रामहरि पौड्याल
भरतपुर १२/१९३, चितवन
डारमलाई युरोप जाने र पैसा कमाउने भूत सवार भयो । कोसोभोको गृह युद्धबाट अल्बानियामा शरणार्थी भएको उसलाई जीवनदेखि बैराग्य लाग्यो युरोप घुस्न पाए जीवन बदलिँदो हो उसले कल्पना गर्यो ।
.. तर पुग्ने
कसरि ?
पाउने कसरि त्यहाँको रिफ्युजी सुबिधा ??
उसका मनमा सुखी जीवनका
मनेक्ष्याहरु घुमी रहे । उसका साथी
संगातीहरु एक पछी अर्को युरोप भासिदै गए । लामो डरलाग्दो सामुन्द्रिक जलयात्राबाट इटली
हुदै तिनीहरुको युरोप यात्रा शुरु भयो । माछा मार्ने सस्तो र जोखिमपूर्ण जलयात्रामा ती
नौजवानहरुको डफ्फा होमियो परदेश यात्रामा ।
के त्यो भयङ्कर त्रासदीपूर्ण
जलयात्रा जीवन मरणको यात्रा थियो ?
एकातिर गृह युद्धले जर्जर बोस्निया, सर्बिया,कोसोभो,मोन्टीनेग्रो,
मेसोडेनिया र अल्बेनियन क्षेत्रका दारुणिक यथार्थता । अर्कातिर सुखी जीवन र सुनौलो भबिस्यको चाहमा
युरोप पुग्ने सस्तो तरिका । खतरापूर्ण सस्तो जलयात्रा । बीचमा अन्यमनस्क र अनिर्णित ऊ दुबैतिर चुनौतिहरु थिए जीवनका । आफ्नै घरबाट खेदिनु पर्ने मारिनु पर्ने चरम
यथार्थ । अर्कातिर सस्तो माछामार्ने डुंगामा
खचाखच मान्छेहरु । कुनै सुबिधा छैन लाइफ जाकेटको, सेफ्टी
बोट, सेफ्टी तौर तरिका अपनाइएको छैन त्यो अबैध जलयात्राको खतरापूर्ण यात्रामा
होमिएका सयौँ यात्रुहरुलाई इटालीको पोर्ट सम्म सकुशल पुर्याउला त ? जीवन दुर्घटनै दुर्घटना बिच
संयोगले बाँचिने एउटा नियति जन्य खेल रहेछ । यही सम्झेर उसले आफूलाई समाल्यो यात्रा भरि । महासमुन्द्रको मध्य तटमा कुदी
रहेको त्यो माछा मार्ने जहाजले आफ्नो गन्तब्य बिरायो । ठूलो आधिबेहरिले तिनीहरुको
यात्रामा अबरोध पुर्यायो । बिस्तारै जहाजले आफ्नो सन्तुलन गुमायो र ढल पल ढल पल गर्न थाल्यो । सबैले भगवानको नाम लिए । डर र भयले त्राहिमाम
तिनीहरुको चित्कारले बातावरणमा एउटा बिभत्स दृश्य देखियो एड्रियाटीक समुन्द्रमा । अल्वानियाको राजधानी तिरानाबाट इटालीको दक्षिणपूर्वी तट ब्रिन्दिशीको सामुन्द्रिक तट
तिर लम्किएका तिनीहरुका महत्वाकांक्षी जलयात्रा धरमराइ रह्यो उर्लदो जल तुफान संगै
। फैलिदो सामुन्द्रिक रफ्तारको बायु बेग संगै । मेघ गर्जन सहितको सामुन्द्रिक
आधिबेहरी तिनीहरुको जीवनमा बज्रपात भएर मडारी रह्यो निकै बेर ।
कतिबेरनै थामोस त्यो सानो
जहाजले त्यति धेरै मान्छेहरुको असन्तुलित वजन ?
हेर्दा हेर्दै जहाज डुबि छाड्यो समुन्द्रको
बीचमा । आँखै अगाडी आफ्ना दौतरीहरु बिशाल समुन्द्रमा हराएको त्यो क्षण उसलाई
डरलाग्दो सपना जस्तो लाग्यो । टाइटानिकको जस्तो बिभस्त दुर्घटना आफ्नै अगाडि
देख्दा उसको होस् हराएको थियो ।
ऊ कसरि बाँच्यो त्यो
महाप्रलयबाट ?
