Labels

Total Pageviews

Thursday, August 30, 2012

दु:शङ्काको घेराभित्र


दु:शङ्काको घेराभित्र
रामहरि पौड्याल
भरतपुर १२/१९३, चितवन
‘’जान्छिन आज शकुन्तला घर भनी उठ्दो छ चिन्ता अति
प्रीतिको मनमा प्रवाह बहँदा रोकिन्न आसुँ रति
हामी झैं बनावासिको पनि भयो यो गत भने यो घरि
बस्छन धैर्य गरि गृहस्थ कसरि छोरी बिदायी गरि !’’
पण्डित बाले भाका हालेर सुनाउनु भो !
जमदार बाजे बज्यैका आखाँहरु रसाए छोरी सफलाको बिदायी पछि । बातावरणको अहो ! कस्तो नीरव शून्यता । छोरी अन्माउदाको दुखद क्षण।
एउटा ठूलो भारी बिसाए जम्दार बाजेले आफ्नी कान्छी सुपुत्रीको कन्या दान पछि । मनग्य खर्च गरे बुढाले दिल खोलेर ।‘’ ज्वाईं पनि कति राम्रा सुन्दर सलक्क कति मिलेका जोडी !’’ सबैले प्रसंसा गरे ।
सत्र जोर त ताउला, गाग्री, टिभी, फ्रिज, मोटरसाइकल अरु कति कति । केटो भाग्यमानी रैछ यत्रो सम्पति र यस्ती अप्सरालाई पाउने । फेरि टाढा पनि त होइन भरतपुर – नवलपुर ।
‘’बाजेका सबै छोरी भाग्यमानी नै हुन्। जेठी साधना र माइली सजलाको पनि त कम्ति राम्रो छ । बूढाले नाजिकहुँदै च्याट्ट मिलाएर कुरा पट्टाई हाले छन् बिहेको सजिलै ।‘’ छिमेकीहरुका खासखुस चलि नै रहे हप्तौं सम्म ।
आफन्तहरुको फर्किने क्रम सुरु भयो बिहेवारी उम्काएर । सबैलाई कृतज्ञताको अभिवादन र यथोचित दान दक्षिणा सबै सम्पन्न गरे जम्दार दम्पतीले ।
‘’कम्ती त हेरिएन तर नजिकै लेख्या रैछ । भाग्यमानी छे सफला सबैभन्दा । अहो ! यो छोरीको जात सारै गार्हो । अर्काको नासो जिम्बा नलगाईन्जेल मनै पोल्ने । जवान छोरीको बाउ बन्न पनि ठूलै हिम्मत गर्नु पर्ने । यसो तल माथि परे औला ठड्याउने कुरौटे समाज ।‘’ बूढा बुढीको खासखुस चलि रह्यो अवेर सम्म ।
‘’अव छोराको पीर छैन पण्डित बाजे मनोजले आफैँ ल्याए पनि के गर्ने त ? पानी चल्ने जातसम्म ल्याई दिए भयो । हामी दुई बूढा बूढी मात्र त हौँ कति नै बाचौला र ? त्यसपछिको समाज रीतिथिति तिनीहरुकै हो । जे सुकै गरुन स्वतन्त्र छोड्या छु मैले त ।‘’ बूढा हासेँ जोडले ।
उता केटाको घरमा धुमधामसँग सफलालाई भित्र्याइयो । सबै जना दङ्ग । दाइजोको अपार राशी । जेठानीहरु तर्सिए, गाउलेहरुले जिब्रो टोके ।
ओहो ! कति लक्षिनकी बुहारी ..... गुणगानमा फूलबट्टा भरिए ।सासू ससुरा, नन्द आमाजु सबैकी परमप्रिय भइन छिटै नै सफला । कुलीन भनेको कुलीन नै हो । बुढीको धाक धक्कु ।
मधुयामिनिका माधुर्यमा चुर्लुम्ब डुब्छन् ती दुई अनुपम जोडीहरु । आफ्नो प्रोजेक्टको काम सकिने बित्तिकै सुदीप सिधै घर आइपुग्छ, सफलाको प्रतिक्षालाई स्वीकार गर्दै ।उनकै आग्रहलाई बुझेर ती दुई युगल जोडी हनिमुनमा निस्किन्छन् दार्जलिंग, सिलगुडी हुदै आगरासम्म पुग्छन् । ताजमहल हेर्छन् । आफ्नो प्रेमको दाम्पत्यको दीर्घजीवनको कसम खान्छन । जीवनभर एक अर्कासँग कहिल्यै नछुटने , कहिल्यै नफुटने कसम शहाजहाँ र मुमताजको गाउमा प्रेमको नमूना ठाउमा ती दुइले गर्दछन् । समय चिप्लिरह्यो सलल खोलाझैं । तिनीहरुको माया प्रीतिको छाँगो छङ्ग छङ्गयाए झैं ।
तिनीहरुको लोभलाग्दो दाम्पत्य संसारले कति छिमेकका तन्नेरीहरूको गर्मी बढायो । अन्जानमै । सुदीप दङ्ग थियो एकातिर अर्कातिर सफला आफूलाई सफल भएको ठान्थिन दाम्पत्य सुखमा । जमदार बाजेकी कान्छी सुपुत्री उनलाई अभाव के हो कहिल्यै थाहा भएन । उनको बाल्यकाल लाडप्यारमै पुल्पुलिएर बित्यो । बाबुआमाको अनन्त मायाले सिन्चेर फुल्यो ।स्वभावैले चुलबुले चन्चले सफला पढ्नमा भन्दा खेल्नमा मन गर्थिन । कान्छी छोरी भएकीले पनि बुढाबुढीले त्यति हप्कीदप्की गरेनन । प्रवेसिका उत्तीर्ण गराउन कम्ति हम्मे त परेन उनलाई । तैपनि चौथो पटक सफलता पाएकी उनले ठाँटसँग क्याम्पस पढिन ।
बुढाबुढी खुसी थिए, छोरी कलेज गएकिमा । तर उनको मन पाठ्यपुस्तकमा नभएर मायाप्रीतिका सस्ता युधिर थापाका उपन्यासहरुमा र हिन्दी चलचित्रमा उन्मुख भइसकेको थियो ।कितावको बीचमा सानो उपन्यास राखेर उनि रातभर पढ्थिन । बाबुआमा छोरीले कस्तो मन लगाएर पढेकी भनेर खुसी हुन्थे । तर उनि .......... यौवनवयमा चलचित्र र उपन्यासले पार्ने तीब्र प्रवाभको शिकार भैसकेकी थियिन । पारिवारिक सम्पन्नताले त्यसमा मलजल थपी रह्यो । सोझा बुढा बुढीलाई ती सबै कुराको के नै पत्तो  हुन्थ्यओ र ? छोरीको अलि स्वतन्त्र स्वभावको सानो सुइँको मात्र पनि तिनीहरुलाई थिएन । पूराना शैलीका जमदार दम्पतीहरुले त्यस्तो कुनै सम्भाब्य खतराको घन्टी नबज्दै उनलाई कन्यादान गरेर पठाएकोमा ठूलो राहत अनुभव गरिरहे ।
उपर्युक्त वातावरणको परागशेचनपछि बागबगैचामा सुन्दर फूलहरु फुल्न र फल्न थाले । प्राकृतिक बसन्त मुस्कुरायो । बोट बिरुवाहरु नयाँ मुना र हरीत सौन्दर्यले नाच्न थाले । चराचुरुंगीहरुले मांगालिक धुन बजाए प्रेमको मधुवनमा ।
अफिसबाट फर्कदै गरेको सुदीपलाई लजाउदै सफलाले भनिन मेरो महिनावारी .....ऊ उफ्रियो खुशीले आफू बाबू बन्दै गरेको खबर । आफ्नो उत्तराधिकारीको आगमनको खबर । आफ्नो बंश परम्परा कायम गरेको महान खुशियालीको खबर । उसले सफलालाई जुरुक्क उचालेर चुम्बन गर्यो फिल्मी शैलीमा।
ती दुई जोडीहरु बोलि रहे रात भरि ........
छोरा कि छोरी ?
नाम के राख्ने ??
अहो ! कत्रो हतार । लौ अव राम्रो हेरबिचार गर्नु पर्छ... ।
‘’तिमीले अव काम बन्द सफला पुरा आराम गर्नु पर्दछ ।‘’
सासुको निर्देशन । हाम्री सफलाले छोरै पाउछे । त्यस्तै लक्षण छ ।... के गर्ने अरु कसैले नातिको मुख देखाउन सक्या होइनन ।
डाक्टरलाई देखाउदै गर्नु पर्दछ ।....
सफला सबैकी प्रेम र सदभावकी पात्र भइ रहिन दिनानुदिन । उनको यत्रो सम्मान र भाउ देखेर जेठानीहरु भित्र भित्रै कुडीन्थे तर कसको के लाग्दो रैछ र लेखेर ल्याको कुरा । उनीहरुले थुक निल्थे इर्श्याले घुटुक्क ।
प्रेमको बिजांकुरण बढदै गयो तिनीहरुको ।एउटा नयाँ लहर, नयाँ ज्योतिको प्रतिक्षा सबैले गरि रहे समय सापेक्ष ।श्रीस्टी चक्रको एउटा कडी । बंश परम्पराको पुर्खेउली बिराशत बिसाउने एउटा चौतारी । धर्म भीरु हिन्दु समाजका अझ ब्राह्मणहरुको त के कुरा ? छोरै चाहिने पिण्डपानी गर्ने । मर्दा दाग बत्ति दिने । काजक्रिया सम्पन्न गर्ने ... ।
एकदिन अचानक सफलालाई ब्यथा लाग्छ । तुरुन्त एम्बुलेन्स बोलाएर हस्पिटल पुर्याइन्छ । दुई तीन दिनको रेख देख र प्रतीक्षा पछि  सफलाले बच्चा जन्माउछिन सबैले खोजेझैं । रोजेझें ।
चियाँ ! चियाँ !! चियाँ !!!
... छोरो नै  ।
लौ बधाई छ सुदीप भाइ भोज खुवाउनु पर्छ । प्रसुती वार्डमा काम गर्ने सिस्टरहरु उषा र कल्पनाको आग्रह ।
पाठक परिवारको एकल उताराधिकारी नवजात शिशु छोरो । सुदीप खुसीले उफ्रिन्छ हस्पिटल परिसरमै । सफलालाई बधाई दिन्छ पुत्र्रत्न्को उपहारकोलागि ।
बहुप्रतिक्षित नातिको जन्म भएको खुसीले हस्पिटलमा आइपुगेकी उनकी सासु बुढीको अनुहार भने त्यति चम्किलो देखिएन खोइ किन हो कुन्नि ? जति तीब्र उत्सुकता त्यसको  पर्खाइमा थियो । उनि काली देखिईन । खासै उमङ्गको कुनै संचार त्यहाँ भएन । मात्र बलपूर्वक निभाइएको औपचारिकता ।
हैन कति मैना भयो ?
उनले गनिन मनमनै.. जेठ , असार, साउन,...मङ्सिर मात्र सात मैना ।
फेरी गनिन बिहेको मिति सम्झिन । उफ ! उनले आश्चर्य प्रकट गरिन । बच्चालाई हेरिन । राम्रो र पूर्ण स्वस्थ बच्चा । आमाको छेउमै निदाइरहेको थियो यी सारा शंका उपशंकाबाट बेखवर ।
प्रसुती गृहको बेडबाट यी सबै दृस्यहरुलाई देखिरहेकी सफलालाई कता कता चीसो पस्यो सासुको अनपेक्षित व्यवहारले । तथापि नवजात शिशुका सबै प्रारम्भिक कर्म कार्यहरु सम्पन्न भए र नामाकरण भयो ‘’सुसन’’ ।
हैन सफलाले सात मैनामै कसरि छोरो पाई त्यति ठूलो ?.........
कतै बिवाह पूर्वनै कसैको ..........? त होइन । शंकाले तीब्र रुप लियो । एक कान दुई कान मैदान । भ्रमले सबैलाई दिग्भ्रमित बनायो । कसैले त्यसको बस्तुस्थिति जाच्न, बुज्न चाहेन । केवल गाउले हल्लाको खेति पछि तिनीहरु सबै कुदी रहे । सबैभन्दा सासु बुढी अग्र स्थानमा देखापरिन पारिवारिक संग्रामको महारथी बनेर । आफ्नै बुहारीका बिरुद्ध । नवजात सन्ततिका बिरुद्ध ।
सुदीप रनभुल्ल भैरहयो । चक्रब्युहमा फँसेको निरुपाय अभिमन्यु बनिरह्यो । पूरै घरमा आमाको साम्राज्य थियो । उसले न आमालाई नै सम्झाउन सक्यो न सफलालाई नै आस्वस्त पार्न ।
त्यसपछि त सबै खनिए सफला बिरुद्ध । ‘’ मुसो ब्यायो हर्ष न विष्मात ‘’
‘’हेर नकटी लाज नभएकी कसको पाप बोकेर मेरो घर पसेकी ।...
त्यै भएर त त्यो चोर बुढाले सम्पति पेलेको ..........
आफ्नी छोरीको .... छोप्नलाई ।
पाप धुरीबाट कराउछ।..........
पारिवारिक यातनाका यस्ता हजारौं क्ष्यप्यास्त्रहरु ऊ माथि दिनहुँ निर्घात बर्सि रहे । बिचरी सफला किम्कर्तब्यबिमुड बनिन् त्यसै त्यसै । हिजो सम्म रानी मानेर चाट्ने उनको आफ्नो लोग्ने आमा पट्टि लाग्यो क्रमशः ।
जेठानिहरुलाई चाहिएकै तेइ थियो ... उनीहरुले घ्यू थपे प्रज्वलित पारिवारिक अग्निमा । छिमेकीहरु अनेकौं अड्कलबाजिका नयाँ नयाँ किस्साहरु थपे । हिजो सम्मको स्वर्गजस्तो घर आज हेर्दा हेर्दै नारकीय कुण्डमा बदलिदै गयो ।तथापि कतिले सम्झाए – ‘’ त्यस्तो भन्नु हुदैन बाजा बजाएर दुनियाँकासामू अग्निलाई साक्षी राखी जीवनभर साथ दिने कसम खाएर ल्याएकी आफ्नी श्रीमती/ बुहारीलाई । ‘’ त्यस्ता अपवादहरु धेरै छन् हाम्रो समाजमा सात/ आठ मैनामा जन्मिएकाहरू प्रीथिभीनारायण शाह ....पनि त्यसरी नै जन्मेका थिए । डाक्टरलाई राम्रो सँग सोध्न सकिन्छ, जाच्न सकिन्छ, बुझ्न सकिन्छ ।
आगो सल्कीई सकेको थियो कहिल्यै ननिभ्ने गरि । अपमान, अन्याय र अत्याचारलाई सहेरै पनि उनले आफ्नो घर छाडेकी थियिनन केहि समय । तर अतीको सीमा नाघेपछि उनले बाध्य भएर घर छाडेकी थिइन । बुवाले सुम्पेर जिम्मा लगाएको आफ्नो लोग्ने र आफ्नो सर्वस्व......... ।
नुनिला आँसुहरु पिएर अपमानित हुँदै माइतिको कौसीमा उनका यौवनका उत्ताल तरंगहरु बितिरहेछन । तर  दुनियाँ कसैले पनि उनको पक्षमा यथार्थ्तासंग साक्षात्कार हुने हिम्मत गरेन । त्यस प्रकारको बच्चा पैदा हुने सम्भाव्यता र त्यसमा गर्न सकिने साँचो परीक्षणमा  मेडिकल साइन्स के भन्छ ? प्रसुती रोग बिशेषज्ञहरु के भन्छन ? यी सारा अनुत्तरित प्रस्नहरु उनको मनभरी घुमी रहेछन् एउटा जीवनभरकै ठूलो ब्यथा बनेर । उनि अध्यारो कालो महारातमा माइतिको कौसीमा टोलाइरहेकी छन् । आफूमाथिको  अन्यायको कालो टीका पुछिने  सम्भावना खोज्दै, छोराको सुदुर भबिष्य सम्झदै टाsssडाको मधुरो तारा नियालिरहिछन ।
सम्प्रति: संयुक्त अधिराज्य बेलायत
(प्रस्तुत कथा मनोभाव त्रैमासिक वर्ष ८, पूर्णांक ३० असोज २०६० मा प्रकासित भएको हो )

