Thursday, January 12, 2017
जाउँ कता खै कुन ठाउँ शान्ति मिल्छ ?
कविता
बसन्ततिलका छन्द
त भ ज ज गु गु
Ssi sii isi isi s s
रामहरि पौड्याल
भरतपुर १२ / १९३ , बसन्त चोक , चितवन
खुल्दैन यो शहरमा मनको बहाब
फुल्दैन त्यो रहरमा तनको गुलाब
बढ्दै छ मान्छे किन बनि स्वार्थि आज
सड्दै छ मान्छे किन बिर्सिएर राज
१
आऊ बसौं मिलेर साथ संगी सुसेली
लाऊ न आऊ सब जन खोलौं कुसेली
गाउँ मिठो गित सबले देशै बनाउ
खाउँ साँचो कशम सबले देशै सजाउ
२
छांडू बिकार बाँकी भए केई कतै
फांडू बिसाक्त पन बन्दै सुस्वादु जतै
जाउँ कता खै कुन ठाउँ शान्ति मिल्छ
गाउँ कता गै कुन ठाउँ भ्रान्ति निल्छ ?
३
आएर लाउ मनको पिरती नजाऊ
गाएर जाउ तनको फ़िरति नआऊ
दिएर जाउ सकिदैन नि प्यार माया
सिएर लाउ भनिदैन नि क्यार छाया |
४
सम्प्रति: संयुक्त अधिराज्य बेलायत
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment