Labels

Total Pageviews

Friday, July 17, 2015

आस्था ढले छैन
गीत
रामहरि पौड्याल
भरतपुर १२ /१९३ , बसन्त चोक

आज रोयो हाम्रो हिमाल
देश ढलेको देखि
आज रोयो हाम्रो पाहाड
ढलेका ती मठ मन्दिर देखि
आज रोयो हाम्रो तराइ
खण्डहर भै नासिएको   धरहरा देखि
प्रकृतिले हामीलाई लात हानेनी
धरतीले हामीलाई बात लाएनी
ढलेका हौँ हामी मात्र
भोलि उठ्छौं  बढ्छौं
हाम्रो आफ्नो पौरखले
नब निर्माण थाल्छौं
घर मात्र ढलेको हो बाँकी छ है भर
उठाउँदै धरहरा , ठडाउदै घर
मठ मन्दिर ढले पनि आस्था ढले छैन
स्वाभिमान हाम्रो उचा देउता ढले छैन
हिजो हाम्ले बिर्सेकै हो भवन सम्यिता
आज हामीले नबिर्सीयु  बातावरण धर्मिता 
प्रकृतिलाई हामीले नै टोक्ने बनायो 
विपत्तिले हामीलाई झुक्ने बनायो
क्षमाशील प्रकृतिले गरिदेला माफ
पुजा गरौँ बनाउदै  बाताबरण साफ |
आपत्तिले हामीलाई जुट्ने बनायो 
भूकम्पले हामीलाई सबक सिकायो 
प्रकृतिले चाहे पछि लिँदो रैछ फिर्ता 
धाक नलाउ ठूलो घरको ठान्दै आफन्तलाई पाखे 
हेर आज एउटै बास सबैलाई तिर्पालमा राखे 
तिम्रो धाक बैभबको तीस सेकेन्ड रैछ 
बाँकी रने जीवनमा सुकर्म नै रैछ 
आऊ बाचा गरौ ! संगै अगि बढ्ने 
आऊ आज हात मिलाउँ अझ अगि बढ्ने |

 सम्प्रति : संयुक्त अधिराज्य बेलायत


Friday, June 12, 2015

तिमि आए हुन्थ्यो
गीत
रामहरि पौड्याल
भरतपुर १२ / १९३ , बसन्त चोक , चितवन

मेरो मनको संघारमा तिमि आए हुन्थ्यो
मेरो तनको झन्कारमा तिमि छाए हुन्थ्यो
बादलुको घुम्टो पारि परदेशमा छु म
समुन्द्रको किनारैमा तीर्खा खप्दै छु म
नरिवल र ताडीका ती सलक्कका रुख
चारैतिर हरियाली मनभित्र दुख
कसले बुझोस् दुर्देशमा तनभित्रको ज्वाला
दुख्दो रैछ छातीभरि स्वदेशको माया
फूल्दो रैछ छातीभरि आफन्तको छाया
पोले पनि घामै जाति पिटे पनि आमै
दुख सुख त्यस्तै रैछन आफ्नै देश जाति
रंगीचंगी संसारमा कृतिम छन् सब
फेसन र ग्ल्यामरको दुनियाँ भो अब
मेरो मनको संघारमा तिमि आए हुन्थ्यो
मेरो तनको झन्कारमा तिमि छाए हुन्थ्यो
..........................

रचना काल: ३ नोभेम्बर, २००२ फिलिपिन्स
तिमि मेरी  प्यार !!!
गीत
रामहरि पौड्याल
भरतपुर १२ / १९३ , बसन्त चोक , चितवन


रहे जीन्दगानी यहि नै छ प्यारो
भए साथ् तिम्रो त्यहिनै छ प्यारो
म हुँ साथ् तिम्रो दिलभित्र भन्दै
गर्छु प्रतिज्ञा तिमि पाउँ भन्दै
खान्छु  कसम यो हेर बार बार !
तिमि मेरी हौ जुगौं वार  पार |
दिलमा बसेकी तिमि मेरी प्यार !
मनमा  बजेकी तिमि मेरी प्यार !!
तनमा भिजेकी  तिमि मेरी  प्यार !!!
आउ समाउ चुम  बार बार
तिमीले समाई  चुमी मात्र दिए
म जित्दछु समर यो हेर बार बार
म बुन्छु नौलो इतिहास बार बार |