Monday, August 13, 2012


लण्डन ओलम्पिक २०१२ को भब्य समापन
रामहरि पौड्याल
भरतपुर १२/१९३, चितवन

सन् २०१२ को  जुलाई २७ तारीखको साँझलाई अभूतपूर्व बनाउँदै सुरु भएको विश्व खेल महोत्सव लण्डन ओलिम्पिक्सको अगष्ट १२ तारिख लण्डनमा भव्य समापन समारोह सम्पन्न भएको छ।  समापन समारोह ८० हजार दर्शकले भरिभराउ पूर्वी लन्डनको स्ट्राटफोर्डस्थित ओलम्पिक स्टेडियममा भएको हो । उद्घाटन समारोह समेत सोही रंगशालामा भएको थियो ।
ओस्कार बिजेता स्लमडग मिलिनियरका निर्देशक डेनी बोयलको निर्देशनमा भएको  बेलायती इतिहास, संस्कृति र सभ्यतामा केन्दि्रत उद्घाटन समारोह भन्दा पृथक थियो समापन । करिब तीन घण्टा लामो सो समारोहलाई 'ए सिम्फोनी अफ बि्रटिश म्युजिक' उपमा दिइएको थियो । त्यसमा पाँच दशकयताको बि्रटिश पप संगीत गुञ्जियो ।
समापन समारोहका निर्देशक स्टेफेन डाल्ड्रीले यसलाई अहिले सम्मकै उत्कृष्ट पार्टीको संज्ञा दिए ।
लन्डन ओलम्पिकका अध्यक्ष लर्ड कोइले समापन समारोह बि्रटिश संगीतमा समर्पण गरिएको जनाए । समारोहका कला निर्देशक किम गेभिनका भनाइमा उद्घाटन समारोह बिहेको दिन थियो भने समापन बिहे पछिको डिस्को जसमा सहभागी मज्जाले रमे । समापन समारोहमा गुञ्जिए एडेल देखि एल्गरसम्मका संगीत ।
पप स्टार जर्ज माइकल, दि पेट सप बोइज्, म्याडनेस्, जेसी जे, ग्यारी बार्लो, केट बुस, टिनी टेम्प, रे डेभिस् र स्पाइस् गल्र्स समूहको प्रस्तुती पनि कम रोमाञ्चक रहेन ।
समारोहमा पैंतीस सय स्वयंसेवक, तीनसय ८० जना स्कुले केटाकेटीसहित चार हजार एकसय कलाकारले आफ्नो जादु देखाए ।
८० हजारले भरिएको रंगशालामा केट(डचेस् अफ क्याम्बि्रज),राजकुमार ह्यारी, बेलायती प्रधानमन्त्री लगायत अन्य वरिष्ठ राजनीतिज्ञ दर्शकदीर्घामा थिए ।
समापन समारोहमा ओलम्पिकको अर्को संस्करण सन् २०१६ मा गर्न ब्राजिललाई जिम्मा सुम्पिइएको छ । लन्डन मेयर बोरिस जोन्सन्ले रियो मेयर इडुएर्डो पायस्लाई ओलम्पिक झण्डा हस्तान्तरण गरेका हुन् । रियो सेग्मेन्टमा सुपरमोडेल एलेसान्ड्रो एम्ब्रोसियोसहित ब्राजिलियन कलाकारहरुले आठ मिनेट लामो शो प्रस्तुत गरेका थिए । शोमा पेले एकाएक देखिंदा दर्शकले तालीले स्वागत गरे ।
रियो ओलम्पिकका लागि ब्राजिल सरकारले करिब ११ विलियन पाउण्ड खर्चमा भौतिक पूर्वाधार निर्माण गर्दैछ । दक्षिण अमेरिकामा हुने सो पहिलो ओलम्पियाड ३४ स्थलमा खेलाउने तयारी उसको छ, जसमा १८ वटा सञ्चालनमा आइसकेका छन् भने ९ स्थल नयाँ र ७ अस्थायी स्थलका रुपमा विकास गरिंदैछ ।लन्डन ओलम्पिकमा विश्वका २ सय ४ देशले २६ खेलका बेग्लाबेग्लै ३ सय ४ वटा इभेन्ट्समा स्पर्धा गरेका थिए । यसपटक अमेरिका पदक तालिकामा अग्रस्थानमा रह्यो । उसले कुल ४६ स्वर्ण जितेर आफूलाई पहिलो स्थानमा उभ्याएको छ । चार वर्ष अघि बेइजिङ ओलम्पिकमा ३६ स्वर्ण ल्याएर अमेरिका दोश्रो स्थानमा खुम्चिएको थियो ।
बेइजिङ ओलम्पिकमा ५१ स्वर्णसहित पहिलो स्थान सुरक्षित गरेको चीनले यसपटक ३८ स्वर्ण ल्याएर दोश्रो स्थानमा चित्त बुझाएको छ ।
कुल २९ स्वर्ण जितेर तेश्रो स्थानमा रह्यो बि्रटेन । बेइजिङ ओलम्पिकमा जम्मा १९ स्वर्ण ल्याएको बि्रटेन यसपटक सन् १९०८ यताकै सबैभन्दा बढि मेडल जित्न सफल भयो । त्यसो त बि्रटेनले एउटा पदकका लागि दश मिलियन पाउण्ड(नेपाली करिब एक अरब तीस करोड रुपैयाँ) लगानी गरेको जनाइएको छ ।
लन्डन ओलम्पिक सफलतापूर्वक सम्पन्न गरेर बि्रटेनले आफ्नो शक्ति विश्वसामू फेरी प्रदर्शन गरेको छ । आतंकवादको निसाना बनिरहेको बि्रटेनले आफ्ना सैनिक नै परिचालन गरेर खेल सुरक्षित तवरमा सम्पन्न गरेको हो । यस खेललाई विश्वका ४ विलियन दर्शकले हेरेको अनुमान छ । समाचार संकलनका लागि मात्र २० हजार भन्दा बढि सञ्चारकर्मी संलग्न थिए ।
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष ज्याकी रोजले भव्यतापूर्वक ओलम्पिक सम्पन्न गरेकामा बि्रटेनप्रति आभार व्यक्त गरेका छन् । उनले लन्डनले खेलाडीहरुलाई इतिहास रच्ने अवसर दिएकोमा पनि प्रशंसा गरे ।
लन्डन ओलम्पिक सफल बनाउन ७० हजार स्वयंसेवकहरुको उल्लेख्य भूमिकाको समेत तारिफ भएको छ । उनीहरुले करिव सत्र हजार पाँच सय खेलाडी, हजारौं अफिसियल र ओलम्पिक हेर्न ओइरिएका लाखौं दर्शकलाई लन्डनमा न्यायो स्वागतमात्र गरेनन्, हरेक कुरामा पथ प्रदर्शक र सहयोगी भूमिका निर्वाह गरेका थिए ।



