: संयुक्त
अधिराज्य बेलायत
No comments:
Post a Comment