रचना काल:  १२ जुन २०१५ , संयुक्त अधिराज्य बेलायत

सोधुँ सोधुँ लाग्यो मलाइ


गाएर ब्यथा जीवनको
गीत
रामहरि पौड्याल
भरतपुर १२ / १९३ , बसन्त चोक , चितवन
बासन्तिको सुबाषमा खेंलु खेंलु लाग्यो
पहाडको छहारीमा  बसुँ  बसुँ लाग्यो
मायालुको फूलबारीमा नाचूँ  नाचूँ  लाग्यो
पीरतिको मैदानमा लूकु लूकुं लाग्यो

सोधुँ  सोधुँ  लाग्यो मलाइ मुटु हुने सित
हाँसु हाँसु लाग्यो मलाई आफ्नै माया सित
भागुं भागुं लाग्यो मलाइ आफ्नै छायाँ सित
खोजुं खोजुं  लाग्यो मलाइ आफ्नै काया सित |

जुन खुसि जुन शान्ति तिमीले दियेउ मलाइ
जुन उत्साहा जुन उमङ्ग तिमीले दियेउ मलाइ
मेरा मनहरु  हरेउ तिमीले गाथमा छुँदा
 मेरा तनहरु हरेउ तिमीले साथमा हुँदा
सम्झेर ती दिनहरु बाचेकै छु म
कल्पेर ती पलहरु नाचेकै  छु म
ममात्रै बाचे र नाचे के नै अर्थ रह्यो र नस्वोर जीवनको ?
बाचू र नाचू  तिमि संगै जीवन  भरि
गाएर गाथा जीवनको |
लाएर प्रीत नौलाख जीवनको
संधैभरि  गाएर ब्यथा जीवनको
जुनीभरि गाएर गीत मिलनको .......

रचना काल: २००१ फिलिपिन्स

Saturday, May 30, 2015


भुकम्प
रामहरी पौड्याल
भरतपुर १२ / १९३ , बसन्त चोक , चितवन

र्ती हल्लाएर आयौ
दुनियाँलाई तर्साएर आयौ
मन मस्तिस्क रिङ्गाएर  गयौ |
दिलका धडकनहरु,
मनका सन्त्रस्त भावनाहरु
जीवनभर नभुल्ने कथा भयो !
मथिंगल दुखाउने  ब्यथा भयो !!

बामे सर्दै गरेको कान्छो छोरो ,
भर्खरै यौबनाबयमा  ढल्कदै  गरेकी किशोरी बहिनी  
गर्भिणी भाउज्यु , धरहरा चढेकी मितिनी
पल्लाघरे , तल्लाघरे  ठुलाबा , कान्छा बा
कोहि बचेनन, कोहि रहेनन् |
  
आफन्तको वियोगमा भक्कानिएको म  ,
मात्र चालिस सेकेन्ड को कम्पनले
जिन्दगि भरको कमाइ गर्ल्याम्ब ढलायो आखाँ अगाडी
बाटो काट्दै गरेका बटुवा
टहरोमा बस्ने गरीब छिमेकी
त्यहि भीमकाय घरका शिकार बने
कसरि बिर्सुं त्यो त्रासदी
आँगनमै आफन्त पुरिएको
गुहार ! गुहार !! गुहार !!!
सुनेर पनि हात बढाउन सकिन मैले
ढल्दै गरेको देखेर पनि समाउन सकिन मैले
त्रसित भ्रमित , मान्छेहरुको भिड
र एक्लो निरुपाय म !
प्रकृति कति शक्तिशाली  छ  ?
मान्छेका सेखिहरु मात्र केहि सेकेन्डमा झार्न सक्ने
कहिले सुनामी बनेर, कहिले सेण्डि भएर
कहिले हाइटी बनेर, कहिले गुजरात बनेर
कहिले चाइना बनेर, कहिले जापान बनेर
! मान्छेहरु हो प्रकिर्तिलाई माया गर
बातावरण लाइ पुजा गर
धर्ती मातालाई इज्जत गर
न लुछ , न चुंड न कोपर धर्तीलाई  
खनिजको नाममा , इन्धनको काममा |
पालना गर धर्ती का नियमहरु
पालना गर भवन सम्यिता
पालना गर बिज्ञ हरुको भुकम्प प्रतिरोधतालाई  |
बस्तीहरु बनाउन पुर्ब योजनाहरु  तर्जुमा गर
माटो , बाटो र आधुनिक प्रविधिलाई पालना र  परिक्षण  गर |
आज मात्र ढलेका छौं
आजमात्र  टुटेका छौं
भोलि हामि उठ्नु पर्छ
भोलि हामी जुट्नु पर्छ
मात्र नेपाली भएर
मात्र हिमाल पहाड र समस्त तराइ भएर
हामी आफ्नै खुट्टाले टेक्न सकौं
हामी आफ्नै हातले नब निर्माण मा जुट्न सकौं |
अर्काको भरले टेक्दा
अर्काको भरले उठ्न खोज्दा
हामी फेरी लड्ने छौं
हामी फेरी टुट्ने छौं
त्यतिखेर ढिलो भैसक्ने छ
धेरै ढिलो
हामी फेरी कहिलेइ नउठ्ने गरे ढल्ने छौं
हामी फेरी कहिलेइ नजुट्ने गरि फुट्ने छौं |
हाम्रो असतित्तो समाप्त हुन सक्छ
हाम्रो बर्चास्वो र स्वाभिमान मेटिन सक्छ |
सिकौं हिजोका कमजोरिहरुबाट
लागौं देश बनाउने महा यज्ञमा |
बिर्सेर हिजोका मतभेदहरु
बिर्सेर हिजोका अभिमानहरु  |
यो अवसर हो नव निर्माण को
यो अवसर हो पुनर्निर्माण को
यो बेलो हो शोकलाई शक्तिमा बदल्ने
यो बेला हो  हिजोका गल्तीलाई  सच्याउने
नयाँ शहर नया बस्तीको नया योजना बसाउने |