Tuesday, July 31, 2012

लण्डन ओलम्पिक २०१२


लण्डन ओलम्पिक २०१२
रामहरि पौड्याल
भरतपुर १२/१९३, चितवन
लण्डन ओलम्पिकको लामो प्रतिक्षा अन्ततः २७ जुलाई २०१२ मा सिद्धिएको छ । सन् २०१२ बेलायातिहरुका लागि चिरस्मरणीय बन्दै छ । भर्खरै बेलायती महारानीको हीरक जयन्ति (डाइमण्ड जुब्ली) सकेको बेलायत फेरी एक पटक संसार भरिका खेलप्रेमीहरुलाई लण्डनमा स्वागत सत्कार गराउन पाउदा हर्ष बिभोर देखिन्छ । सारा बेलायत यतिखेर खेलमय भएको छ । पूरै राष्ट्र एक ढिक्का भएर ओलम्पिकको स्वागतमा जुटेको छ। बेलायती झण्डाहरु हरेक चोक गल्लीहरुमा ससम्मान फराई रहेका छन् ।
 तेस्रो पटक ओलम्पिकको आयोजना गर्ने बेलायत एउटा मात्रै त्यस्तो भाग्यमानी राष्ट्र भएको छ ।
६२ वर्षपछि बेलायतले विश्व खेलकुदको कुम्भमेला आयोजनाको अवसर पाएको हो। यसअघि १९४८ मा दोस्रोपटक ओलम्पिक आयोजना गरेको बेलायतले १९०८ मा पहिलोपटक आफ्नो देशमा ओलम्पिक भित्र्याएको थियो।
तीसौं गृष्मकालिन ओलम्पिक खेल २७ जुलाई २०१२को राति इष्ट लन्डनको स्ट्राटफोर्डस्थित ओलम्पिक स्टेडियममा एक भव्य समारोहबीच उद्घालटन भएको छ । विश्वका २ सय ४ देशका १० हजार ५ सय खेलाडी सहभागी खेलकुदको कुम्भमेला लन्डन ओलम्पिक  यतिखेर संसारकै सर्वाधिक चर्चाको बिषय बनेको छ ओलम्पिकमय बनेर ।
बेलायती महारानी एलिजावेथले समारोहको अन्तिमतिर खेल सुरु भएको उद्घोोष गरेकी थिइन् ।  गद्यी आरोहणको ६ दशकमा महारानीले दोश्रो पटक ओलम्पिक खेल उद्घाटन गरेकी हुन् । उद्घा टन समारोहमा राजकुमार फिलिप, केट, विलियम, ह्यारी, बेलायती प्रधानमन्त्री डेभिड क्यामरुन, युएस् फष्ट लेडी मिसेल ओवामासहित विश्वका  एक सय भन्दा बढी राष्ट्र प्रमुखहरु सहभागी थिए ।
 ओस्कार बिजेता स्लमडग मिलिनियरका निर्देशक डेनी बोयलको निर्देशनमा भएको तीन घण्टा ५० मिनेटको सो भव्य उद्घाटन समारोह रंगशालाका ८० हजार र विश्वभरका एक अर्व टिभी दर्शकले अवलोकन गरे ।
करिब २७ मिलियन पाउण्ड खर्च भएको सो समारोहमा बोयलले बेलायती इतिहास, गाउँले परिवेश, ५ दशकको बि्रटिश पप संगीत, स्वास्थ सुविधा (एनएचएस), प्राचीन प्रविधि र पछि औद्योगिक क्रान्ति झल्किने शो प्रस्तुत गरेर वाहीवाही बटुले ।
कलाकारहरु बाहेक घोडा, गाई, बाख्रा, कुखुरा, हाँस, भेडा जस्ता जनावर समेत शो मा उतारेका बोयलको शो अत्यधिक सफल भएपछि उनको लोकपि्रयता अरु आकाशिएको प्रशंसा बेलायती सञ्चारमाध्यमले गरेका छन् । सर पउल म्याक कार्टनीको प्रस्तुती पनि धेरैले रुचाए ।
टुर डि फ्रान्सका पहिलो ब्रिटिश खेलाडी ब्राडली विगिन्स्ले ठूलो घण्ट बजाएपछि रंगशालाभित्र सुरु भएको थियो ।
इंग्ल्याण्डका पूर्व क्याप्टेन डेभिड बेकह्याम र आर्सनल आवद्ध महिला फुटवल खेलाडी जेड बेलीले डुंगामा चढेर थेम्स् नदी हुँदै ओलम्पिक ज्योति रंगशाला लगेका थिए । बेकह्यामले ओलम्पिक टर्च लगातार ओलम्पिकमा ५ स्वर्ण जितेका सर स्टिभ रेडग्रेभलाई हस्तान्तरण गरेका थिए । रहस्यबीच पछि ओलम्पिक ज्योति सात युवा खेलाडीबाट जलाइयो ।
बेलायती प्रधानमन्त्री डेबिड क्यामरुनले बिहीबार राति ओलम्पिकको भव्यतामा गौरवका साथ खुसीयाली मनाउन सम्पूर्ण देशवासीलाई आह्वान गरेका थिए। यसैगरी लन्डन २०१२ आयोजक समितिका प्रमुख सेवास्टिन कोले इतिहासकै भव्य र स्मरणीय ओलम्पिक आयोजनाका लागि पूरा तयार रहेको बताए।

लन्डन सुरक्षामा ठूलो संख्या नेपाली

चार वर्षअघि चीनको बेइजिङमा सम्पन्न पछिल्लो संस्करणको समाचार सम्प्रेषण गरेका बंगलादेशी पत्रकार इमरान फरहाद चीनको तुलनामा यहाँको तामझाम फिका लागेको तर्क गर्छन्। भन्छन्, 'चीनले ओलम्पिक आयोजनाका लागि पूरा बेइजिङ नै सजाएको थियो। पहिलोपटक ओलम्पिक आयोजनाको अवसर पाएका उनीहरू विश्वलाई आफ्नो विकास र समृद्धि देखाउन चाहन्थे। तर, बेलायतसँग देखाउनुपर्ने बाँकी केही छैन। त्यसैले यहाँ चीनको जस्तो भव्यता नदेखिएको होला।'
लन्डनलाई ओलम्पिक आयोजनाको अवसर दिलाउन महŒवपूर्ण भूमिका निर्वाह गरेका बेलायती फुटबलका हस्ती डेबिड बेकह्यामले लन्डन २०१२ विश्व खेलकुदको आधुनिकतामा एउटा कोसेढुंगो हुनुकासाथै खेलभावनाको नयाँ उचाइ हासिल गर्ने विश्वास व्यक्त गरेका छन्। 'बेलायत समृद्ध खेल संस्कार भएको देश हो, खेलकुद यहाँका जनताको रगतमा बगिरहेको हुन्छ, यो प्रतियोगिता खेलकुदको माध्यमबाट विश्वलाई भाइचाराको नयाँ सूत्रमा बाँध्न र आर्थिक मन्दीको अवस्थामा आत्मबल बढाउन
उत्प्रेरक हुनेछ,' सोही पत्रिकामा बेकह्यामले भनेका छन्, 'बेलायती ओलम्पिक टोलीले आफ्नो देशमा समर्थकलाई सन्तुष्ट पार्नेमा म विश्वस्त छु।'
 बिग बेन बज्यो
बिग बेन शुक्रबार ओलम्पिक खेलको प्रारम्भका लागि ३ मिनेटसम्म बज्यो। यसले बेलायतको राजधानी लन्डनमा ओलम्पिकको उद्घाटन समारोहको संकेत दिन्थ्यो।
लन्डनका लागि सबैभन्दा मन पराइएको चिह्नका रूपमा रहेको अग्लो भवनको माथिल्लो भागमा रहेको ठूलो घडीको आवाजलाई बेलायतभरका सयौं चर्चमा रहेका घन्टीले पछ्याए। यसपछि मुलुकभरका घन्टीहरू ओलम्पिक प्रारम्भको संकेतमा बजे।
बिहान ८.१२ बजे थेम्स नदीमा महारानी एलिजावेथ द्वितीयाको जहाजमा रहेको घन्टी पनि बज्यो, जहाँ ओलम्पिक ज्योति मुख्य रंगशालातर्फ अन्तिम मार्गमा थियो। यी घन्टी बेलुका ९ बजे तय भएको उद्घाटन समारोहभन्दा ठीक १२ घन्टा अगाडि बजेका थिए।
घन्टी बजाउने समारोहका आयोजक बेलायती सम्मानित पुरस्कार टर्नर विजेता मार्टिन क्रिडले प्रत्येक बेलायतीलाई यसमा भाग लिन आग्रह गरेका थिए। विश्वमा एकैपटक बजाइएका सबैभन्दा धेरै घन्टीको कीर्तिमान कायम गर्न चाहेका उनले बेलायती जनतालाई आफ्नो घर तथा साइकलको घन्टीसमेत बजाउन आग्रह गरेका थिए।
राजकीय नौसैनिक जहाजमा पनि घन्टी बज्यो। यसका साथमा स्कटल्यान्ड, वेल्स, उत्तरी आयरल्यान्डका संसदीय भवनमा रहेका घन्टी पनि बिग बेनसँगै बजे।
बेलायतमा सन् १९५२ पछि यसरी अन्य समयमा बिग बेन बजेको यो पहिलो पटक हो। सन् १९५२ मा बिग बेन नरेश जर्ज छैटौंको देहावसानमा ५६ पटक बजेको थियो।
सामान्य समयभन्दा अन्य समयमा वेस्टमिनिस्टरमा रहेको घन्टी बजाउन अधिकारीहरूले विशेष अनुमति दिएका थिए।