यो एउटा दैवी चमत्कार थियो ।
पौडी खेल्न जान्ने दुई चार जना मात्र बाचेका थिए । हामीलाई बचाएका थिए संगसंगै
आइरहेको अर्को जहाजका परोपकारी मान्छेहरुले । यसरि संजोगले बाँचेको ऊ इटालीको
पोर्टमा मिल्क्ययिएको थियो । उसका जस्तै सपना साँचेर आएकाहरु समुन्द्रको गहिराइमा भासिएका थिए सदाकालागी । इटालीको सामुन्द्रिक तटमा
त्यहाका इमिग्रेसनका पुलिसहरुबाट बच्दै र भाग्दै कसरि रातारात ऊ जंगल, पहाड भिर
पाखा छिचोल्दै भोको पेट, तिर्खाएको आँत र लुगलुग काम्ने हात गोडा लिएर मिलान आइ
पुगेको थियो । कहाँ जाने के गर्ने केहि थाहा थिएन । न अंग्रेजी बोल्न आउथ्यो नत गोजीमा
टन्न दाम नै थियो । त्यत्रो पैसा पानीजहाजको यात्रामै टक्र्याएको थियो । लन्डन छिर्ने उधेस्यले ऊ
मिलानबाट पेरिस हुदै फ्रान्सको Calais (केलेज) भन्ने ठाउको जङ्गलमा आइपुगेको थियो । जहाँबाट युकेको लागि फेरीमा
लरीहरु लोड गरिन्थ्यो । सयौँ लरिहरु आफ्नो पालो पर्खदैं त्यै केलेजको जङ्गलमा आराम गरिरहेका हुन्थे ।
केलेजको त्यो जङ्गल तात्कालिक इलिगल इमिग्रेसनको हब पोइन्ट थियो युरोपबाट युके छिर्ने । तिनै लाइनमा बसेका मालवाहक
लरी भित्र पुलिस, ड्राइभर सबैलाई छक्काएर कुसलतापुर्वक लुक्दै डोवर पुग्ने सपना नै
त्यहाँ रहेका हजारोँ शरणार्थीहरुको दाउ हुन्थ्यो । जीवनको एउटै लक्ष ।
केलेजको जङ्गलमा महिना दिन
बस्दा डारमले संसार भरिका ऊ जस्ता शरणार्थीको लामो लाइनमा सबैलाई देख्यो । नेपालीहरु थिए, पाकिस्तानी,
बंगाली, इन्डियन, चाइनिज, भियतनामी, भुटानी, थाई, अफ्रिकन काले देखि, बोस्नियान,
सर्ब, युगस्लाभ सारा थिए त्यहाँ । हरेकका
आ आफ्नै हृदयबिदारक कहानी थिए परदेश यात्राका । हण्डर र ठक्करहरु थिए आआफ्नै
जीवनका । तथापि लक्ष थियो युरोपको । सुखी जीवनका मनेक्षा शरणार्थी जीवनको प्रारम्भ
उनीहरुको उत्कट अभिलाषा थियो ।
रातको चकमन्न अध्यारोमा लरीमा
लुकाएर डोवर हुदै युके छिराउने दलालहरु पैसाको सौदाबाजीमा घुमिरहेका हुन्थे । पैसा
तिरेर तर्नु पर्ने त्यो तटीय अबैध कार्य स्वयंमा अर्को खतराको सुमेरु पहाड थियो । कुनै पनि बेला तटीय पुलिसको
चेकिंगमा परिन सकिन्थ्यो । कुनै पनि बेला लरिभित्रका सामानको खातको बिशाल भण्डारमा
निसासिएर मरिन सकिन्थ्यो । अबैध तरिकाले बोर्डर क्रसिंग गरेको आरोपमा कोस्ट
गार्डले गोलीले उडाइदिन सक्थ्यो । केहि पनि हुन् सक्थ्यो कुनै पनि बेला । एउटा
सानो मात्र गल्ति काफी थियो जीवन लीला समाप्त हुनलाई । हजारौँ मान्छेहरुको त्यो
शरणार्थी कुम्भले केलेजको जङ्गल एउटा नारकीय समसान बन्दै थियो । दुषित पानी,
पर्याप्त खाना र सरसफाइको कमीले बिदेशीहरु बिरामी हुन्थे दिनहुँ ।औसधोपचार्को कुनै
व्यवस्था त्यहाँ थियन । सधै मारपिट , झगडा, हानाहान त्यहाका दैनन्दिनी थिए ।
महिनौं पछिको प्रयासमा ऊ
लरिभित्र बसालियो भेडा बाख्राझैँ । टनाटन सामानले भरिएको लरिभित्र दलालले २०जनालाई
कोचेको थियो । चेकिंगमा नपरोस भनेर तिनीहरु माथि ठूला ठूला कार्टुनहरु राखिएका थिए
। सानो ठाउ त्यसरी कोचिएर घन्टौंसम्म बस्नु पर्दा कतिले लरीको तेइ अन्धकारमा