सम्प्रति: संयुक्त अधिराज्य बेलायत





Sunday, May 24, 2015

मेरो देश

मेरो देश

रामहरि पौड्याल
वेलायत

 सारै नै राम्रो नेपाल मेरो देश
 नेपाली मेरो  भेष्
जहाँ जाऊ जेसुकै खाऊ
याद आउछ मेरो देश
संसार डुल्दै फुलेछ मेरो केश
जहाँ जाऊ जेसुकै पाउ
याद आउछ मेरो देश
हिमाल होस् वा पहाड मधेश
जहाँ नै म रहू तेइ हो मेरो देश
नेपाली जाती बिरको सन्तान
राख्नु छ आफ्नो नाम
पूर्खाको रगत सिंचित यो देश
 प!रेर टुक्रा नप!रौं बदनाम

(रचना अवधि: २५ सितम्बर २०१०)

पानी


               पानी
रामहरि पौड्याल
भरतपुर १२/१९३, चितवन

पानी जीवन हो समस्त जगको सृस्टि बचाई दिने
पानी निर्मल हो समस्त भवको दृष्टि हँसाई दिने
 बाँच्छन हेर कसोरी मानिस सबै पानी नहुँदामाहाँ
काकाकुल छ देश गाउँ दुनियाँ बादल तिमी बर्सिध्यौ
                  १

पानी त्यो नभए अहो ! जगत त्यो सृस्टि कहाँ चल्छ रे ?
हाँसी खेली रमाउने प्रकृति त्यो वैलाउदैं झर्छ रे
पानीकै बलले टुसाइ फुलने लागे रुनै लौ हरे
पानी मै रहने अहो ! जीवन हो मुसकाउने लौ अरे
                  २

सुक्ता ख्वै सबनै मुहान किन हो पानी त्यसै पर्छ र ?
ढाल्छौ जोडबलै रुखादि सबले पानी त्यसै झर्छ र ?
कालो टम्म अहो ! जमेर नभमा सृस्टि अध्याँरो किन ?
जाउँ हे सबले मिलेर मनले पारौं सपरौं दिन |
                  ३

जोगाए धरती अमूल्य बनले पानी पर्यो झर्झर
लाए है सबले दृढ बचनले पारी हरियो बन
रोपी सुन्दर फूलका झिलिमिली फुल्दा तरेलीहरु
बाँचेरै दुनियाँ बचाउँ सबले हालौं सुसेलीहरु |
                                   

पानीकै छ मीठो सुस्वादु पन त्यो पार्ने अहो ! हर्ह्र्र
पानी नै नपिए समस्त भवमा बाँच्ला कुनै पो नर ?
गाउँ हे सबले पुकारी बलले पानी नहो जीवन
लाउँ हे सबले पुकारी दिलले बृक्षादि हो जीवन |
                  ५