Sunday, June 3, 2012


बेलायती महारानीको हीरक जयन्ति ( ६०ओँ राज्यारोहण) ( Diamond Jubilee )

रामहरि पौड्याल
भरतपुर १२/१९३, चितवन
बेलायत प्रजातन्त्रको जननी राष्ट्र  । मानवाधिकार, स्वतन्त्रता, लैङ्गिक समानता र प्रजातन्त्रको अनुपम नमूना स्थल  । यहि मानवीय धरोहरकी साझा रक्षक र सारा बेलायती र कमन वेल्थ देशकी साझा सम्मानकी एकल पात्र महारानी एलिजावेथ दुत्तीय   । यतिखेर बेलायत उनकै राज्यरोहणको  ६०औँ जन्म जयन्ति डाईमण्ड जुब्ली मनाउन लागि रहेको छ  । पूरै बेलायत रिसेसनको निर्मम प्रहारले आक्रान्त भएपनि आफूभित्रका आर्थिक मन्दीका घाउलाई मलम पट्टि लगाएरै  आफ्नी प्यारी महारानीको ६० औं राज्यारोहण धुमधाम सँग मनाउन लागि परि रहेको छ  । ओलम्पिकको उल्टो गन्ति शुरु भएको छ सारा संसारभरिका खेल प्रेमीहरु लण्डनमा लाइन लाग्ने छन् छिट्टै नै सन २०१२को ओलम्पिक आयोजक राष्ट्रका रुपमा ।
 बेलायतका हरेक साना ठूला सहर मात्र होइन हरेक बिध्यालय महाविद्यालय सम्म यसको रौनकता छाएको छ  । हरेक बेलायतीहरु यतिखेर आफ्नो राष्ट्रिय पर्व मनाउन श्रद्धाले झुकिरहेका छन्  । राष्ट्रिय झण्डा उचाली रहेछन् सगौरभ  । धोजा पताकाले रंगिएका छन् सहरका  चोक गल्लीहरु । राष्ट्रिय झण्डाहेरु फर्फराएका छन् सबैका घर आगनमा  । यसमा कसैलाई करकाप छैन  ।  कसैलाई उर्दी र बाध्यता छैन  । स्वस्फुर्त यो मानव सागर आफ्नी रानीको सुखद भबिस्य र बेलायतीको स्वभिमानकालागि, राष्ट्रिय स्वाधिनताको जगेर्नाको लागि दिलै देखि कम्मर कसेर लागि परेका देखिन्छन  । सम्बैधानिक राजतन्त्रको यो अनुपम नमूना मुलुक बेलायत दुनियामा चिनिन्छ । एउटा गतिलो लोकतान्त्रिक रोल मोडलका रुपमा आफूलाई उभ्याउन सफल छिन महारानी एलिजाबेथ आफना लामा लामा गौरभशाली ६० बर्षे राज्यारोहणमा  । 
संसारवाट राजतन्त्र दिनानुदिन मासिदै गएको बर्तमान सन्दर्भमा बेलायती महारानी एउटा त्यस्ती नक्षत्र हुन जसबाट सबैले पाठ सिक्नु पर्छ र श्रद्धाले झुक्नु पर्छ  । ६ फेब्रुवरी १९५२मा तत्कालीक राजा जर्ज छैटौंको देहावसान पछि राज्य सत्तामा आएकी उनको औपचारिक राज्याभिषेक २ जुन १९५३मा भएको थियो  । उनको रजत जयन्ति (सिल्भर जुब्ली) सन १९७७मा, स्वर्ण जयन्ति(गोल्डेन जुब्ली) सन २००२मा सम्पन्न भएका थिए  । यहि जुन २-५ सम्म बेलायत भरि बिभिन्न कार्यक्रम सहित डाईमण्ड जुब्ली मनाइदै छ बढो हर्शौल्लाशका साथ  । ससाना स्कुले नानी बाबुहेरुले आफ्नी प्यारी महारानी प्रति देखाएको  अपार श्रद्धाले म पुलकित भएँ  । मेरा साना बेलायतमै जन्मेका छोरीहरु प्रेरणा र प्रेमाको स्थानीय व्हाइट फ्राइज प्राइमरी स्कुलको गोल्डेन जुब्ली सेलेब्रेसनले मलाई यी हरफहरु कोर्ने उर्जा दिलायो ।

 एउटा सानो टाउनको प्राइमरी स्कुलका केटाकेटीको कार्यक्रममा देखिएको त्यो सद्भाव बेलायतीहरुको राजतन्त्र प्रतिको अपार सम्मानको प्रतीक हो  । सारा अभिवावकहरु बेलायती व्यस्तताका बावजुद पनि आफ्ना नानीबाबुहरुको यो महान चहाड डाईमण्ड जुब्ली मनाउन जम्मा भएका छन् ।
 रानीका स्केच, बेलायतका झण्डा, खानेकुराका स्टल, बिङ्गो, रानीका बारेमा डिस्प्ले गरिएका ऐतिहासिक तस्बिरहरु, धोजा पताकाहरुले सजिएको त्यो स्कुले रमाइलोले मलाई राजतन्त्र प्रतिको अघाद श्रद्धा सम्झायो ।
आफ्नो देशको राजनैतिक फोहोरले पारेको गणतान्त्रिक मोह भङ्ग, चार चार बर्षमा बनाउन नसकिएको सम्भिधान, अलोकप्रियताको पराकास्टमा केहि बर्ष अघि मिल्क्यैएको राजतन्त्रका फोहरी दृश्यहरुले मलाई अमिलो पारी रहे । हजारौ माइलको यो भौगोलिक दुरतामा पनि म आफ्नो देश खोजि रहें । अफ्नो सम्भिधान सम्झी रहें । दुनियाको नमूना प्रजातन्त्र भएको देश बेलायत जस्मा कुनै लिखित सम्भिधान छैन र पनि नियम कानुनले देश बाधेको छ । महारानीले कर तिर्छिन । प्रधानमन्त्रीले अदालतको कठघारामा उभिएर बयान दिनु पर्छ । एउटा मन्त्रीले घरभाडा कर छलेको बिषयमा राजिनामा दिनु पर्छ । कसैलाई रङ्गका आधारमा काले गोरे भने मात्र पनि रेसिस्टको पगरी सहित आफ्नो पद गुमाउनु पर्छ माफी माग्नु पर्छ ।

हाम्रो देश भर्खरै राजतन्त्र मासेर गणतन्त्र ल्याउने विश्वोका पछिल्ला राष्ट्रमा दरिएको छ  । नयाँ गणतान्त्रिक राष्ट्रका रुपमा  । हाम्रो राजतन्त्र मर्यादित हुन सकेन यद्यपि हाम्रा राजाहरुले, हाम्रा धेरै नेताहरुले बेलायतबाटै शिक्षा लिए बेलायतलाई देखे बुझे नजिकवाट  । तर सिकेनन बेलायती राजतन्त्रको मर्यादाको मानक  । बुजेनन सम्बैधानिक राजतन्त्रको सिमांकन  । आफूलाई कानुन भन्दा माथि राख्ने,दुनियालाई रैती ठान्ने, कर नतिर्ने,ब्यापार गर्ने तर बिजुली र पानीको पैसा समेतमा सानो चित्त देखाउदा आजको दुर्दिन निम्तिएको थियो  ।
बेलायती राजतन्त्र दीर्घजीवी बन्नुमा सम्मानित हुनुमा हरेक राजा रानीहरुको अफ्नो लोकप्रिय छवीले महत्तोपूर्ण भूमिका खेलेको छ  । जनताको स्वस्फुर्त सम्मान हरेक राष्ट्र प्रमुखका लागि ठूलो संजीवनी हो दीर्घजीवनको  । यो कुनै करकाप कुनै ओठे भक्ति र आडम्बरले सिर्जेने सस्तो खेल किमार्थ होइन  । आज ६० बर्ष लामो शासन कालमा जीवनको अन्तिम उत्तरार्धमा पुगेकी ८५ बर्षीय महारानी प्रति सडकमा उर्लेको सम्मान बेलायती महारानीको विश्वो लोकप्रियताको आफै बलियो प्रमाण हो  । प्रधानमन्त्री विस्टन चर्चिल देखि डेभिड क्यामरुन सम्मका १२ वटा प्रधानमन्त्री सम्म आइपुग्दा बेलायतले ठूलो फड्को मारेको छ ।  धेरै भौतिक परवर्तनहरु भएका छन तर मात्र महारानी एलिजावेथ स्थिर  छन् यति लामो यात्रा सम्म  । देशले भोग्नु परेका हरेक खाले चुनौतिहरुको शान्त र शालीन ब्यक्तित्वोले कर्तव्यपूर्ण भूमिका निभाउदै आएकी छन्  । साठी साठी बर्ष लामा गौरभपूर्ण बर्षहरु बेलायत जस्तो सम्पन्न मुलुकको राष्ट्र प्रमुखको भूमिका निभाउनु त्यो पनि लोकप्रियताको शिखरमै रहि रहनु उनका महानता हुन । आफ्ना राज्यकालका ६ दसक लामो यात्रामा उनले ११६ रास्ट्रको भ्रमण गरेकी छन् । बेलायती राजतन्त्रको पपुलारिटी दिनानुदिन बढ्दो छ । गत बर्ष विलियम र केटसको बिवाह ताका बढेको राजतन्त्रको साखलाई यो हीरक जयन्तीले ८० प्रतिसतको हाराहारीमा पुर्याएको तथ्य भर्खरै प्रकासित आंकडाले जनाएको छ । खाना, सजावट र पेय पदार्थमा मात्र ४२४ मिलियन पाउण्ड खर्च गर्ने देखिन्छ । ८ सय  तेइस मिलियन पाउण्डको कारोवार झण्डा विक्रीमा भएको छ । यसले बेलायती राजतन्त्रको स्वफुर्त सम्मानको बलियो प्रमाण प्रस्ट्याउ छ । 
हामी कामना गरौँ बेलायतकी महारानी एलिजावेथ अझै सुस्वास्थ दीर्घजीवी र अकन्टक रहुन समुन्नत बेलायतको सम्मान र सम्बैधानिक राजतन्त्र, प्रजातन्त्र र लैङ्गिक बिभेद अन्त्यको कोशे ढुंगाको रुपमा दुनियालाई उदाहरणीय बनिरहुन । हाम्रो हार्दिक शुभकामना ! हेप्पी डाईमण्ड जुब्ली हर मेजेस्टी क्विन एलिजावेथ !!
सम्प्रति: संयुक्त अधिराज्य बेलायत