निसासिएर आफ्नो अमूल्य जीवन समाप्त पार्दथे । दलाललाई के को मायाँ उसले पैसा
बुझीसकेको थियो हरेकसँग ।
फ्रान्स र युके जोड्ने
सामुन्द्रिक तट डोवर छिरेपछि तिनीहरु दलालकै आज्ञा अनुसार त्यो लरिबाट निकालीन्थे
भेडा बाख्राझैं । निसासिएर मरेकाहरु खोल्सामा मिल्क्याइन्थे ।महासमुन्द्रमा
हुर्याईन्थे । सौभाग्यले बाँचेकाहरू
युकेको इमिग्रेसनमा लाम लाग्थे शरणार्थीको निबेदन बोकेर । द्वन्दग्रस्त क्षत्र
प्राथमिकतामा पर्ने हुँदा सबैले आफूलाई समय सापेक्ष संसार भरिका त्यस्ता नाम
लिन्थे । सन् १९९० पछिका सबैले कोसोभो, युगस्लाभिया, बोस्निया, अल्वानियाका नाम
लिन्थे । नेपालबाट आउनेहरु मावोबादी पीडित, भुटानी शरणार्थी, श्रीलंकनहेरु तमिल,
लिट्टे पीडित, पाकिस्तानी, इन्डियनहरु लोस्कारी तोइवा जम्मू कस्मिरका
प्रिथाक्तावादिको नाम लिन्थे । आफ्नो जीउ ज्यान र मानवाधिकार असुरक्षित बताउथे
आफ्नो शरणार्थी निबेदनमा ।
मानवाधिकार र प्रजातन्त्रको
मसिहा ठान्ने बेलायतले त्यस्ता धेरै निबेदनको अध्ययन गरेर आफूलाई जायज लागेका
केहीलाई बेलायतमा बस्ने अनुमति दिन्थ्यो । धेरैलाई आफ्नो देश फर्किन आग्रह
गर्दथ्यो । शरणार्थी स्ट्याटस पाउनेको भाग्यले कोल्टे फेर्थ्यो तिनीहरुले सबै
अधिकार पाउथे बेलायति नागरिक सरह । नपाउनेले देश फर्किनु पर्थ्यो निश्चित समय
भित्र ।
डारामको पहिलो निबेदन
अस्वीकृत भयो । तथापि ऊ देश फर्केन । दोस्रो निबेदन नाम र देश फेरेर गर्यो गुमनाम
शरणार्थी । यस्ता निबेदनको क्रम चार चार पल्ट भिन्न भिन्न नाम र भिन्न मुलुकको
गर्दा पनि ऊ असफल नै भै रहयो सधैं नै । ऊ भित्रको बिदेसिने जिजीबिषा झन झन ससक्त
भएर उर्लिरहेको थियो । देश फर्केर पनि गरोस् के उसको संसार द्वन्दग्रस्त थियो ।
सन् १९९५ को द्वन्दमा सर्ब सेनाले बोस्नियाको शहर स्रेब्रेनिकामा हज़ारों मुसलमानहरुलाई
एकै चिहान बनाएको घटनामा उसका सबै परिवार मारिएका थिए । ऊ नितान्त एक्लो थियो
दुनियामा तथापि उसैले पाउन सकेन शरणार्थीको सुबिधा ।
पुलिसले समाते कुनैपनि बेला
उसलाई देश फर्काइर्दिन्थ्यो । यसरि सधै समतिनी डरले कति दिन बस्नु परदेशी मुलुकमा
? एउटा उपाय गर्नु पर्यो रिफ्युजी बाहेकको ।
डाराम एउटा लोकल नाइट क्लब
भित्र छिर्यो । ‘शिकागो रक क्याफे’ त्यहाँ भित्रको वातावरण उत्तेजित थियो ।
म्युजिकको कोलाहल, पिउने पिलाउनेको उपक्रम, कोहि मस्त थिए गफमा, कोहि झुम्दै थिए
संगीतमा । संसार आआफ्नै थियो । उसका लागि त्यो वातावरण सर्बथा अनौठो थियो । जातले
मुस्लिम ऊ अर्कै दुनियाको बासिन्दा थियो । लजालु ऊ एक पिन्ट बियर लिएर त्यो रमाइलो
दृश्य हेरी रहयो ।
बेला बेलामा म्युजिकको गति
बढ्दै जान्थ्यो मान्छेहरु तातिदै डिस्को लाइटको चम्काईसगै एकाकार हुन्थे मानवीय
भेलमा । त्यहाँ कुनै प्रकारको बिभेद थिएन । सबैजना उत्कट रुपमा नाची रहेका थिए ।
झुमी रहेका थिए । कसैले कसैलाई पैलेई देखि चिन्नु पर्दैनथ्यो त्यो नाचमा, त्यो
मानवीय भिड एक अर्कालाई चाहनेहरुको संगम स्थल थियो । रमाइलो गर्ने हप्ता भरिका
आफ्ना थकाइ र मनका गरुंगा भरिहरु बिसाउने रमाइलो चौतारी थियो पश्चिमाहरुको ।
यु आर सो हेन्डसम !
