रामहरि पौड्याल
भरतपुर १२ /१९३ , बसन्त चोक ,
चितवन
“व्हाट अ लब्ली कप्पल!
गड ब्लेस देम !!”
किंग्स लिनको सेन्ट मार्गरेट
चर्च आज आगन्तुकहरुको उल्लासपुर्ण भिडले भरिएको छ | तिनीहरुको उमंगले सजिएको छ |
जोन र
जेनिसाका ७ बर्ष लामो प्रेमले आज पूर्णता पाएको दिन | तिनीहरुको खुसीमा मिसिएका थिए
सारा इस्टमित्रहरु| साथी संगातिहरु | क्रिस्चियन परम्परा अनुसार
पादरीले तिनीहरुको लगन गाँठो कसिदिए
एकै छिनमा | सबैले तलिबजाएर समर्थन
गरे | हिजो सम्मका सिंगल लाइफ आज म्यरिड कप्पल मा परिणत भयो | मिसेस जेनिसको
खुसि उनको मुखार्क्रितिबाट झल्किएको थियो | उता मिस्टर
जोन लाई सपनाझैं लागिरहेको थियो |
चियर्स !
चियर्स !!
चियर्स !!!
चियर्स !!
चियर्स !!!
बिहेको पार्टीको रिसेप्सन भब्य थियो "डुक हेड" होटलको बलरुम भरिभराउ देखिन्थ्यो आगन्तुकहरुको पार्टी क्रेजले | पिउने पियाउने उपक्रम चल्यो राति अबेर सम्म | डिस्को लाइट , चर्को म्युजिक , पिएर मदहोस मान्छेका भिड | एउटा नौलो मादकता सबैमा देखिन्थ्यो | ती सबैका केन्द्रमा थिए जोन र जेनिशा |
मधुयामिनिका
सुमधुर सम्झनाहरु साचिए जीवनभर नभुल्ने गरि | प्रेमका प्रतिज्ञाहरु
फेरी दोहोराइए दुबईको अग्लो भवनबाट | भावी परिवारका
संरचनाहरु सजाइए | खाकाहरु बनाईए |
रोड म्यापहरु कोरिए सन् .. सम्म| प्रेमको निशानी
तिनीहरुको सन्तान जन्माउने भनेर |
ओ हनी ! त्यो
अलि चाडै भएन र ?
जीवनमा रोमान्स
पनि त गर्नु पर्यो नि | जेनिसाले फिगर
कन्सस आफ्नो कायालाई बेड रुमको ठुलो ड्रेसिङ्ग ऐनामा आफुलाई नियाल्दै जबाफ दिई |
अफकोर्स डार्लिङ्ग
!
जोनले चपक्क अँगालो हाल्दै सहमति जनायो | एकै छिन तिनीहरु हराए अलौकिक संसारमा | मधुयामिनिका प्रथम चरण ! दोस्रो चरण !! ....बेलायतीहरुको प्रेमले बैवाहिक औपचारिकता पाएर हनिमुनको दैलो सम्म आउदा धेरै हण्डर ठक्कर खाएको हुञ्छ हरेकका जीवनमा | जति सजिलै बान्धिञ्छन सम्बन्धरु तेत्तिनै सजिलो संग टुङ्गिञ्छन सम्बन्धरु | यो यौन स्व्छन्दताको केन्द्र हो बेलायत | जहाँ आइमाइहरु बलिया छन् | तिनकै शाशन चलेको छ मुलुकमा शताब्दियौं देखि | महारानी एलिजाबेथको मुलुक यो |
बैवाहिक जीवनका
उर्बर समय त्यो जोडीले सन्तानका चाहालाई धकेल्दै लग्यो रोमान्सका नाममा |
ब्यस्त प्रोफेसनल करियरको नाममा | त्यसकालागि
अपनाइए सस्ता सन्तान नहुने तरिकाहरु | पिल्स ,
सुइ , ......सबै सबै उपायेले
तिनीहरु आफलाई धपाई रहे | तिनीहरुले
सोचे जीवनका घडीहरू तिनीहरुकै मुट्ठीमा घुम्ने छ आफुले चाहेझैं |
आफुले रोजे झैं |
जति बेला तिनीहरुले
चाहे समयले सायद कोल्टे फेरिसकेको थियो | चालीसको पूर्वार्धमा
सुरु गरिएको त्यो पारिवारिक चाहाले तिनीहरुलाई अपेक्षित लाभ दिएन सोचे जस्तो ,
सम्झे जस्तो |
"सन्तान प्राप्ति"
हरेक दम्पतिको बैवाहिक जीवनको उत्कृस्ट अभिलाषा ! पुस्तान्तरणको एउटा अमुल्य कढी |