Saturday, June 2, 2012



नगरवधू
- डा. दीनबन्धु शर्मा

म लगातार यौनसुखमा प्रयोग भइरहेको थिएँ । अझ यसो भनूँ, मबाट लगातार शोषण भइरहेको थियो । किनभने मलाई मेरो छाप्रो अगाडिबाटै
-अचेल महललाई पनि छाप्रो भनिन्छ, ध्यान दिइयोस्)-सडकबाटै अपहरण गरिएको थियो । त्यति प्रष्ट सम्झना त होइन तर मेरो यस्तो मान्यता छ । मलाईं उसको यो क्रूर कार्य सुरूमा निकै डर लागेको भए तापनि उसको आवाजमा मेरो भयलाई विस्तारै मत्थर पार्न सक्ने सम्मोहक मधुरता थियो । यहाँ 'थियो' भन्नुको अर्थ मलाई यस्तो लागेको थियो भनेको हो भन्ने बुझियोस् र अब उप्रान्त यहाँ प्रयोग गरिएका निणर्ायक क्रियापदहरूको अर्थ पनि अनिणर्ायक वा सन्देहास्पद मान्न सकिन्छ भन्ने बुझियोस् ।
अँ, केही अगाडि मात्र यद्यपि मेरो अपहरण भएको थियो तर त्यसले भनी, 'म हजुरको सेवा गर्न चाहन्छु ।'
'म त तिमीलाई चिन्दिनँ Û' मैले विस्मित अभिनयमा भनेँ ।
'तर म तपाईंलाई चिन्दछु ।'
'कसरी ? म को हुँ ?' ' म को हुँ' भनेर त मैले उसलाई प्रश्न गरेको हुनुपर्छ तर वास्तवमा मैले आफैँलाई पनि यो प्रश्न गर्न सक्थेँ । उसले मधुर बोलीसहित गाडीभित्र कुनै जुस, सर्वत आदि खुवाएकी थिई कि भन्ने मेरो अनुमान छ । अहिले त्यही मानूँ - उसले दिएको अमृततुल्य जुस खाँदै उसकै गाडीमा म त्यो अपहरणकर्त्रीसँग लठारिन थालेको थिएँ । ऊ गाडी हाँकिरहेकी थिई तर म कुन्नि किन विरोध गरिरहेको थिइनँ । तपाईंहरू र म पनि यस्तो अड्कल गर्न त सकिहाल्छौं । जस्तै ः
-१) उसको बोलीले म लठ्ठिएको थिएँ,
-२) उसले दिएको 'जुस' नामक पेयले म लठ्ठिएको थिएँ,
-३) उसको मदमोहक रूपले म लठ्ठिएको थिएँ आदि आदि ।
मलाई यस्तो पनि हुन्छ भन्ने लागेको थिएन, पटक्कै थिएन । यो के भएको हो ?