आइ लव युयोर डार्क कलर !!
आइ एम ‘डोना’ यानी
डोनालिन.........
त्यो उत्कट भिडमा एउटी
तरुनीले उसको हात समाई र आफूतिर निम्त्याई डान्स फ्लोरमा । ऊ यन्त्रवत उसको पछि
लाग्यो नजाने पनि उसको हात र कम्मर समाउदै घुम्न थाल्यो अरुहरुले गरेझैं । ऊ
लज्जावती झार झैँ लजाएको थियो र रातो भएको थियो । त्यो अनेपेक्षित नारी
सन्नीकटताले उसलाई अप्ठ्यारो महसुस भैरहेको थियो ।
एकछिन पछि म्युजिक थोरै सुस्त
भयो । डोनालिनले उसलाई अर्को ड्रिंक अफर गरि उसले लजाउदै स्वीकार्यो अर्को पिन्ट
बियर । बियर समाउदै तिनीहरु डान्स फ्लोरको अलि पर एकान्तको सोफातिर बढे । मलाई
एउटा अशल मान्छेको मायाको खाचों छ । उसले अफ्नो बिगत फुकाउदै गई ...
म सिंगल मम हुँ । मेरो दुई
छोरा/छोरी छन ६ बर्ष र ४ बर्षका । उनिहरुका बाउ म स्वयम्लाई पनि थाहा छैन । ती
मात्र एकदिनको रमाइलोका प्रतिफल थिए । म मात्र १४ बर्षकी थिएँ एउटा छिमेकीले चुरोट
किन्दियो, टेक अवेमा फास्ट फूड किन्दियो, म्याकडोनाल्ड लाग्यो, केएफसी, सिनेमा
सम्म पुग्दा म प्रेग्नेंनट भएँ । त्यो थाहा पाएर त्यो भाग्यो सहरबाटै । मलाई
त्यसको कुनै डिटेल थाहा थिएन । टिन एजर ममका धेरै गाह्रा समस्याहरु सँग जुद्धा
जुद्धा म थाकें जीवन देखि । बेलायति ठिटाहरु केवल मेरो शरीर चाहान्छन, बैश चाहान्छन,
र चाहन्छन मात्र ओन नाइट ..... म त्यसरी कैले सम्म बिकु ? भोलि बुढी हुँला ऐले
जस्तो बैशको उन्मादी सकिए पछि कसले मलाई फर्किएर हेर्ला ? म अव सेटल हुँन चाहान्छु
कोहि संग; जसले मलाई यी बच्चाहरु सहित स्विकारोस । उसले डारमतिर प्रेमको हात बडाइ ।
डारमलाई पनि त्यै चायिएको थियो बेलायत बस्नलाई आधिकारिक मान्यता । पटक पटकको
रिफ्युजी निवेदन अस्विकार भएको आलो घाउ बल्जिरहेको थियो उसको हृदयभरी ।
दुई चार त्यस्ता नाइट क्लबका
नियमित भेट पछि तिनीहरुले कोर्ट म्यारिज गरे । हिजोसम्मको इलिगल डारम अव बेलायति
पत्नीको डिपेनडेन्ट भयो । बेलायतमा बस्न पाउने भयो । कानुनी रुपमा काम गर्न पाउने
भयो । हिजो सम्म प्रेमको खोजीमा मात्र आफ्नो
अमूल्य यौवन दर्जनौँ ठीटाहरुको ओछ्यान बनाऊनु पर्ने बाध्यता बाट मुक्ति
पाएर डोनालीन दङ्ग थिइ । ती दुवै एक आपसमा खुसी भै रहे ।साना बच्चाहरुले पनि आफ्नो
ड्याडी पाएका थिए । मायामा जाती, भूगोल, भाषा र रङ्ग गौण चिज भएको संदेश दिई रहे
ती दुई अन्तरास्ट्रिय जोडीले ।
सम्प्रति: संयुक्त अधिराज्य
बेलायत
No comments:
Post a Comment