सन्तान सुखका अनन्त चाहनामा डुब्न पाउदा हुने अबर्नातित खुसि
हरेक युगल प्रेमीहरुका जीजिबिशाहरु हुन् | जीवानेक्षाहरु
हुन |
यस्तै सुनौला
भबिस्य साँचेर सात सात बर्ष लामो आफ्नो प्रेमलाई बिबाहको औपचारिकतामा टुंग्याएका थिए
तिनीहरुले | त्यो सम्बन्ध कति पाको थियो दुबैका लागि |
जोनले त्यो भन्दा अगाडी आठ ओटा असफल प्रेम ब्योहोरेको थियो भने
जेनिसाले सात वटा त्यस्ता अत्यास लाग्दा कहरहरु काटेकी थिई |
आजको दिन सम्म आइपुग्दा | अब बढी त्यस्ता सस्ता प्रेम र डेतिङ्गमा नहराउने संकल्पले
ती दुइ जोडी एक आपसमा गाँसिएका थिए | तिनलाई सात
सात बर्षको कठोर परिश्रम ले सिन्चेका थिए | खारेका थिए
प्रेमको साचो परिक्षामा | तीसको उत्तरार्धमा
थालिएको त्यो बैवाहिक सम्बन्ध चालीसको पूर्वार्धमा मात्र सन्तानको प्र्रप्तिका लागि
तयार भएको थियो | एउटा पूर्ण चाहामा होमिएको थियो |
पहिलो गर्भको
उत्कट खुसि मात्र केहि हप्तामा मिस क्यारेजमा टुङ्गियो | दोस्रो प्रिग्नेन्सी
बाल बाल बाच्ने घटना बन्यो | इक्टोपिक प्रिग्नेन्सीले
दाहिने पट्टिको फ़ेलोपिन ट्युब काटेर फाल्नु पर्यो | केहि घण्टा
मात्र ढिला भएको भए जीवन सकिन सक्थ्यो जेनिसाको | सन्तान प्राप्तिका
यस्ता दर्जनौं हृदय विदारक ट्रेजीडिहरुको तिनीहरुले सामना गरि रहे |
युरोपको केन्द्र बेलायत आधुनिक मेडिकल साइन्स का यावत सुविधाहरु
भएर पनि त्यो जोडीलाई सन्तान सुखको सुयोग कैलेइ मिलेन |
“व्हाट अ सेम
हनी !
किन मैले तिमीलाई एउटा उत्तराधिकारी समेत दिन सकिन ?
म बाँझी आइमाई
!
म कुनै कामकी
रहिन !!”
गहभरि आँसु पार्दै जेनिसाले भनि | जोनले समलिने प्रयास गर्यो | सन्तान नहुनुको पीडा | सन्तानलाई सकुसल अवतरण गर्न नसकी केहि हप्ता र मैनामा मिस क्यारेजको दुखद क्रुरतालाई पटक पटक सहनु पर्दा त्यसले निम्त्याउने शारीरिक मानशिक तनाब र ती जोडीले भोग्नु पर्ने बाध्यता थियो त्यो | धेरै यस्ता मिस क्यारेजबाट वाक्क भएकी बेलायतकी बरिस्ठ प्रसुति विज्ञले तिनीहरुलाई अन्तिम अस्त्रका रुपमा टेस्ट ट्युब बेबीको सल्लाहा दियिन |
पहिलो प्रयास
/ दोस्रो प्रयास / अन्तिम प्रयास सबै सबैले हावा खाए | तेत्रो महँगो
प्रबिधिले तिनीहरुलाई कंगाल बनायो | मानशिक र शारीरिक
रुपमै बेस्स्सरी टुटे फुटेका त्यो जोडीले लगभग सन्तानको आसा मारिदिएका थिए |
उनीहरुको प्रोफेसनल
लाइफ सधैको मिस क्यरेज संधैको अपूर्ण प्रिग्नेन्सीले चौपट भै सकेको थियो |
एकदिन लन्डनबाट
फर्कदै गर्दा ट्रेनमा कसैले फालेको पत्रिकामा सरोगेट मदरको कथा पढेर जेनिसा दङ्ग पर्दै
घर फर्की | उसका सन्तान प्राप्तिका सपनाहरु फेरी पुनजागरीत भएर आए |
घरमा आएर गुगल
गरि | सरोगेट मदरको सम्भावना लाग्ने शुल्क त्यो देशको सरोगेसी कानुन
सबैलाई एकपटक रामोसंग अध्ययन गरि सकेर त्यो जोडी फेरी तम्सियो आफ्नो सन्तान प्राप्तिको
महासपनामा |
सरोगेसी सेन्टर ! उनीहरुको चाहनाको संसार बनेर खडा भयो |
