बेलायती बाढी
कथा
रामहरि
पौड्याल
भरतपुर
१२/१९३, बसन्त चोक, चितवन
आज ग्रेट आउज नदीमा ठुलो बाढी आएको छ | मेरा स्मृतिका बाढीझैं | हन्स्ट्याण्टनको सामुन्द्रिक तटसंग जोडिएको यो टाइडल रिभर
किङ्ग्स्लिन एरियाको सुन्दरता हो | सामुन्द्रिक द्रिस्य बिर्साउने | बिचको सुन्दरतालाई सम्झाउने | समुन्द्रका उत्ताल तरंगहरुसंगै यसका आकारहरु क्षण भरमै
बढ्ने र घट्ने हन्छ | बिहान शान्त हुन्छ | बेलुका सामुन्द्रिक छालसंगै
सम्मर सुर भएर उर्लिन्छ | ग्रेट आउज समुन्द्रझैँ लाग्दछ बिशाल | सेलरहरु, बोटिङ्गका
पारखीहरु , माछा मार्नेहरु सबैलाई आकर्षित गर्दछ ग्रेट आउजले | टाउन सेन्टर र वेस्ट लिनलाई जोड्ने सानो फेरी (पानीजहाज )
ब्यस्त हुन्छ मान्छेहरु ओसार्न |
जगरहरु , रनका फ्यानहरु |
कुकुर
डुलाउनेहरु |
नदी
किनारमा हराउनेहरु |
फोटोका
पारखीहरु |
म्याराथुनका
तयारीमा रनर हरु |
स्केटिङ्ग्मा
रम्नेहरु |
सबै
सबैलाई लोभ्याउने / मायाबी त्राटक फैलाउने
यो रमणीय
नदि किनार हो सबैको !
टेलिफोनको
घन्टी बज्यो-
टिनिन्न !
टिनिन्न !!
टिनिन्न !!!
दौडिएर उठाउछु |
टेलिफोन एलर्ट !
साउथ लिनको ग्रेट आउज नदीको छेउ छाउको एरियामा
ठूलो बाढी आउंदै छ |
सतर्क रहनु होला |
सम्पर्कमा बस्नु होला |
महत्तोपुर्ण सामानहरु भुँइ तलामा नराख्नु होला | मुल गेट र ढोकामा बेरियरकोलागि बोरामा बलुवाहरु ठिक्क
पार्नु होला |
सुरक्षित स्थानमा जानु होला |
इन्सुरेन्सको
पोलिसी सम्बन्धि कागजातहरु ठिक्क पार्नुहोला ।
होम
इन्सुरेन्स ! कन्टेन्ट इन्सुरेन्स !!
इन्सुरेन्स
कम्पनीको कन्ट्रयाक नम्बर !
आफ्नो
पोलिसी तम्तयार राख्नुहोस ।
इमर्जेन्सी
फर्स्ट एड किटहरु ठिक्क राख्नुस ।
आफुलाई
चाहिने अति आबस्यकीय बस्तुहरुको यथोचित भण्डारण गर्नुहोला ।
चन्चल मन | हतास मनस्थिति | अस्थिर दैनन्दिनी | के होला ? कसो होला ?
इमेल खोल्छु सबैभन्दा माथि तेइ इन्भाइरोमेण्टल एजेन्सीको
फ्लड एलर्ट ! त्यहि व्योहोरा ! त्यहि साबधानी !! मोबाइलको म्यासेज देखेर खोल्छु
त्यहाँ पनि त्यहि फ्लड एलर्ट ! त्यहि व्योहोरा ! त्यहि साबधानी !! म तिरमिराउछु | होइन आज बढीले बडार्छ कि क्याहो ?
हरेक घण्टा घन्टामा इन्भाइरोमेण्टल एजेन्सीको फ्लड एलर्ट !
