Labels

Total Pageviews

Tuesday, October 25, 2011

मेरो गाऊ


- रामहरि पौड्याल

- भरतपुर १२/१९३, चितवन

हिजोको मेरो गाऊमा आजको जस्तो भौतिक बिकाशले पाईला टेकिसकेको थिएन | मान्छेहरू सिधासाधा नै थिए | एकआपसमा सहयोग सदभाब कायमै थियो | राजमार्गको छेउमै भएरपनि बिकाशका याबत कुराहरुबाट विमूख मेरो सानो गाऊ कुनै बेला आदिबाशी थारु दरैहरुको कर्म भूमि रहेको तथ्य तेसको नामबाटै प्रस्टिन्थ्यो | धर्तीपुत्रहरूले सिंचिएको तेस थारूदरै क्षेत्र बिस्तारैबिस्तारै अतिक्रमणमा पर्यो | पहाडतिरबाट मुग्लान झर्नेहरुको लर्कोसंगै गाउमा पहाडेहरुको भीड बढ्यो | सोझा थारु दरैहरु विस्तारै विस्थापित बन्दै गए | गाऊ सवैखाले मान्छेहरुको संगम बन्यो तथापि जातीय बिभेदले युद्धको रुप लिएन | गाऊ हिडिरह्यो आफ्नै गतिमा | मेरो गाऊ बास्तबमै रमाइलो थियो | राजमार्गले सलक्क बिचमा चिरेको नजिकै हरियाली रमणीय बन जंगलले छोएको तराइको समथर भूमि | ब्राह्मण, क्षत्री, बैस्य र सुद्र सबैको संगम स्थल | देशकै मध्ये भागमा पर्ने जिल्ला हुदै कुद्ने राष्ट्रिय राजमार्ग तेसका बिशेषता थिए | तेइ रुमानी गाउका सोझा गाउलेहरुकोबीच हाम्रो ठूलो परिवार थियो | पश्चिम पाहडतिरबाट पैराले विस्थापित, भाग्यले निस्कासित टुहुराहरूको एक झुण्ड |

म तेइ गाउको उत्पादन थिएँ | इमान्दारीपूर्बक भन्नुपर्दा अभाबका बीचपनि एक किसिमको छुट्टै आनन्द, छुट्टै आदर्शले गाऊ परिपूर्ण थियो | मानबीय भावना र आत्मीयताले भरिपूर्ण थियो | गाउलेहरु मेहनती थिए | आफ्नो काम आफै गर्थे | खेतीपाती देखि गार्हो सांग्रोमा ऐचोपैचो चलथ्यो | चाडबाहडको रमाइलो छुटई थियो | आफ्नो काम आफै गर्नेहुदा सबै स्वस्थ तन्दुरुस्त थिए | एकआपस्मा रीषराग, द्वैषले जरो गाडिसकेको थिएन | गाउ आधुनिक संचार साधनहरुबाट टाढा थियो तथापि मनहरु टाढा थिएनन | पारिवारिक स्नेह, एकापसको सदभाव र सम्मान जीवितै थियो | आफ्नो संस्कृति आफ्नो मौलिक परम्परा जीवन्त थियो | मेरो गाऊ राजनीतिक रुपमापनि नमुनै मानिन्थ्यो | गाउलेहरु बर्षौ अन्धकारमा बसेपनि बिजुलिबत्तिकलागि पंचायतीकालका छोटे साशकहरुसंग कहिलेइ झुकेनन् | बहुदलवाद र प्रजातन्त्रको मागगर्दै मेरा कति बाबा काकाहरूले टाउको फुटाए, जेल नेल सहे तर स्वाभिमान कहिलेइ गुमाएनन् |

हिजोको मेरोगाऊ सम्जदा मलाई एउटा ठूलो गर्वको अनुभूती हुन्छ | सुन्दर, शान्त त्यो मेरो गाऊ मेरालागि अनन्त प्रेरणाको श्रोत बनेर मेरा स्मृतिहरूमा चलचित्रको पर्दामाझैँ फनन्न घुम्ने गर्छ | बिदेशी भूमिबाट आफ्नो त्यो प्यारो गाऊ सम्झदा आफूभित्रको कबि हिर्दय यसरि पग्लिन्छ :

खाई खेलि बढेर मस्त डुलने गाऊ कता गो हरे?
आफ्नो प्यार बिसाउने हिर्द्यको ठाउँ कता गो हरे??
आफ्नै रक्त पनि प्रवाहित हुने माटो त टाडा छरे |
आफ्नै गन्ध मिलि सुवासित हुने बास्ना तेतै चल्छरे ||