धेरै दिनको मेडिकल जांच पड्ताल | धेरै मोलमोलाई
पछि तिनीहरु तयार भए सरोगेसिका लागि | एउटी नेपालबाट
झिकायिएकी पहाडी दिदि पैसाका लागि तिनको भाडाको गर्भ बोकिदिने भईन |
त्यो बापत उनले १२ लाख रुपैयाँ पाउने भईन |
नेपालबाट भूकम्पले आफ्नो थात थलो सबै ढलाए पछि राम्रो जागिरको
चक्करमा सिन्धुपाल्चोक बाट अनेक हण्डर र ठक्कर खाँदै एउटा दलाल मार्फत त्यो काम गर्न
थालेकी रहिछन |
गोरे दम्पतिकलागी त्यो १२ लाख केहि थिएन तथापी ती दिदिकालागी त्यो रकम ठुलै थियो तिनको औकात भन्दा | गरीबीले बनाएको खाडल पुर्न उनिले त्यो काम स्वीकारिन |
आधुनिक मेडिकल
साइन्सका यावत सुबिधाले सजिसजाउ त्यो सरोगेसी सेन्टर इंडिया मै नम्बर १ थियो |
डाक्टर श्रीबास्ताबको टोलीले तिनीहरुको डिम्ब र शुक्रानूलाई कृतिम रुपमा झिकेर ल्याबमा
निशेचित गराई तिनै नेपाली आइमाइको गर्भासयमा प्रत्यारोपण गरियो |
उनीलाई महिनौं सम्म त्यहि सेन्टरमा राखेर पुर्न निरिक्षण गरियो
| अन्त्यमा डाक्टरले त्यो सफल भएको घोसणा गरे |
जोन र जेनिसा खुसीले उफ्रिए त्यो क्षण |
अब हाम्रो हातमा सन्तान सुख सल्बलाउने छ | चल्बलाउने
छ | त्यो कल्पना मात्रले पनि त्यो जोडीलाई एउटा अद्भुत रोमान्च पैदा
गरि रह्यो |
आफ्नो पेटमा हजारौं माइल परका बेलायती गोरेहरुको नासोलाई हुर्काइ
बढाई गर्नु सानो काम थिएन | त्यो पनि पुरा
नौ नौ महिना आफ्नो गर्भमा | गरीबिको एउटा
नाम मजबुरी | परिस्तितिको दास बन्नुको अर्को बिकल्प पनि तिनमा थिएन |
आफुलाई धिक्कारिरहेका बेला तिनले यसो सोचिन यो पनि एउटा धर्म
हो कसैलाई सन्तान बनाइ दिनु | बाँझो पनबाट
मुक्ति दिलायिदिनु | कसै संग कुकर्म गरेको पनि त होइन सबै कुरा
डाक्टरले ठिक्क बनाइदिएको | मात्र एउटा
कृतिम सुइ त हो मैले लिएको | त्यो गोरेसंग
म सुतेको त छुइन नि | पैसकालागी आफुलाई बेच्ने पनि छन् |
आफुलाई बजारमा पस्कनेहरु पनि छन् | म मात्र कसैको
सन्तान बनाइदिने भडाकि आम बनेँ | भोलि यो सन्तान
हवाइजहाज चढेर बेलायत पुग्ने छ | के यसलाई मेरो
माया लाग्ला त ? ती गोरे गोरेनिले
मलाइ सम्झालान त ? यी सबै भावनाहरु उनका मनमा खेल्दै रहे |
आँसुले उनलाई भिजायो | आफ्नो बाध्यता
सम्झेर |
उता जोन र जेनिसा दिन गनी रहेका थिए | समय पर्खि रहेका थिए | आफ्ना उत्तराधिकारीको स्वागतमा स्वगतातुर देखिन्थे | बेबीको लागि चाहिने सामान , बेबीको कोठा सबै सजाएर राखेका थिए | मनभरी तनभरि एउटा उमङ्ग तरंगीत भै रहेको थियो | सारा इस्तमिस्ट्रहरु समेत तिनीहरुको खुसीमा सामेल हुनलाई हतारिरहेका थिए | सोधी रहेका थिए ? बेबीको आगमन पर्खिरहेका थिए | बाताबरण मै एउटा छुट्टै मादकता नाचेको थियो बेलायतको किङ्ग्स्लिन टाउनमा |
समय आफ्नो गतिमा कुदी रह्यो तिनीहरुको अपार खुसि संगै |
बर्षौं देखिको सन्तान सुखको पीडाले भर्खरै मुक्ति दिलाउदै थियो
| एकातिर धुम धाम संग नब आगन्तुक को स्वागतमा मान्छेहरु लालायित