बन्द चारैतिर अँध्यारो कोठालाई मधुरो बल्बको उज्यालोले दिउँसै रातजस्तै बनाइदिएको थियो । पूर्वतिर सानो झ्याल राखेर मैलो -वा मैलो रङको ) पर्दा पनि राखिएको थियो । एउटा खाटमा विस्तरा थियो र खाटको छेउमा टाँसेर एउटा प्लास्टिकको कुर्ची राखिएको थियो । त्यसै कुर्चीमा उसका र मेरा कपडा लुट्पुटिएका थिए । कपडाहरू सबै कुर्चीमा लुटपुट्याएपछि ऊ र म कस्ता थियौँ, यो त भन्नु नपर्ला Û
तर पख्नुस्, फेरि तपाईंहरू दुईवटा भ्यागुताहरू उभिएको कल्पना गरिहाल्नुहोला, उसले मलाई कुकुरजस्तो बनाएकी थिई किनभने ऊ कुकुर्नी मुद्रामा थिई । उसलाई यस क्रियामा बढो जोडसँग आनन्दानुभूतिको ध्वनि निकाल्नुपर्छ भन्ने राम्रै थाहा थियो ।
के यो यौन समागमको अवधि निकै लामो भएको हो ? म यस्तै केही सोचिरहेको थिएँ साथसाथै मलाईं यसरी महिलाले नै अपहरण गरेर आफूलाई यस्तो कार्यमा संलग्न गराएको यो पहिलो विस्मयकारी अनुभव भइरहेको बारे पनि सोचिरहेको थिएँ ।
'तिमीले यस्तो गर्न मलाई यहाँ ल्यायौँ ?' त्यसले भनी । उसको यो उच्चारण अत्यन्त स्वाभाविक ध्वनिमा आइरहेको थियो तर तपाईंहरूलाई थाहै छ, म आश्चर्यचकित भएँ ।
'तिमी आफैँले मलाई अपहरण गरेको होइन र ?' कस्तो गजबकी केटी रहिछे भन्ठान्दै मैले फेरि भनेँ, 'म हजुरको सेवा गर्न चाहन्छु भनेर तिमीले मलाई अपहरण गर्यौि अनि अहिले मलाई उल्टो अभियोग लगाउँदैछ्यौ, यस सम्भोग कार्यको शुल्क तिर्न गाह्रो लागेर, भनौँ न, त्यो शुल्क मलाई तिराउन यस्तो कुरा गरेकी हौली ।' यसो भन्दा ऊ खितितित्त हाँसी र भनी 'यहाँ त्यस्तो शुल्कको कुरा कसले गरेको छ र Û' उसको हाँसो यस्तो मादक लाग्यो कि, अब यसलाई के भन्ने, शास्त्रीय भाषामै भनौँ न, मेरो मन, शरीर, इन्दि्रय सबैमा विद्युततरङ्ग जस्तो पैदा भयो र अद्भूत रोमाञ्च भयो ।
कतिखेर त यी सबै ससाना घटनाहरू दुईपत्रे सपनामा भएका त होइनन् भने जस्तो लाग्थ्यो, जस्तो हुन्छ नि, सपनाबाट ब्युँझे भनेको पनि सपनामै Û
'हेर्नुस्, अपहरण पनि अनेक किसिमका हुन सक्छन्, अब भिन्न आसन भिन्न मुद्रामा 'टुँडाल' बनाएर ऊ बोलिरहेकी थिई, 'हुन त म एउटी नगरवधू नै हुँ, तपाईंजस्ता अनेक पुरुष, महिला र तेस्रो लिङ्गीहरूसँगसमेत मैले 'टुँडाल' क्रियाको भरपुर आनन्द लिएकी छु, तीमध्ये कतिपय स्मरणीय पनि भएका छन् तर जब मैले तपाईंलाई देखेँ मेरो सम्पूर्ण 'काम' अस्तित्व तपाईंले अपहरण गरिदिनुभयो, शास्त्रीय भाषामा भनुँ न, म काममोहित भएँ र यो कार्य गर्न बाध्य भए, यसलाई मैले तपाईंले गरेको अपहरण मानेकी छु ।
अहिले ऊ चुप लागेर चुरोट तानिरहेकी छे, म आइस राखेर हृविस्की तानिरहेको छु । उसको चुरोटको गन्ध, मेरो हृविस्कीको गन्ध र हामी दुवैको यतिबेरको सङ्घर्षबाट उत्पन्न काममय गन्धको ˆयुजन
भएर एउटा अनौठो गन्धको निर्माण भएको छ, यस्तो मलाई लागेको छ । आˆनो मांशल नग्न शरीरप्रति उसको निरपेक्षता अथवा भनूँ न निर्लज्जता देखेर पनि मलाई ससानो आश्चर्य नै लागेको छ
मैले आˆनो टाउको हल्लाएर आˆनो नसा झार्न खोजेँ, त्यसरी झर्ने नसा भए पो । म यथातथ्य के हो, सबै कुरा ठम्याउन सकिरहेको छैन । मलाई नसाले यस्तो बनाएको हो वा यो कुनै किचकन्नी हो ? अथवा दुवै कुरो हो ? मलाई यस्ता कुरामा विश्वास त छैन भन्ने गरेको छु तर एकपल्ट उसका पैताला हेर्दा के बिग्रन्छ ? हेर्छु, सुल्टै छन् ।
'मेरो जन्म पूर्वी पहाडको एउटा अत्यन्त सुसंस्कृत परिवारमा भएको हो,' 'एकादेशमा.....' भने झैंँ उसले कथा हाल्न थालेजस्तो लाग्यो । अहिले उसको स्वर अलि खस्रो सुनेँ, यस्तो परिवारमा, तपाईंलाई थाहै होला-दायाँबायाँ डुल्न, घुम्न, धेरै इतरिन, पौडी खेल्न, कुनै अपरिचितसँग, हुन्छ नि, कुनै किसिमको निकट देखाउन आदि सबै वर्जित थिए । मलाई रामायण, महाभारत पढ्नुपर्छ भन्ने अर्ती-उपदेश दिइन्थ्यो-स्वाभाविक छ-राम-सीता-उर्मिला आदि पात्रको जस्तो मेरो चरित्र एवं व्यवहार होस् भन्ने अपेक्षा राखिन्थ्यो तर मलाई कुन्तीको चरित्रले बेजोड आकषिर्त गर्योभ ।
कुनै यदुवंशी महाराज शूरसेनकी ज्येष्ठ सुपुत्रीको नाम पृथा थियो । शूरसेनका फुपाज्यू कुन्तीभोज थिए । यी दुई फुपाज्यू भदाहाबीच अत्यन्त प्रेमको सम्बन्ध थियो । विचरा कुन्तीभोज निःसन्तान थिए । शूरसेनले कुन्तीभोजलाई आˆनी प्रथम कन्या धर्मपुत्रीको रूपमा दान गरेका थिए । तिनै पृथालाई पछि कुन्ती भनियो । अर्थात् शूरसेन र कुन्तीभोज दुवैतिरबाट कुन्ती उच्चकुलीन थिइन् । महाराज कुन्तीभोजको सम्मोहक दरबारमा मानुँ कामदेवको स्थायी बसोबास थियो । नानी, सुसारे, पटरानी, महारानी, भान्से, माली सबैलाई कामदेवले सताइरहेको आभास हुन्थ्यो । अवाञ्छित भनिएका दृश्यहरू यत्रतत्र देख्न पाइन्थ्यो । यस वातावरणमा छटपटिएकी सुन्दरी किशोरी कुन्तीले सूर्यनारायण नामको ठिटोलाई आˆनै कक्षमा डाकेर यौन क्रिया सम्पन्न गरिन् । विवाहित भइसकेपछि उनको यो उन्माद रोकिनुपर्ने हो भन्ने मानिन्छ तर यस्तो भएन उनले विवाहपछि अझै यस कार्यलाई तीव्रता दिइन् । सुरूमा त मलाई कुन्तीको यस कामको यौनसन्तुष्टिसँग सम्बन्धित पक्षले तापज्वरो नै उठाइदियो । आफूले कुन्ती वा उनका ठिटाहरूले जस्तो गर्न नसकेकोमा पीडा अनुभव भइरहृयो, पछि मात्र मलाई थाहा भयो, उनीहरूको त्यस कार्यको वैयक्तिक शारीरिक सन्तुष्टिसँग सम्बन्धित महत्त्वबाहेक हस्तिनापुरको भावी राजनीतिक उद्देश्य प्राप्तिसँग सम्बन्धित झन् ठूलो महत्त्व पो रहेछ । त्यो यौनको उच्च राजनीतिक उपयोग थियो ।
अनि त म यस यौनसम्भोग कार्यको बहुआयामिक फाइदाहरूसँग परिचित हुँदै गएँ । यो जस्तो बहुफाइदाकारी तìव अरू कुनै छैन भन्ने कुरामा म ढुक्क भएँ । अनि त यो वृत्ति मेरो मुख्य वृत्ति बन्यो यद्यपि यो साधनकै तहमा छ ।
यस्तो लामो पुराण मलाई किन सुनाउनुपर्यो  र,' मैले झर्को मानेझैँं गरी भनेँ, 'तिमी बौद्धिक देखिन्छ्यौ तर काम चाहिँ यस्तो किन गछ्र्यौं ?'
'किन र ?' बौद्धिकसँग यौनको कुनै शत्रुता छैन, बरू अल्पबुद्धि भएकाहरू यौनव्यापारलाई व्यक्तिगत क्रियाकलापको रूपमा मात्र हेर्छन् तर बौद्धिकहरूलाई यसको व्यक्तिगत, सामाजिक, राष्ट्रिय आदि बहुगुणकारी फाइदा थाहा हुन्छ ।
'अब उठौँ,' म जुरूक्क उठेँ ।
'किन ? तपाईंलाई यस कार्यको मोटो ज्याला दिन बाँकी नै छ, त्यसभन्दा अगाडि समलिङ्गी मैथुनबाट पनि तृप्त गरूँ कि ?
'हे भगवान् के भनेको हो ?' म पुनः चकित भएँ ।
'तपाईंलाई मैले तन, मन र धनले अर्थात् कुनै पनि तरहले सन्तुष्ट पार्नुपर्छ, उसलेे भनी, 'समलिङ्गी मैथुनमा तपाईंको रुचि छैन ?' ऊ आँखा झिम्क्याएर मुसुक्क हाँसिरहेकी थिई ।
'त्यस्तो यहाँ कसरी सम्भव छ ?' मैले भनेँ, 'अर्थात् तिमी महिला छौँ र म पुरुष छु ।'
ऊ खितितित्त हाँसी - उही मनमोहक किचकन्नी हाँसो । उसले भनी, 'भनिन्छ - बेलायतको संसद्ले महिलालाई पुरुष र पुरुषलाई महिला बनाउन सक्दैन तर हामी यस क्रममा बेलायतभन्दा अलि अग्रगामी छौँ ।'
अनि उसले आˆनो नाङ्गो शरीरबाट कपडा छोडाएझैँ, अझ यसो भनौँ न, केराको बोक्रा छोडाएझैँ बाहिरी एक पत्र माथिदेखि तलसम्म छोडाई । अनुहार र शिरबाट पनि लामो केससहितको बोक्रो छोडाई । अनुमान गर्नुहोस्, म कस्तो उदेकको स्थितिमा पुगँे हुँला । मेरै अगाडिको दृश्य अब यस्तो थियो ः
१) ऊ अब युवती होइन पुरुष थियो,
२) उसको कपाल छोटो थियो,
३) उसका तिलचाम्ले जुँगा मोटा थिए,
४) उसको छातीमा जिङ्गि्रङ्ग रौँ थिए,
५) उसको हतियार लामो, धारिलो र उत्थित अवस्थामा थियो ।
अब तपाइर्ंले सधैँ देखेको तर अहिले कल्पना गर्न नभ्याएको कुरा पनि यहाँ थियो ः
६) ऊ गरिमामय संसद्मा प्रधानमन्त्रीको उम्मेदवार थियो ।
के उसको खास जन्म पुरुषकै रूपमा भएको थियो ?
यस कथालाई यहीँ सकेको भए पनि हुन्थ्यो तर अलिकति बाँकी कुरा पनि भनिहालूँ किनभने फेरि तपाईंहरू मलाई आˆनो कुरा लुकायो भन्नुहोला ।
मलाई डर लाग्नुको सट्टा अब रमाइलो लागिरहेको थियो । अनि अर्को आश्चर्य सुरू भयो किनभने उसले मेरो शरीरबाट पनि बोक्रा छोडाउन सुरू गर्योि ः
१) मेरो दोस्रो पत्र पनि पुरुष नै थियो,
२) मलाई आˆनो दोस्रो पत्र मन पर्योो,
३) म कुनै सर्वसाधारण 'जनता' नामको प्राणी थिइनँ,
४) म सांसद थिएँ र उसको विरोधी नै थिएँ, केही अघिसम्म भनौँ न Û

(नमूना मच्छिन्द्र क्याम्पस लगनखेल ललितपुरमा प्राध्यापनरत डा.दीनबन्धु शर्माको यो कथा मधुपर्क जेठ, २०६९ बाट साभार गरिएको हो )