त्यसबाट हुन सक्ने जन धनको क्षतिलाई
न्यूनीकरण गर्ने राज्यको पूर्ब तयारि | पूर्व सतर्कता | इन्भाइरोमेण्टल एजेन्सीको चुस्त दुरुस्त आफ्नो काम प्रति म छक्क पर्छु | मलाई आफ्नो देशले हरेक बर्ष खेप्ने यसप्रकारका बाढी पैरो र
तिनले निम्त्याउने बर्बादीको द्रिस्य आँखाभरी आउछन तुलनमा |
यस्तै छिटो छरितो बाढी ब्यबस्थापन, प्राकृतिक बिपत्तिहरुको ब्यबस्थापनको कार्य कौशलता मैले
सिक्ने केहिले ? मेरो देश ले पाउने कहिले ? नमरुन अनाहकमा मेरा आफ्ना बा काकाहरु , मेरा आफ्ना मामा , माइज्युहरु , भाइ बहिनीहरु ........ कसै कसैले भोग्नु नपरोस यस प्रकारको
बिपत | बाढी , पैरो | पूर्व जानकारीहरु उपलब्ध हुन् | बिपत आइ परे तुरुन्त उद्धार होस् सबैको | राज्य पुगोस तुरुन्त | मैले कामना गरि रहें आफ्नो देशको सम्भाव्य बिपत सम्झेर | दुई हात जोडी रहें प्रार्थनामा |
बाढी आउदै छ ! मनभरी एउटा सम्भाब्य सन्त्रास बोकेर बाच्नुको
पीडा | काममा जानै पर्यो | केटा केटीलाई स्कुल पठाउनै पर्यो त्यहि खोलाको छेउ | तेइ ग्रेट आउजको किनारै किनार जानु पर्ने नानीहरुको व्हाइट
फ्राएर्स चर्च अफ इंग्ल्याण्ड एकेडेमी | कतै ह्वात्त बाढी
आइपुग्ने त होइन ? मनभरी एउटा सन्त्रास बोकेर स्कुल पुर्याउदै गरेको मेरो मनमा
खेलेका भावनाहरु |
नेपालका बाढीहरु स्मृतिमा नाच्छन | सम्मर सुर भएर बढेको नारायणी , तर्साउने बनेर लम्केको खगरी र मुटु धड़काउने गरि आउने कयर
खोला | कयर खोला संगको मेरो निकटता | मेरो प्यारो मामा घर | कयर खोलाको उहाँहरुको सानिधय्ता | मेरो बुवाले बाँके बर्दियाको जगासंग तेइ कयर खोला साटे
पछिका हाम्रा दिनहरु सबै सबै स्मृतिमा खेल्छन |
कयर खोलाले जग्गा लग्यो | कतिको उठिबास गर्यो | मैले कैले सुनिन त्यस्तो फ्लड एलर्ट ! मैले कैलेइ भोगिन
राज्यको त्यो नमुना उपस्थिति | मैले कैलेइ देखिन तटबन्ध नियंत्रंका लागि चालिएको दीर्घ
योजना | मेरो
बुवाले दुख गरेर रोपेका सिसौका हजारौं बोटहरु बाढीले बगाएको क्षण | दुख गरेर रोपेको खेत बगरमा परिणत हुँदाको दुख | सम्मरसुर उर्लेको कयर खोलालाई
बेल्छिको पुलबाट निरूपाए हेरिरहनु परेको बिबस क्षण | मेरा स्मृतिमा ताजा भएर खेल्छन | देशबाट हजारौं माइल टाढा बेलायतको यो बिकशित मुकुक सम्म पनि | आखिर प्रकृति कति शक्तिशाली छ क्षण भरमा बिनास निम्त्याउन | त्यसले कुनै भूगोल भनेर छुत्त्याउदैन | बिकसित अविकसित देश भनेर रोज्दैन | आट्यो प्रकृतिले भने सकियो सबथोक | मान्छेका अहंकारहरु ठूलो भनी लाग्ने दम्भहरु मात्र केहि
क्षणका झुट्टा प्रलाप हुन् |
बार
बर्षमा खोला फर्किन्छ भन्ने उखान चरितार्थ भएको थियो त्यो क्षण | कयर खोलाले त्यो आफ्नो
बिभस्त रुप हरेक बार बर्षमा देखाउंदै आएको कुरा मेरा आमा मामाहरु सुनाइरहनु
हुन्थ्यो | म
जन्मेको साल पनि कयर खोलाले मेरा मामाघरमा ताण्डब निर्त्य देखाएको थियो रे | मेरी आमाले सुत्केरिमा
माइतबाट पाउने न्यानो मायाँ समेत त्यो साल पाउनु भयेनरे ! म जन्मदै लुरे थिएँ रे | स्यार नपुगेको मलाइ कयर
खोलाले समेत ठगेको बिर्तान्त आम बताउनु हुन्थ्यो |
कास्की
सल्यानको पैराले हाम्रा पुर्खालाई खेदेको कुरा मेरी हजुरआमा र बुवाले भन्नु
हुन्थ्यो |
कयर
खोलाले धेरैलाई घरबार बिहिन बनाएर नयाँ मुलुक बर्दियातिर खेदेको कुरा मामा हरु
भन्नु हुन्थ्यो |
बाढी
संगको मेरो बिरोधाबास सायद नियति नै थियो कि ?
नेपालबाट
हजारौं कोस टाढा भएपनि मेरा मनमा देश गाउँ घर र तिनका वरिपरि घट्ने यस्ता
प्राकृतिक प्रकोप , बाढी
पैरो तिनले निम्त्याउने जन धनको क्षति घुमी रहन्छन बाल स्म्रीतिलाई
उजागर गर्ने गरि |
हरेक
घण्टा घण्टामा आइरहने टेक्स्ट म्यासेज , बजी रहने टेलिफोनको घन्टी , र दिक्क लाग्दो एउटै फ्लड एलर्टले आक्रान्त म | काममा छु | भेटिएका सबैले फ्लड कै कुरा
गर्छन | ग्रेट
आउज नदी सम्मर सुर भएर आइरहेको
बताउञ्छन |
साउथ
लिनको ब्रिजको माथि नै आइ सक्यो !
टाउन
सेन्टर भित्रै पसी सक्यो !!
इट्स
रियल्ली स्केरी !