थिए अर्कातिर ती भाडाकी आमाको आफ्नै दुख दर्दहरु थिए | प्रेग्नेंसिको
अन्तिम प्रहरले उनलाई हुन सम्म गार्हो भै रहेको थियो | स्वास प्रस्वास
मा बाधा पुगिरहेको थियो | पेट फुलेर
दमाहा जस्तो भएको थियो | बच्चाको दिनहुँ किक, सुत्न अप्ठेरो
भै रहेको थियो | उनलाई कुनै पनि कुराको फ्रिडम थिएन |
सबै कुरा उनीहरुको मर्जिअनुसार चल्नु पर्ने थियो बच्चा नजन्मुन्जेल
|
यसरि हुर्काएको सन्तान भोलि अर्काको हुन्छ |
बेलायती बाउ आमाको देशमा हुन्छ | मैले फगत एकपटक
हेर्न समेत पाउदिन | यो सम्झेर कैलेकाहीं उनि निकै भाबुक हुन्छिन
| आफ्नै रगत नभएपनि आफले गर्भमा हुर्काएको बढाएको सम्झेर उनि द्रवित
हुन्छिन |
हरे भगवान मैले मात्र पैसाका लागि कसरि आफ्नो कोख बेचें ?
के भाडाकी आमा सरोगेट मदरका कुनै पीडा हुन्दैनन ??
आफ्नो गर्भ गृहमा जन्मेको बच्चा को कुनै कानुनि हक हुदैन ???
जति जति उनको डिउ डेट नजिक आउछ उति उति उनको मन उद्वेलित भै रहनछ
बेसरी सम्झनामा |
आखिर समय आइपुग्यो
यथासमयमै तिनीलाई बेथा लाग्छ | सबैले दौडाउदै
हस्पिटल लैजान्छन | मेटर्निटि हस्पिटल भरिभराउ हुन्छ |
अनेक थरि परिक्षण अनेकथरी जांच पछि पनि डेलिभरी नर्मल नहुने
देखेर उनलाई अप्रेसन थिएटर तिर दौडाइञ्छ |
लामो लाइफ
थ्रेतेनिङ्ग अप्रेसन पछि उनको डेलिभरी सकिन्छ | एउटा स्वस्थ
बच्चा हस्पिटल थर्काउने गरि रुञ्छ | चियाँ ! चियाँ
!! चियाँ !!!
वरी परिका
सबैमा एउटा ठुलो खुसि त्यो रुवाइले ल्याउछ | त्यो खुसि
जसको प्रतीक्षा मा एउटा सिंगो जीवन जोन र जेनिसाले तड्पिरहेका थिए |
खोजि रहेका थिए लामो समय सम्म | तिनले के गरेनन
सन्तान सुखको लागि ? संधै हरेस खाने त्यो दम्पति आज आफ्नो काखमा
बच्चा रोइ रहेको सुन्दा अवाक भए | एक छिन केहि
पनि बोल्न सकेनन | यो सपना हो कि बिपना ?
बास्तबमा त्यो
बिपनै थियो | त्यो रुदैं गरेको बच्चा तिनीहरुकै सन्तान थियो र थियो तिनीहरुको
उत्तराधिकारी | ती नेपाली आइमाई त मात्र साधन थियिन त्यो बच्चा लाई नौ महिना
सम्म पेटमा पाली दिने र बढाई दिने | एउटा कनट्र्याक्ट
सकिएको थियो बच्चाको आगमन संगै |
जेनिसाका आँखा
रसाए हात थर थर कमि रहेका थिए बच्चा लाई हातमा समाउदै उनले आँखा चिम्म गरिन र भगवानलाई
धन्यबाद दियिन |
थ्याङ्क्योउ
डार्लिंग ! तिमीले मेरो सपनालाई बिपनामा परिणत गरयौ |
म कहिलेइ तिम्रो
यो गुण बिर्सने छैन र आजन्म तिम्रो ऋणी हुने छु |
उनले दरो अंकमाल
गरिन उनीसित | जोनले पनि तेस्तै भन्यो र उनलाई तेसरिनै कृतज्ञताको हग गर्यो
| बच्चालाई हेर्दै तिनीहरु हराए आआफ्नै संसारमा |
बच्चा अब मस्त संग सुति रहेको थियो प्रसुति वार्ड मा | उसलाई दुनियाका यी सारा काम र कनट्र्याक्ट संग कुनै लिनु दिनु पनि थिएन | उ कसरि जन्म्यो र कहाँ जन्माइयो ? यो उसको सरोकार पनि थिएन | उसलाई भोक लागेको बेला दुध चाहिन्थ्यो बस उसको संसार तेत्ति थोयो वर्तमानकालागि |
दुधको तयारी
!