हो मैले त्यो मेरो प्यारो गाऊ छोडेको दशकौ भयो | कहिले अध्ययनको नाममा, कहिले काम र तालिमका नाममा म बिदेशीइ रहें | जति जति टाढा हुन्छु तेतिनै मेरो गाउको माया प्रगाढ बनेर मलाई पछ्याइनै रहन्छ | मेरा बाल स्मृतिहरू मानसपटलमा झट्का दिदै पछ्याइरहनछन | अझ चहाडबाहाडमा ती सम्झनाहरु अति कारुनिक भै दिन्छन जसलाई ब्यक्त गर्ने शब्दहरु नै हुदैनन | मन तेसै भारी भएर रसाउछ आफन्तहरुको सम्झनामा |

Xx xx xx xx xx xx xx

आजको मेरो गाऊ हिजोको जस्तो भौतिक विकासले पछिपरेको छैन | सबैखाले सुबिधाले गाऊ परिपूर्ण छ | आधुनिक संचारका सवैखाले उपकरणले भरिपूर्ण मेरो नया गाउ बिकशित सहरोन्मुख छ | गाउका पुराना स्मृतिहरू इतिहासका गर्भगृहमा हराउदै छन् बिस्तार | धानकावालिहरु लहराउने खेतहरु घडेरीमा रुपान्तरित हुदै कंक्रीटको जंगलमा बदलिएका छन् | भैसी आल बस्ने घोलहरु पुरिएका छन प्लटिंगकालागी | गाऊ अब विस्तारै पुरानो गाऊ नरहेर नया ठाउमा बदलिएको छ | हेर्दा हेर्दै कसरि हराइरहेको छ मेरो प्यार गाउको आफ्नै मौलिकता? म भित्र एउटा कौतुहलता जागी रहेछ | गाउको भौतिक विकाससंगै हामीले कति हाम्रा आफ्ना सहरिदयी भावनाहरुलाई बिर्सिरहेका छौ | हिजोको गाउले दिएको सादगी; आझहामी कहाँ पुग्दै छौ? मेरी हजुरआमा आफ्ना नाती नातिनाहरुलाई भन्ने गर्नु हुन्थ्यो :

’’ पढ न पढ़ नानी नगर अलछि बानी!

बेद बिद्या जानी, बाबुको नाम धानी !!

जति सकल पढेउता राजाले मानिएउला !!!,

नत्र उही कुटाको भरले पालिएउला !!!! ’’