Tuesday, May 29, 2012


रिसेसन
रामहरि पौड्याल
भरतपुर १२ / १९३, चितवन


लामो हिउँद पार गरेर भर्खरै धर्ती उज्यालिँदै छ l स्प्रिंगको स्वागतमा स्वागतातुर l अविरल हिउँ र कठाङ्गरिने जाडोले पिल्सिएर नाङ्गीएका बूढा रुखहरुमा बिसतारै नयाँ पालुवाहरु पलाउदै छन् l बातावरण बदलिदै छ l  बहु पतिक्षित समरकालीन दिनहरुको आगमनमा l फेब्रुवरीको मध्यतिर ढिलो गरि शुरु भएको तीव्र हिमपातले कठान्ग्रियेका बेलायतीहरु, मार्चको अन्त्यतिरै ससानो घाम देख्दै रोमान्चित हुन्छन् l मान्छेहरु खुसी साटन थाल्छन  बासन्ती सुभाषको मनमोहक चमक संगै -
 ‘’लब्ली ओइदर !
 स्प्रिंग इज अन द ओए !!
 बिउटीफूल डे !!!’’
परिबेश उत्स्हाजनक भएपनि ऊ निरुत्साहित नै छ चारैतिरवाट l आफूभित्रको बिरही ब्यथाहरुलाई क्षणभर भुलेर हाइ स्ट्रीटमा हराउदै गर्दा देखि रहेछ लास्ट सेलका ब्यानरहरु l सारा सहर सेलका ब्यानरहरुमा आफुलाई रुपान्तरित गरिरहेछन् l  हेर्दा हेर्दै किंग्स स्ट्रीटको बिशाल बिएचएसको स्टोर उठ्यो l बार्क्लेज बैंकले आफ्नो शाखा कटौती गर्यो l गभरमेन्टको ब्याक अपमा बाल बाल बचेका आरबीएस र लोएड्स बैंकले आफ्ना कार्यरत स्टाफहरुको भारी कटौती गरे l भेन्कोभार सपिंग कम्लेक्स बिसतारै खाली हुदै छ l कुनै तेस्तो हप्ता छैन जहाँ एउटा नया सप उठेको नहोस् l प्राइस लेस सुज्को चेन,पिकक,टिजे ह्युज, म्यालेट, फुजियान, क्युडी, ग्लीच एण्ड ब्लिच, पास्ट टाइम्सका गिफ्ट सप, कम्प्युटर गेमको ठूलो चेन स्टोर गेम सबै उठे हेर्दा हेर्दै शहरबाट l  नयाँ पनि थपिएका छन् नयाँ उत्साह संगै l एकजना इन्डिएन अंकलले ‘आइ लाइक’ खोले, बंगाली भाइले निउ क्रिएसन खोले, पाकिस्तानी दाइले जियोज  खोले l बंगालीले टाट पल्टेर बेचेको रेस्टुरेन्टलाई निउ गोर्खाज नामले विद्यार्थी भिसामा १० बर्ष बसेर आइएलआर पाएका बिशालले किने l
 नर्फल्क स्ट्रीटको सिल्भर स्पून चम्कियो रातारात गैर अंग्रेजले चलाएको इंग्लिश रेस्टुरेन्ट l मान्छेको ओइरो लाग्यो म्याकडोनाल्ड र बर्गर किंगलाई चुनौती दिंदै l छिमेकी नामको आरिसे सानो चिप्स सपले आफ्नो नाम फेरेर सिल्भर स्पून चिप्स सप राख्यो केहि दिन l सिल्भर स्पूनका टर्किस मालिकले नामको चोरीमा मुद्धा हाले l अन्तत नाम फेरियो पुरानै चिप्स सपमा l व्यवस्थापन फेरिएन् र गरिएन सुधार कुनै गुणस्तरमा l
सहरमा राम्रो चलेको बम्बे ब्रासरिज नामको इन्डियन रेस्टुरेन्टका दुई भाइ संचालकबीच घमासान पर्यो र छुट्टिए बम्बे ड्रिम र भोजन नामले संगै जोडिएर l बम्बे ड्रिमले आफूलाई समय सापेक्ष परिवर्तन गर्यो आफ्नो डिजायनमा, आफ्नो परम्परागत व्यवस्थापनमा, विज्ञापनमा, खानाको गुणस्तरमा, भौतिक सुबिधामा l भोजनले भोज पस्कियो पारम्परिक शैलीमा l ठानेन सुधार कुनै ब्यपार वृद्धिको, नयाँ नयाँ व्यवस्थापकीय कौसलको l
मान्छेहरु बम्बे ड्रिममा खचाखच भरिरहेका छन् l चियर्स ! चियर्स !! उन्मुक्त पिई रहेछन, खाइ रहेछन l रमाई रहेछन इन्डियन कुजिनको स्वादसंगै l  सहर भरि बम्बे ड्रिमको स्पाइसकै चर्चा छ l वण्डरफूल खानाकै प्रसङ्ग छ l
 पाइलो राख्ने ठाउ छैन यता तर उता भोजनको भोजको कुनै चर्चा छैन सहरमा l
किन्ने र बेच्ने, फुट्ने र जुट्ने बीचको यो व्यपारिक उपक्रम खोइ र रोकिएको ?
सन २००८ मा अमेरिकाको लेमेन ब्रदर्सको पतनसंगै सुरु भएको रिसेसन अमेरिका,  युरोप, अस्ट्रेलिया हुँदै संसार भर उधम मचाई रहेछ l दिन दिनै नया नया कम्पनीहरु टाट पल्टी रहेछन l ससाना गिफ्ट सप, चेन स्टोरहरु मात्र नभएर ठूला ठूला ब्रान्ड नेम हरु हराएका छन् रिसेसनको कोपभाजनमा l
यी सबै यथार्थलाई नजिकबाट देखिरहेको ऊ पात्र एउटा प्रतिनिधि पात्र हो बर्तमान युरोपको l सन २००९ मा बेलायती सरकारले टेयर ४को नाममा विद्यार्थी भर्ना खोल्यो आफ्नो रिसेसनलाई राहात पुर्याउन l इमिग्रेसनको सुल्कमा भारी वृद्धि गरियो l कम्युनिटी स्कूल /कलेज खोलेर आप्रवासी विद्यार्थी कुरेर बसेका शैक्षिक दलालहरुले कसलटेनसीका नाममा बिद्यार्थीलाई सपना बाढे पाउण्ड फलाउने l दुई चार कोठाका कलेजले हजारौको संख्यामा नेपाली विद्यर्थी भित्र्याए l आफू मालामाल भए तेइ पैसाले उता बिद्यार्थीको कन्त बिजोग l कति पार्कमा सुते, कति बेरोजगार भए बस्ने खाने ठाउको व्यवस्था गर्न नसकेर कति फर्किए कति फर्काईए जवरजस्त lकतिले आत्महत्या नै गरे l यता बिद्यार्थी भरेर उता होम अफिसले नियम बदलिदियो काम गर्न नपाउने, डीपेनडेन्ट ल्याउन नपाउने... आदि इत्यादी l
 एक शताब्दी भन्दा लामो इतिहास बोकेको सहरकै प्रतिष्ठित कम्पनि कुपर रोलर बिएरिंगले ७५ जना कामदारलाई एकै चोटी हटायो रिसेसनका नाममा l हार्डीक इन्डसट्रीयल इस्टेटको बिशाल क्याम्बेल सुपको २४ घण्टा चल्ने प्रिमियर फूड कम्पनि बन्द भो l त्यसमा काम गर्ने सयौं कामदारहरुको रोजीरोटी सकियो l मोर्गेज कम्पनीहरुले पैसा तिर्न नसकेपछी घरमा ताला लगाई दिए l किस्तामा लिएको कार फिर्ता गर्नु पर्यो l गर्ल फ्रेन्डले साथ छाडे l कैयौंका घरमा आगो बल्न छाड्यो l ग्यास, बिजुली,धारा सबैले एकपछि अर्को गर्दै सम्बन्ध बिच्छेद गरे l बेरोजगारी, अपमान, कुलत सबै सबैले तिनीहरुलाई पछ्याई रहे रिसेसनको नाममा l राष्ट्रिय समाचार र टेलिभिजन कार्यक्रममा हरेक दिन नयाँ कम्पनिहरु टाट पल्टेको समाचारहरु आइरहेकै हुन्छन l बेरोजगारी दर दोश्रो विश्व युद्धकै हाराहारीमै पुगिसकेको समाचारले सबैलाई त्रसित बनाइ रहेको छ l घरको भाउ घटेको छ, किनबेच ठप्प छ l युरोपको यो मन्दी सताब्दीकै भयङ्कर बन्दै गएको छ l मुद्रास्फीति, बेरोजगारी,महंगी सबैले जनजीवन कस्टकर बन्दै छ सबैका लागि l युरोजोनमा ग्रीस सबैलाई घाँडो भएको छ बचाउको प्याकेज पस्किदा पस्किदा l स्पेन, इटली, पोर्चुगल सबै समस्याका लाइनमा खडा भएका छन् l युरो,पाउण्ड, डलर सबै खस्किएर पातालमा पुगेका छन् l अन्तरास्ट्रिय रेटिंग एजेन्सीहरु एस.एण्ड पि,मुडी एकपछि अर्का देस र बैंकहरुको क्रेडिट रेटिंग घटाउन लागि परेका छन् l रिसेसन घट्ने भन्दा बढ्ने तर्फ लम्किरहेको छ l
स्थानीय जव सेन्टर बेरोजगारहरुले टन्न भरिएका छन् l मान्छेहरुका मनमा भयमिस्रित कालो छायाँ बाक्लै देखिन्छ l युवा बेरोजगारीले सबैलाई चिन्ता बढाएको छ l आप्रवासी कानुनलाई कडा बनाउने, नेसनल डीफिसिट घटाउने, रोजगारी बढाउने र सुसासनको नारा दिएर दसकौ सत्तामा रहेको लेवर पार्टीलाई धुलो चटाएर सत्तासिन भएको यो कन्जरभेटिव र लिब ड्यामको कोल्याब्रेसनले पनि भासन गरे जस्तो उपलब्धि हासिल गरेको छैन l मान्छेहरु निरासै छन् l
विश्वबिध्यालयको शुल्क बडाइयो, बिदेशी बिद्यार्थीको आगमनमा अनेकौ नियमले बाटो छेकियो l संसार प्रसिद्ध बेलायतको स्वस्थ सेवा एनएचएसलाई प्राइभेट बनाउने चर्चाले सबैलाई दुखि बनाइ रहेछ l विश्वोको महासक्ति कहलिएको ब्रिटिश साम्राज्य यतिखेर मात्र - ०.२ % को जिडिपीमा चाउरिएको छ l तीन बर्षमा फेरी डबल डिप रिसेसनले आक्रान्त छ बेलायत l हिजो सम्म आफैले बैदेशिक अनुदान दिदै आएका एसियाली राष्ट्र भारत र चिन ८ % को जिडिपी तिर लम्किरहेका बेला आफ्नो यो दुर्दशा ?
ठूला ठूला चेन स्टोरका शक्तिशाली शाखा बिस्तार गर्न दिने अदूरदर्सी नीति नियमले गर्दा ससाना स्टोर र स्थानीय पसलहरु व्यवसायीहरु प्रभावीत भएका छन् नराम्ररी l बजारमा तिनै ठूला पूंजीपतिहरुले बिस्तार गर्ने तिनका विशालतम स्टोरहरुकै छायामा ससाना मान्छेहरू र तिनले जिविकोपार्जनकालागी बर्षौदेखि गर्दै आएका स्थानीय व्यवसायहरु धारासायी भएका छन् l
हाईस्ट्रिटमा खाली भएको बिएचेसको स्टोरलाई प्राइमार्कले लियो र बिस्तार गरेर विशालतम प्राइमार्क खोल्यो अनि शुरु भो सारा साना कपडा पसलेहरुको दुरभाग्य l उनीहरुले त्यो ठूलो छिमेकि संग कसरि गरुन प्रतिस्प्रदा ? यसरी सुरु भो प्राइमार्कको दादागिरी र मनोपोली यो सानो सहरमा l
युकेको सबैभन्दा ठूलो ग्रोसरी चेन स्टोर टेस्कोले किन्यो आफैसँग जोडिएको क्षिमेकी क्याम्बेल सुपको प्रिमियर फूड कम्पनि टाट पल्टेपछि l टेस्कोको स्टोर बढाउने कार्य योजना थापाएको सेन्सवरीलाई किन मन पर्थ्यो र ? उसले थाल्यो हात बढाउन टेस्को अघिको अर्को फूड कम्पनि पिन्गुइनसंग जग्गा लिएर l
 टेस्कोको बिस्तार योजनालाई काउन्टर दिन सेन्सवरिले नयाँ शाखा बिस्तारको कार्यक्रम ल्यायो l दुईचार सय यार्डमै दुई दुई बिशाल चेन स्टोरको स्वीकृतिकालागि कार्य योजना काउन्सिलमा परे l
म्याकडोनाल्डलाई चुनौती दियो ठीक अघि उभिएर केएफसिले l होमबेशलाई चुनौती दियो बिशाल बि एण्ड क्युले l यी सबै आधुनिक प्रतिस्पर्धि कार्य ब्यापारका स्थानीय साँचा नमूना हुन बर्तमान परिबेशका l रातारात हराए कति ससाना टेक अवेहरु,कफी सपहरु,फार्म सप, मासु पसले, ग्रोसरीहरु, पुष्प व्यवसायीहरु र डी आइ वाई सपहरु l तिनका पुस्तौनी पहिचानहरु समाप्त भए कहिलेइ नउठ्ने गरि l
काउन्सिलिरहरु बिभाजित भए ठूला चेन स्टोरको बिशाल शाखा खोल्न दिने र स-साना व्यवसायीहरुलाई बचाउने र तिनका पुस्तौनी धरोहरलाई कायमै राख्ने बीचमा l पत्र पत्रिकाहरुले मसला पाए आआफ्ना समाचार पस्किए- ‘बिशाल स्टोरले सहरको बेरोजगारी कम गर्ने’ / ‘स्थानीय पसलहरुलाई जोगाउनु पर्ने’ नाममा l लोकल एमपी, लोकल काउन्सिलर, लोकल बौद्धिक जमात सबै बिभाजित भए l आ आफ्ना अनुकूल स्वार्थमा l
 चक्का जाम, हडताल, बिरोध य्राली नभएपनि प्लानिंग प्रपोजलका विरुद्ध प्रजातान्त्रिक किसिमले पेटिसन दर्ता गर्न पाउने l त्यसका विरुद्ध परेको आवाजको सुनुवाई हुने l सभ्य व्यवस्थाले सबैलाई आफ्नो जनमत जाएर गर्न पाउने लोकतान्त्रिक अभ्यास बेलायतका अनुकरणीय नमूना हुन l कुनै कुराको बिरोधकालागि तेहिं पुग्नु पर्दैन l सम्बन्धित संस्थाको ओएबसाइटबाटै त्यो इ पिटिसनको व्यवस्था गरिएको हुन्छ l मान्छेहरुको व्यस्त दैनन्दिनी भएको यो मुलुकमा मान्छेहरुलाई नचाहिँदो बन्द चक्का जाम गर्न जाने खै र समय ?
स्थानीय काउन्सिलले टेस्कोको प्रपोजललाई नमानेर सेन्सवरीको मात्र शाखा बिस्तार गर्ने स्वीकृति दिएपनि टेस्कोले बुझाएको हजारौ समर्थकको दस्तखत सहितको पिटिसनले काम गरि छाड्यो l
रातारात ठडीदै छन सेन्सवरी र टेस्कोको नया ब्यापारिक भवनहरु l सयौं बर्ष पूरानो ऐतिहासिक धरोहरको रुपमा ठडिएको सहरकै संकेत स्तम्भ क्याम्बेल टावरको बिशाल धरहरालाई बचाउनु पर्ने अर्को पुरातात्विक स्मारकलाई बचाउने अभियानलाई भने अपिलले पनि छेकेन, रोकेन l
ढल्यो क्याम्बेल टावर रिसेसनको क्रुर पन्जामा l भातकाइये पूराना बिल्डिंग र सम्भिएर घुलो पिठो भो हेर्दा हेर्दै सहरको गौरभ अग्लो क्याम्बेल टावर l बन्दै छन् नयाँ डिजाइनका बिशाल गार्डेन सेन्टर, बिशाल टेस्कोको स्टोर बिस्तार l के यसरी बन्दै र भत्कदैका यी उपक्रमले युरोपमा महामारीकै रुपमा फैलिएको रिसेसनको ज्वालालाई रोक्न र छेक्न सक्ला र ? यिनै अनुत्तरित  प्रश्न हजारोँ माइल परको दूरदेशमा उसका सामु खेलि रहेका छन् l