नेप्पी चेञ्ज
!!
मसाज ,
नुहाई धुवाई सबै चल्दै रह्यो त्यो भाग्यमानी बच्चाका लागि सेबक
हरु टन्न थिए |
उता भर्खरै
ठुलै अप्रेसन गरेर बच्चा जन्माइदियेकि महिलाको स्वस्थ खस्केको थियो नराम्ररी |
आफ्नो ज्यान बाजी राखेर कसैको कोख भर्न खोज्ने कसैको सन्तान
प्राप्तिको मनेक्षालाई पूर्णता दिने महान कार्य गर्ने तिनी लम्पसार थियिन बेडमा मुर्दा
झैं |
समयको गतिलाई
रोकेर छेकेर राख्न सकिदैन त्यो आफ्नै प्रवाहमा बगी नै रहन्छ अथाह नदि झैं लक्ष भेट्न
अविराम | समुन्द्र भेट्न आतुर नदि बाटा घाटाका अबरोधलाई आफैं पन्छाउदै
बढी नै रहनछ समय झैं |
जन्मनु मर्नु
स्रिष्टॆका आफ्नै नियमितता हुन् | आज उ जन्माइएको
छ | आधुनिक विज्ञानको चमत्कारका रुपमा एउटाको रक्त भएर अर्काको कोखमा
हुर्केर धर्तीमा खडा भएको छ | हिजो यो सम्भब
थिएन | आज सामान्य
भएको छ पैसा हुनेहरुका लागि | आफ्नु कोखमा
राख्ने झन्झट नगर्ने हरुकालागी यो केहि लाख रुपैयाको खेल भएको छ |
भोलि यो बिज्ञान कहाँ पुग्ने हो ? मत्रित्तो
को परिभाषा खुम्च्दै गएको यो बर्तमानमा भोलि कसरि प्रस्तुत होला ?
महिना दिन
पनि कति छिट्टै बिते | आज उनीहरु बेलायत उड्दै छन् सानो छोरा जोजे
लाई लिएर | बिहान देखिनै उनीहरुलाई फुर्सत छैन आफ्ना सुटकेशहरु कस्न |
आफ्ना सर सामान पोको पार्न |
उता ती सरोगेट
मदर को मनभित्र एउटा ठुलो आंधी एउटा ठुलो हुण्डरी छुट्दै छ |
आफ्नो कलेजोको टुक्रालाई आज उनीहरुले लुटेर लादैछन |
नौ नौ महिनाको उनको पीडा | उनको भावनात्मक
उपहारलाई उनीहरुले पुर्याउदै छन् अर्कै संसारमा | अर्कै महादेशमा
| अर्कै परिबेशमा | खै जीवनमा
फेरी भेट होला कि नहोला यो मेरो रक्तको टुक्रासंग | उनीले एक्लै
कल्पी रहेकी छन् यो मनोबिनोद आफैं संग |
आँखाबाट दुई
थोपा आँसु चुवायिन तिनले |
बाहिर तिनीहरुलाई एअरपोर्ट पुर्याउन टेक्सी आइसकेको थियो | सबै सामानहरु राखिए | बच्चा लाई बोकेर तिनीहरुले उनीसंग बिदा मागे | त्यो हृदयबिदारक द्रिस्य हेरी नसक्नु थियो | उनको मनमा मात्रित्तोको महासागर उर्लेको थियो त्यो समय |
उनीहरुले घरको
गेट काट्दै गर्दा शान्त बालक समेत क्वाहा ! क्वाहा !! क्वाहा !!! गरेर रुन थाल्यो आकाश
थर्काउने गरि | बादल बर्साउने गरि | उनले त्यो
द्रिस्य हेर्न देख्न सकिनन् र भुइमा थचक्क बासिन र पछारियिन |
सम्प्रति:
संयुक्त अधिराज्य बेलायत
No comments:
Post a Comment