मेरो बुवा भन्नुहुन्थ्यो – ‘‘ पढेको मान्छे ज्ञानी, विवेकी हुन्छ |’’ समय आफ्नो गतिमा चिप्लिनै रह्यो | समयको बदलिदो सोरुपसंगै बदलिदैरहे गाउका आफ्ना पूरातन मान्यताहरु | हो ! गाउको भौतिक विकाससंगै हामीले गाऊलाई साबिककै समयमा डोर्याउन सकेनौ | गाऊ हिजोकोजस्तो रहेन अब | गाऊ बदलियो आधुनिकतामा, विलासतामा | बिर्सिईए मूल्य र मान्यताहरु प्रतिस्प्रधात्मक अहंकारसंगै | ठूलो बन्ने झूटो आडम्बरले ग्रस्त मेरो गाऊ कठै ! चाउरिएको छ, झाउरिएको छ | मनहरु फाटेका छन सदीयौ देखि बिचारका नाममा, राजनीतिका नाममा | भाइ फुटेका छन् बाउको सम्पतिमा, बिर्सिएर इतिहास विरासतको | भुलेर गौरव बराजुहरूको | ‘’हैन यो आधुनिक शिक्षाले के सिकायो दुनियालाई? मात्र बनायो मतलबी |’’ जो अगुवा उही बाटो हगुवा? एम.ए. पढेका दुई भाइको लाप्पा एउटा नाथे डोकोमा?? हरे! बाउको सम्पतिमा तिघ्रे छोराहरूको मल्ल युध्द् | गाऊ बास्तबमै बिभाजित छ छिया छिया भएर | कुनै तेस्तो ठाउ छैन जहाँ पुरानो गाउका यादगारहरु देख्न भोग्न पाइयोस | नया पिडिले नया किसिमले हाकेको मेरो गाऊ बाटो बिराएको बटुवाझैँ बिलखबन्दमा परेको छ | गाउ बाहिरबाट बैभवशाली जस्तो देखिएपनि भित्र भित्रै मकिसकेको छ, चर्किसकेको छ | एसका आफ्ना मौलिक बिशेषताहेरु समाप्त भैसकेका छन् | ‘’हैन यी पढेको केटाहरु किन यति बिधि ज्याद्रा हुन्? ‘’ कहाँ गयो त्यो बिद्यारुपी बिनयता? खै तिनले आफूले पाएको आधुनिक शिक्षाले संजाउन सकेको गाऊलाई?बुजाउन सकेको दुनियालाई | देस कता पुग्नेहो ? हिजोको हाम्रो सत्कार र सम्मानको अनुपम नमूना मेरो गाऊ आज द्वेस र प्रतिसोधदले ग्रस्त देखिन्छ | हरेक टोल हरेक परिवार यही महारोगसंगै बिसाक्त भैरहेकोछ | गाउका आदर्श पुरुष मानिने पूरानो पिढी विस्तार सकिदै छन् | हेर्दा हेर्दै ममतामयी मेरी हजुरआमा जानुभो, बेनीमाधव बुवा, डीट्ठा बुवा, कृष्ण बुवा, टंकनाथ बुवा, जानेक्रम खै र रोकिएको ? भर्खरै हामीले तिलक बुवा, इन्द्रबुवा र झारकोटे बुवालाई बिदाई गरेउ | बाकी बचेका धेरै बुवा काकाहरु अनेकथारी रोगबाट ग्रस्थ छन् | मधुमेय, रक्तचाप, डिप्रेसन, कोलेस्ट्रोल...केके हुन् रोगका नामपनि | भौतिक सम्पन्नता संगै देखिएका यी अनेकथरि रोगहरुले गाऊ आक्रान्त छ | हिजो ढुगो खाएपनि पचनेहरु आज थलिएका छन् अनेकानेक महारोगसंगै | आजको मेरो गाऊ एक्लो भएको छ | बाकी छन् बुडाखाडामात्र, तन्नेरीहरू बिदेसियेका छन् | संसारको कुनै देश बाकी रहेनन जहाँ हाम्रा गाउका तन्नेरीहरु नपुगेका हुन् | पढेलेखेकाहरु अमेरिका र युरोपतिर नपढेका हरु अरब, मलेसिया, सिंगापुर, जापान, कोरियातिर भासिएका छन् | कोहि भाग्य्मनिहरुलाई डिभी परेको छ अमेरिकाको, कोहीलाई मिलेको छ शरणार्थी भएर बस्न पाउने अबसर युरोपतिरको | पुरै देशबाट हाई टेक जनशक्तिहरु बाहिरिरहेको बेला मेरो गाऊ किन चुप बस्थ्यो र ? गाऊ रित्तिएको छ, गाऊ सिद्धीएको छ सबै रुपमा | यसरी बिदेसिदा दङ्ग परेका हामीहरु ऐले कमाईरहेको डलर देखेर जतिसुकै उफ्रिएपनि पछि कुनै दिन गाउको याद कसो नआउला र ? पश्चिमा संस्कृतिले विसंगतिकारुपमा निम्त्याउने सामाजिक संस्कारको पतन्नोमुख यथार्थ भोगेर आफ्नै गाऊ फर्कनु परे ? त्यो मेरो प्यारो गाऊलाई बचाइराख्ने कल्ले? यो मेरो गाऊलाई पैलेको जस्तै उदारनीय बनाउने कल्ले? यिनै अनुत्तरित यक्ष प्रश्नहरु बिदेशी भूमिमा मेरासामु खेलि रहेका छन् खेलिरहेका छन् |

सम्प्रति: संयुक्त अधिराज्य बेलायत

शिक्षा: एम. एस. एम. ई / बि.एस. इलेक्ट्रिकल इंन्जीनियरिंग

जन्म: भरतपुर,१२/१९३, चितवन

गरिमा,मधुपर्क, समकालीन साहित्य, मिर्मिरे, अभिव्यक्ति, तन्नेरी,बिमोचन आदि पत्र पत्रिकाहरुमा दर्जनौ कथा, लेख रचनाहरु प्रकासित

इमेल: rhpoudyal@gmail.com

2 comments:

ram said...

very nice Ramhari dai.

Avay Shekhar said...

ramro lagyo malai ta bhinaju...