अर्काले
थप्यो फ्लड माहात्म्य |
अशान्त
मनोदशा बीच काममा जोति रहेको म |
फ्लडबाट
बच्न सेन्ड ब्याग किन्न आएको सबै सकिएछ |
लाञ्छ आज
फ्लड़ले अर्काले भाबिस्यबाणी गर्यो |
पचास
वर्ष अघि पनि किन्ग्स्लिन मा यस्तै ठुलो बाढी आएको र मान्छे समेत मरेको इतिहास
सुनायो अर्काले |
सन् २०१५
मा बाढीले बेलायतको ५ बिलियन पाउण्ड बराबरको क्षति भएको तथ्यांक सुनायो अर्का
बुज्रुकले |
बाढी ग्रस्त नदीहरुको लेभलको सहि तथ्यांकलाइ
आंकलन, जमिनको
सतह , मौसमी
पुर्बानुमान सबैलाई एनलाइज गरेर गरिने फ्लड एलर्टले धेरै जन धनको बिनासलाई रोक्न
सकिँदो रहेछ |
कुन दशा लागेर
खोलाको छेउमा घर किने छु पश्चातापमा बर्बराइ रहेको म |
दौडिस
खोलाको छेउमा ?
देखियो
तेरो बिउटिफुल लेन्ड स्केप ?
गेयर १०
के ...
म्याराथुन
......
दौडी अब
खोलै खोला !
पौडेल
खोला खोला दौड़ेल !!
म
भित्रको 'म' ले खिसी गरि रह्यो |
कामको
बाँकी दुई घण्टा मलाइ दुई जुग लागि रह्यो त्यस क्षण |
मनभरी
सन्त्रास बोकेर हुत्तिदैं घरतिर लाग्छु । बाटामा मान्छेहरुको भीड ग्रेट आउजको
किनारा भरि देख्दा मुटु ढक्क भएर आउँ छ । मनभरी साना छोरीहरु श्रीमतीको
तस्बिर नाच्छ । श्रीमतीले त भनेकी थिई सबै सामान माथि राख बाबा
। फ्लड एलर्ट आको आइ छ । तर मैले त्यस्ता फ्लड एलर्टलाई सधैं झैं
सामान्य ठानेर पेलि दिएको थिएँ । पहिले सुरुमै नदि किनारैमा पुगें
। मान्छेहरु हात हातमा टर्च लाइट बोकेर उर्लंदो ग्रेट आउजलाई नियाल्दै थिए
।
आकास सफा
थियो । टाढा टाढा ताराहरु चम्किरहेका थिए । तिनको चम्काई फैलिएर बिशाल भएको ग्रेट आउजमा पर्दा त्यो देदिप्यमान देखिन्थ्यो । नजिकैको
रुखहरुमा बास बसेका चरा चुरिंगीहरुको
किरिङ्ग्मिरिङ्ग र जम्मा भएका मान्छेहरुको खल्बल्ले एउटा छुट्टै भबितब्यको आभाष दियो
रातको चक्मन्नातामा पनि ।
व्हाट
अ डिज्यास्टर !
नेक टु
नेक !!
एनी मिनट
...
खस खुस
गरि रहेका थिए । भगवान पुकारी रहेका थिए । भगवानलाई धन्यबाद ! अजैता
बगाई सकेको रैनछ । एउटा लामो श्वाश फेरें मैले । फ्लड
रिस्क एसेस्मेन्ट र प्लानिंग लेभेलमै
इन्भाइरोमेण्टल एजेन्सीसंग सहकार्य गरेर मात्रै नयाँ घरहरु बनाउनु पर्ने अनिबार्य नियमलाई सबैले पालना गर्नाले यस
प्रकारका सम्भाब्य दुर्घटनाबाट ठुलो क्षति हुन पाउदैन ।
रातको चकमन्न शुन्यतामा ग्रेट आउज आफ्नो रौद्र
रुप देखाई रहेको थियो । साराको निँद र खुसि हरेर खित्का छाडेर
हाँसिरहेको थियो सम्मर सुर बनेर । एक बित्ता मात्रले साउथ लिन बाँचेको थियो
त्यस दिन । घर भित्र पस्छु । सबै भयमिश्रित देखिन्छन । समाचार
बिबिसी / फ्लड एलर्ट सर्बत्र देखिन्छ । मिनेट मिनेटको अब्ड़ेट आइरहेको छ
। कुन ठाँउमा बाढी पस्यो । कुन ठाँउमा के कति धन जनको क्षति भयो
। टाउन सेन्टरको कस्टम हाउस सम्मै आयो रे ।
वेस्ट
लिन भित्र पस्यो रे ।
स्पाल्डिङ्ग
खत्तमै भयो ।
................
किन ढिलो
आको ? हामीलाई
कस्तो डर लाग्यो ।घर भरि रुन्चे श्वोर गुञ्जिञ्छ । म सबैलाई
सान्तोना दिन्छु । केहि हुँदैन । एलर्टको समय सकियो । अब नर्मल हुन्छ
भन्दै ।
मनभित्रको
डरलाई लुकाउन्दै
सबैलाई फ़काउछु ।
सम्प्रति:
संयुक्त अधिराज्य बेलायत
No comments:
Post a Comment