सम्प्रति: संयुक्त अधिराज्य बेलायत














Friday, April 27, 2012

7 Simple Tips To Deal With Negative People


7 Simple Tips To Deal With Negative People

“The people who are the hardest to love are the ones who need it the most.” ~Peaceful Warrior
Editor’s Note: This is a guest post from Celestine Chua of The Personal Excellence Blog.
Have you ever dealt with negative people before? If you have, you will know that the experience can be quite a downer.
I used to have an ex-colleague who was very negative. In our conversations, she would complain endlessly about her co-workers, her work and her life. She was also very cynical about people in general, often doubting their intentions. Talking to her wasn’t a pleasant experience at all.
The first time we had a meeting, I felt very drained. Even though we talked for only 20-30 minutes, I didn’t have the mood or energy to do anything after our conversation. It felt as if someone had sucked the life out of me, and it wasn’t until 2-3 hours later that the effect wore off.
The same thing happened the next few times we talked. Because she was so pessimistic, her negative energy often spilled over after the conversation, leaving me with a bad taste in my mouth. For a period of time, I was quite bothered by her. I would avoid speaking to her if I could.
After a while, I figured I needed to work out an action plan to deal with negative people. After all, she was not going to be the only negative person I was going to encounter in my life. I thought: “For every 1 negative person I face now, there are probably thousands of them out there whom I’ll meet one day. If I learn how to deal with her effectively, I will be able to handle other negative people next time.”
With this in mind, I then brainstormed on the best approach to handle negative people.

Eventually, I developed several key steps to deal with negative people effectively. These steps have proven very helpful in making the best out of my relationships with them. While the people I face today are generally more positive, these steps come in handy when I’ve to deal with a negative person.
If there’s someone negative in your life at the moment, don’t let yourself be affected by him/her. You’re not alone in your problem – I face negative people as well and dealing with them is always a learning experience. While people can try to get you down, you’ve a choice in how you react to them.
Here, I’d like to share my 7 tips on how you can deal with negative people:

Tip #1: Don’t Engage in the Negativity

One thing I found is negative people tend to harp on the bad things and ignore the positive stuff. They also have a tendency to exaggerate issues they are facing, making their predicament seem a lot worse than it actually is.
The first time you converse with a negative individual, provide a listening ear and offer help if needed. Provide support – let him/her know he/she is not alone. However, be sure to draw a line somewhere. If the person keeps harping on the same problems even after the first few conversations, then it’s a sign to disengage.
For starters, try to switch topics. If he/she goes into a negative swirl, let him/her continue, but don’t engage in the negativity. Give a simple reply, such as “I see” or “Okay”. Whereas if he/she is being positive, reply in affirmation and enthusiasm. When you do it often enough, he/she will soon realize what’s going on, and will start to be more positive in his/her communication.

Tip #2: Hang Out In Groups

Speaking to a negative person can be extremely draining. When I spoke to my negative co-worker, I would be mentally drained for several hours, even though we talked for only 20-30 minutes. That was because I was on the receiving end of all her negativity.
To address this, have someone else around when conversing with the negative individual. In fact, the more people, the better. This way, the negative energy is divided between you and the other members, and you don’t have to bear the full brunt of the negative energy.
The plus point of having someone else around is that people bring out a different side to an individual. By having another party around, it may bring out a more positive side in the negative person. I experienced this before and it helped me to see the “negative” individual in a different, more positive light.

Tip #3: Objectify the Comments Made

Negative people can be quite critical at times. They tend to drop insensitive comments that are hurtful, especially if they are directed at you.
For example, I once had a friend who was quite tactless. She would drop jarring comments which were dismissive and critical. Initially I was bothered by her words, wondering why she had to be so critical every time she spoke. I also wondered if there was something wrong with me – that perhaps I wasn’t good enough. However, when I observed her interactions with our common friends, I realized she did this to them too. Her comments were not personal attacks – it was just her being the way she was.
Recognize that the negative person usually means no harm – he/she is just caught up in his/her negativity. Start by learning how to deal with critical comments. Objectify the comments made – Rather than take his/her words personally, recognize that he/she is just offering a point of view. Sieve out the underlying message and see if there is anything you can learn from what he/she said.

Tip #4: Go with Lighter Topics

Some negative people are triggered by certain topics. For example, one of my friends turns into a self-victimizer whenever we talk about work. No matter what what I say, he’ll keep complaining about everything in his job, which becomes quite a conversation dampener.
If the person is deeply entrenched in his/her negativity, the unhappiness may be too deeply rooted to address in a one-off conversation. Bring in a new topic to lighten the mood. Simple things like new movies, daily occurrences, common friends, hobbies, happy news, make for light conversation. Keep it to areas the person feels positive towards.

Tip #5: Be Mindful of the Time You Spend With Them

As Jim Rohn puts it – “You are the average of the 5 people you spend the most time with”. What this quote means is that who you spend your time with has an impact on the person you eventually become.
I find it to be very true. Think about the times you hang out with negative people – Do you feel more positive or negative after that? Same for positive people – How do you feel after spending some time with them?
Whenever I’ve an encounter with negative people, I’d often feel negative after that, like a bad aftertaste. Whereas with positive people, I’d feel extremely upbeat and exuberant. Clearly, there is a spill over effect that takes place even after the interaction! By spending more time with negative people, your thoughts and emotions will slowly become negative too. At first it might be temporary, but over time it’ll slowly become ingrained in you.
If you feel certain people in your life are negative, then be conscious of how much time you’re spending with them. I recommend to limit the duration where you can help it. For example, if they want to hang out with you but you don’t enjoy their company, learn to say no. If it’s a meeting or phone call, set a limit to how long you want it to be. Keep to the objective of the discussion, and don’t let it extend beyond that time.

Tip #6: Identify Areas You Can Make a Positive Change

Negative people are negative because they lack love, positivity and warmth. A lot of times, their negative behavior is a barrier they erect to protect themselves from the world.
One of the best ways you can help a negative individual is to usher positivity into his/her life. Think about what’s bothering the person at the moment, and think about how you can help him/her in your own way. It doesn’t have to be anything elaborate, and you definitely don’t have to go out of the way to help if you don’t want to. The key here is to be sincere in your desire to help, and to show him/her the upsides in life.
A while back, I had a friend who was unhappy with her job, due to the stagnating environment and culture mismatch. There was a job opportunity that arose in my (now former) workplace, so I introduced that opportunity to my friend. She eventually got the job, and she has been working there for over 3 years now, and doing very well.
Today, she’s a lot happier, forward-looking and proactive in life. She’s definitely a lot more positive than she was a few years ago. While I do not take any credit for what she has carved for herself in her career, I feel very happy knowing that I helped in a small way at the right time. Likewise, there’s always something you can do for others too – keep a look out and help where you can. Just a small act on your part may well make a huge difference in their lives.

Tip #7: Drop Them From Your Life

If all else fails, reduce contact with them or drop them from your life.
Rather than spend your time with negative people, focus on the positive people instead. In the past, I spent a lot of time with negative people, trying to help them with their issues. It drained up a lot of my energy and was often futile, which led me to rethink my methods. Ever since then, I worked on cultivating positivity by hanging out with positive friends and business partners. This has turned out to be a lot more rewarding and fruitful.
Remember that your life is yours to lead, and it’s up to you on how you want it to be. If there are negative people who make you feel bad about yourself, work on those issues with the 7 steps above. With the right actions, you can create a dramatic difference in what you get out of your relationships.
Celestine Chua writes at The Personal Excellence Blog on how to achieve our highest potential in life. Read her readers’ favorite 101 Inspiring Quotes of All Time and get her free ebooks here.