असारे
याे नेपाली लाेकलयमा अाधारित छन्द
असारे हाे । यसमा प्रत्येक हरफ १६ अक्षरका हुन्छन् । यसमा ३ + २ + ३ + २ + ३+ ३
गरी १६ अक्षरकाे छन्द विधान तयार पारिन्छ र ५, १० मा विश्राम
हुन्छ । महाकवि लक्ष्मीप्रसाद देवकाेटाकाे मुनामदन यसै छन्दमा अाधारित काव्य हाे ।
जस्तै..
३ + २ + ३ + २ + ३ + ३
.....
क्षेत्रीकाे छाेराे याे पाउ छुन्छ
घिनले छुँदैन
मानिस ठूलाे दिलले हुन्छ जातले हुँदैन
।
हिमाल हाम्रो पहाड राम्रो मिलेर बसेको
कविता (असारे छन्द)
रामहरि पौड्याल
भरतपुर १२ /१९३ , बसन्त
चोक , चितवन
आजको दिन बिर्सेर किन हामीले हिंडेको ?
हिजोको दिन सम्झेर किन हामीले लडेको ?
भबिष्य हाम्रो धेरै नै राम्रो सबैले
गोडेको
माटो त्यो बन्छ मलिलो संधै मिलेर
फोडेको ।
हिमाल हाम्रो पहाड राम्रो मिलेर बसेको
तराइ हाम्रो उर्बर भूमि झुलेर
फुलेको ।
उर्लदै आए त्यो ठुलो हावा हिमाल छेक्ने
छ
कुर्लदै आए उत्तरी बैरी पहाड रोक्ने
छ ।
नगर चिन्ता खानको यहाँ तराइ पाल्ने छ
मिलेर हामी बसेका संधै हिमाली पहाडी
कसैले किन पार्दैछ भ्वाङ्ग हाम्रो त्यो
पछाडी ।
बुजेर मिलौं पैलेको जस्तै नहुँ है पराइ
मधेश हाम्रो मुटु त्यो राम्रो हो
खुट्टा पहाड
हिमाल हाम्रो हो शान राम्रो संसार चिनौने
मिथिला हाम्रो संस्कृति राम्रो हो देश
जनौने ।
लुम्बिनी हाम्रो बुद्धको थलो शान्तिले
सुनौने
मधेशी थारु पहाडी हामी शेर्पा र भोटे
हौँ
कोइ आइ लागे देश यो फोर्न छप्किने
गोर्खे हौँ ।
बाँडेर हाम्रो यो देश राम्रो विभिन्न
जातमा
फाँडेर राम्रो यो हाम्रो बारी विभिन्न
पातमा
नलगौ बिलो बाँडेर खान औंसीको रातमा
नाभागौं आफ्नो छोडेर धर्म बैरीको हातमा ।
छिमेकी हाम्रा अजङ्ग दुई मुख बाइ बस्लान
फालेर पित्को देखाई हात घरभित्र पस्लान
चिनौला भोलि को हुन् ती हाम्रा देश यो
डुबौने
सदियौ देखि मिलेका हाम्लाई यसरि रुवौने
?
सम्प्रति: संयुक्त अधिराज्य बेलायत