कविता (भुजङ्गप्रयात छन्द Iss iss iss iss)
रामहरि पौड्याल
भरतपुर १२ /१९३ , बसन्त चोक , चितवन
म आमा र बाबा दुवै पुज्न पाउँ
दुखे दील
मेरो दुवै भेट्न पाउँ ।।
म बिदेशी संधैं देश बाट टाढा
म पराइ भए किन
दुर आज ? ।।
मेरो आफ्नो गाउँ बनेछ बिरानो
म लेख्छु कथा त्यो पर्देशी पुरानो ।।
बितेका मेरा ती अमूल्य जवानी
पसीना बगाई बिदेशी भुमिमा ।।
फर्किनेछु
रित्तै त्यो जन्मै भुमिमा
सकुला र मैले
खै त्यो ऋण तिर्न ?
मलाई के त्यो
देशले माफ गर्ला
मैले
हात दिएँ देशलाई पर्दा ?
लौ
धिक्कार कसैले मैलाई
गर्दा ।।
अहो भाग्य मेरो पर्देशिनु रैछ
बिताएँ जीवन
खनाएर बैंश
बिर्सेर ती
माटो मुटु रित्तियेछ ।।
खै आमा
र बाबा दुवै बिर्सियेछ
जल्यो देश मेरो ढल्यो कम्प भर्दै ।।
गल्यो देब
मेरो अति क्रोध गर्दै
हेरी बसेछु गर्नै कुनै उपाए नपाइ ।।
मलाई के माफ खै देश गरला
म लाग्छु कि भाग्छु बनाउन देश
सकिन
लाग्छु गरि मुण्डन केश ।।
लेखिन
देशको नाम छाती भरि
देखिन आमाको मायाँ मुटु सरि ।।
केरिन बाबाको प्यार शिर भरि
लेखिन गाँउको माया दिलगरि
मलाई के वात देश लाउला हरि ?
रचना काल ३१ डिसेम्बर , २०१५
सम्प्रति: संयुक्त अधिराज्य बेलायत
No comments:
Post a Comment